न्यायालय सुधारको सपना : गोला प्रक्रियाले वकिलहरुको आन्दोलन कमजोर बनाएकै हो ?
भेषराज पोखरेल
मंसिर १७, २०७८ शुक्रबार १२:३०:२५
सर्वाेच्च अदालतका प्रधानन्यायाधीशविरुद्धको वकिलहरुको आन्दोलन चलिरहेकै छ । बार एसोसिएसनको नेतृत्वमा चलिरहेको आन्दोलन उत्कर्षमा पुग्नै लाग्दा १९ जना न्यायाधीशहरुको माग अनुसार गोला प्रक्रियाबाट इजलास तोक्ने विषयमा प्रधानन्यायाधीश सहमत भए । यही मंसिर १५ गतेबाट सो प्रक्रिया अनुसार इजलाश तोकियो तर प्रधानन्यायाधीश अस्वस्थ भएर अनुपस्थित भएकाले कार्यवाहक न्यायाधीश नतोकिएसम्म बहसमा नजाने वकिलहरुको अडानका कारण मुद्दाको सुनुवाइ हुन सकेन । गोला प्रणाली सुरु भएपछि इजलाश बहिस्कार गरेका न्यायाधीशहरु पुनः इजलाश फर्कने भएपछि वकिलहरुको आन्दोलन कमजोर अवस्थामा पुग्ने देखिएको छ ।
वकिलहरुले राजनीतिक दलका नेताहरुलाई आफूहरुले उठाएका विषयसहित प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउन आह्वान गर्दै ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले राजनीतिक दलहरुका शीर्ष नेताहरुसँग छलफल पनि चलाइरहेका छन् । प्रधानन्यायाधीशविरुद्ध व्यापक प्रश्न उठ्यो, त्यति ठूलो आन्दोलन भएर सर्वोच्च अदालत ठप्प भए पनि राजनीतिक दलहरुले भने त्यसलाई गम्भीर रुपमा लिएका छैनन् ।
उनीहरुले अदालतको समस्या उसैले समाधान गरोस् भन्दै आएका छन् । प्रधानन्यायाधीशले वकिलहरुलाई मिलाएर जागिर खाऊन् भन्ने आसय व्यक्त गरिरहेका छन् । पछिल्लो समय भने कार्यबाहक न्यायाधीश नतोकेसम्म बहसमा नजाने वकिलकहरुको अडानपछि सत्ता गठबन्धनले प्रधानन्यायाधीशलाई बिदामा बसेर वरिष्ठतम न्यायाधीशलाई कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका छन् ।
राजनीतिक दलले सुझाए जस्तै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बिरामी छँदै र पछि पनि बिदामा बसेर वरिष्ठतम न्यायाधीशलाई कार्यवाहक प्रधानन्यायाधीश तोकेर सहज अवस्था बनाइदेलान् ? संवैधानिक प्रक्रियाबाट आएको संवैधानिक प्रक्रियाबाहेक कुनै आन्दोलनबाट राजीनामा गर्दिन भन्दै आएका जबराले यति सजिलै निकास देलान् भन्न सकिने अवस्था छैन ।
न्यायालयमा भ्रष्टाचार छ भनेर कानुन व्यवसायीहरुले पहिलेदेखि नै भन्दै आएका छन् । उनीहरु पनि न्यायाधीशसम्म भ्रष्टाचार गर्ने वातावरण बनाइदिने र आफ्नो पनि कमाउ धन्धा चलाउने वातावरण बनाइरहन्छन् भन्ने आरोप वकिलहरुमाथि पनि लाग्दै आएको छ । समग्र न्याय क्षेत्र स्वच्छ र व्यवस्थित बनाउन राजनीतिक क्षेत्र सचेत बन्ने कि जसरी हुन्छ तत्कालका लागि अहिलेको समस्या टालटुल गरेर समाधान गर्ने ?
यो अहिलेको अहम् प्रश्न बन्न पुगेको छ । अहिलेको अवस्थालाई हेर्दा वकिलहरुले आन्दोलन चर्काए पनि र राजनीतिक दलहरुलाई दबाब दिन खोजे पनि उनीहरुले कुनै पनि ठोस निर्णय दिन सक्ने अवस्था देखिँदैन । उनीहरुले वकिलहरुले उठाएका मुद्दालाई कसरी लिने ? ती मुद्दा वकिलहरु र प्रधानन्यायाधीशबीचका सरोकारका विषय मात्र हुन् कि समग्र राष्ट्र्का हुन् भन्ने कुरामा पूर्णरुपमा बेवास्ता गरेको देखिएको छ । यस्तो अवस्थामा प्रतिनिधिसभामा पनि यो विषय छलफलमा जाने अवस्था देखिएको छैन । यसले न्याय क्षेत्र सुधार होला भन्ने आशा गर्नु बेकार छ ।
व्यवस्थित लोकतान्त्रिक राज्य बनाउन व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका व्यवस्थित, स्वतन्त्र र सक्षम पनि हुनुपर्छ । नेपालमा तीनै अंग कमजोर बन्दै गएका छन् । संसद्ले राष्ट्र्यि सरोकारका विषयमा, जनचासोका विषय गम्भीर बहस, छलफल गरेर समाधान गर्ने अवस्थामा पुर्याउन असफल हुँदै गएको छ । संसद् भंग गरेर आफू अनुकूल अध्यादेश ल्याउने चलन नै बन्न गएको छ सरकारहरुको ।
सुशासनको कुरै नगरे भयो । भ्रष्टाचार, अनियमितता बढेकै छ । जनताको जीवनस्तर खस्कँदै छ । न्यायपालिको सर्वोच्च निकाय सर्वोच्च अदालतमा भ्रष्टाचार छ, अनियमितता छ, गरिब जनताले न्याय पाउने अवस्था छैन भन्ने कुरा त सबैलाई थाहा छँदै थियो, प्रधानन्यायाधीश चोलेन्द्रशमशेरले सरकारमै भाग खोजेको कुरा सार्वजनिक भयो । यो ठूलो चिन्ताको विषय हो ।
यो अस्थाबाट देशलाई पार लगाउने अर्थात् समाधान खोज्ने त राजनीतिक दलले हो । सबैभन्दा ठूलो पार्टी भनिने एमालेका अध्यक्ष केपी ओलीले समग्र न्यायपालिका सुधार्नेतिर त चासो छैन नै उनले यही अवस्थालाई उपयोग गरेर आफूले गरेका असंवैधानिक कार्यलाई सही थियो भनेर सिद्ध गर्नमा उपयोग गर्ने प्रयास गरिरहेका छन् । उनको सरकारको समयमा संवैधानिक आयोगमा भाग दिएकै हुन् तर त्यसलाई उनले लुकाउन प्रयास गर्दैछन् ।
गठबन्धनका दलहरुले अदालतले नै समाधान गरोस् भन्ने धारणा राख्नु, छानविन गर्ने कुनै प्रयास नगर्नुले वकिलहरुले भनेजस्तै संसदबाट महाभियोग लगाउन असम्भव जस्तै छ । यसले न्यायालयको शुद्धीकरण सपना मात्रै हुने देखिएको छ ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपवाणिज्य क्षेत्रका समस्या र सरकारको पहल
मंसिर १०, २०८१ सोमबार
छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल
मंसिर ९, २०८१ आइतबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
शे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
तस्करीमा पर्सा प्रहरीको कारबाही, ६८ लाखको सामान बोकेको ट्रक नियन्त्रणमा
मंसिर १०, २०८१ सोमबार
विमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम
मंसिर १०, २०८१ सोमबार
अब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ : महानगर प्रमुख महर्जन
मंसिर १०, २०८१ सोमबार
यस्तो बन्दैछ ग्वार्कोमा ‘फ्लाई ओभर’ [ फोटो फिचर ]
मंसिर १०, २०८१ सोमबार