भारतमा ६ जनामा देखियाे ओमिक्रोन भेरियन्ट !
सरला बैजु
मंसिर १६, २०७८ शुक्रबार ३:३१:५१
१६ मंसिर, नयाँ दिल्ली । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भारतमा आइपुगेको छ । भारतमा हालसम्म ६ जनामा ओमिक्रोन भेरियन्ट देखा परिसकेको छ । यो भन्दा अगाडी पनि भारतमा दुई जनामा ओमिक्रोन भेरियन्ट देखा परेको थियो ।
साउथ अफ्रिकाबाट भारत आएका ६६ वर्षको विदेशीमा यो भेरियन्ट देखा परेको छ भने अर्को ४६ वर्षिय भारतीय स्वस्थ्यकर्मीमा ओमिक्रोन भेरियन्ट देखिएको थियो । स्वस्थ्यकर्मीको सम्पर्कमा आउने अरु छ जनामा पनि यो भेरियन्ट पुष्टि भएको छ । कोरोनाको नयाँ भेरियन्टट ओमिक्रोन तिव्र रुपले फैलन सुरु गरेको यस तथ्यांकले देखाएको छ । यो भेरियन्ट डेल्टा भाइरस भन्दा छ गुना बढी संक्रामक देखिएको छ ।
अहिलेसम्म ओमिक्रोन भाइरस ३१ देशमा ३७६ जनामा देखिएको छ । संक्रमित सबैमा हल्का लक्षण देखा परेको छ । विश्व भर फैलन सुरु गरेको यो भाईरसको बारेमा विश्व स्वास्थ्य संगठनले अध्ययन गरिरहेको छ । ओमिक्रोन भाईरसको कारण अहिले नै लक डाउन लगाउन पर्ने अवस्था नरहेको अधिकारीहरुले बताएका छन् ।
यो भाईरस अहिले फेरि चुनौतीको रुपमा आए पनि यो संग लड्ने मुख्य अस्त्र नै माक्स हो भनेर विश्व स्वास्थ्य संगठनले भनेको छ । विश्व भर फैलन सुरु गरेको ओमिक्रोनको बारेमा अध्ययन सुरु भएकोले यो बारेमा अरु तथ्य आउँन बाँकी नै छ । विशेष गरेर भ्याक्सिनको बूस्टर डोजको बारेमा अध्ययन सुरु गरिएको छ ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर ५, २०८१ बुधबार
तोलामा ९ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदै छ किनबेच ?
मंसिर ५, २०८१ बुधबार
दयाहाङ र रिश्मा फेरी एकसाथ, 'रिमै' को छायांकन शुरु
मंसिर ५, २०८१ बुधबार
बजार खुल्नासाथ ५१ सय ७३ कित्ता शेयर कारोबार
मंसिर ५, २०८१ बुधबार
नेपाली सेनाको मानार्थ ग्रहण गर्न भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज काठमाडौं आउने
मंसिर ५, २०८१ बुधबार
उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर आजै निर्वाचन चिह्न दिइने
मंसिर ५, २०८१ बुधबार