१४ औं महाधिवेशन: महाधिवेशन प्रतिनिधिहरूकाे साहस र हिम्मतको परीक्षा
![इन्द्र रिजाल](
https://nepalbahas.prixacdn.net/media/albums/Indra_Rijal_MwZXtSM0ir.jpg
)
इन्द्र रिजाल
मंसिर १७, २०७८ शुक्रबार ११:३०:४४
![](https://nepalbahas.prixacdn.net/media/albums/Nepali-congress-protest_bARRZeatEo.jpg)
नेपाली कांग्रेस दल मिलेको तर दिल नमिलेको पार्टी हो । अब यसलाई दिल मिलाउने अभियान र नेता चाहिएको छ । दिल मिलेपछि शक्ति संचय स्वतः हुन थाल्दछ । कांग्रेसलाई भावनात्मक एकता गराउने पर्व, महाधिवेशन नै हो । महाधिवेशनको अर्थ विचारको उत्सव र तर्कको द्वन्द्वद्वारा नयाँ नेतृत्वको उदय गराउने सुखद पर्व हो ।
तर चौधौं महाधिवेशन गर्न गइरहेको नेपाली कांग्रेसको भावी लक्ष्य र गन्तब्य योजना के छ, त्यसबारे शेरबहादुर, रामचन्द्र लगायत सभापति, महामन्त्री र अन्य पदाधिकारीमा उठ्न जम्जमाईरहेका ‘नेताहरू’ लाई नै थाहा छैन भने द्वयम दर्जाका नेता र गाउँका कार्यकर्ताहरूलाई के थाहा झन् ! जेठा मामाको भाङ्ग्राको धोती कान्छा मामाको झन् कुन गति !
कांग्रेसको साहस र हिम्मतको परीक्षा तब हुन्छ, जब यो पार्टी प्रतिपक्षमा रहेको हुन्छ । कांग्रेसको संयम र सृजनात्मकताको परीक्षा तब हुन्छ, जब उ सत्तामा हुन्छ । पार्टी सभापति वा संसदीय दलको नेतामा को आयो भन्ने होइन, कसरी आयो भन्ने कुराको महत्व हुन्छ । लोकतान्त्रिक प्रक्रियाबाट आएको जो होस् सबैलाई मान्य हुन्छ । कांग्रेसमा पनि भाग्यमानी र संघर्षशील दुई किसिमका नेता छन् । विरासतमा प्राप्त राजनीतिका भाग्यमानी नेताले अबको कांग्रेसलाई हाँक्न सक्दैन ।
कांग्रेस, बाटो बिराएका मानिसको भीडजस्तो मात्र लाग्दैछ । ‘शीर्ष नेता’हरू आफ्नो अभिमान बढाउने पार्टीको स्वाभिमान गिराउने खालका मात्र भए । आसन्न १४ औँ महाधिवेशनको छाँटकाँट हेर्दा यो महाधिवेशन केवल नेता छान्न मात्र केन्द्रित हुने तर नीतिगत छलफल गर्न नचाहने देखिँदैछ । अहिलेका ‘शीर्ष नेताहरू’ बाट वैचारिक बहस होला र नीतिगत अठोट बन्ला भन्ने आशा गर्नु एक्काइसौँ शताब्दीको सबभन्दा ठूलो मूर्खता हुन्छ । आज सबै ‘वाद’ ध्वस्त भएका छन् । कांग्रेसले पनि आफ्ना वादलाई पूर्वस्थितिमा बहाल गर्नुछ । सबैभन्दा मूल मान्यता कांग्रेसको आर्थिक वृद्धिबारे दर्शनको केन्द्रविन्दु आमजनता भएमात्र यस पार्टीले नयाँ जीवन र उर्जा पाउने छ ।
सत्ता–प्रेम स्वार्थको प्रेम हो, स्वतन्त्रता–प्रेम सबै प्रतिको प्रेम हो । सत्ता प्रेम र स्वतन्त्रताप्रेमको द्वन्द्वमा कांग्रेसले आफूलाई कहाँ उभ्याउने हो, त्यो निश्चय गर्नुपर्छ । कुनै पनि जिम्मेवार नेता वा कार्यकर्ताले अब परिणामप्रति लापरवाही भएर कदम चाल्न सक्दैन । जनतालाई पिरोल्ने परिणामको राजनीतिको श्रोत जिम्मेवार र उत्तरदायी नेता वा कार्यकर्ताले बन्नु हुँदैन । कांग्रेसको साहस र हिम्मतको परीक्षा तब हुन्छ, जब यो पार्टी प्रतिपक्षमा रहेको हुन्छ । कांग्रेसको संयम र सृजनात्मकताको परीक्षा तब हुन्छ, जब उ सत्तामा हुन्छ । पार्टी सभापति वा संसदीय दलको नेतामा को आयो भन्ने होइन, कसरी आयो भन्ने कुराको महत्व हुन्छ । लोकतान्त्रिक प्रक्रियाबाट आएको जो होस् सबैलाई मान्य हुन्छ । कांग्रेसमा पनि भाग्यमानी र संघर्षशील दुई किसिमका नेता छन् । विरासतमा प्राप्त राजनीतिका भाग्यमानी नेताले अबको कांग्रेसलाई हाँक्न सक्दैन ।
युवापुस्ता सफल वा असफल ?
पार्टीलाई नै परिवार मान्ने त्यस्तो परिवारवादको पक्षपाती धेरै छन्, तर पछाडि परेका छन्, किनकि उनीहरू परिवारलाई पार्टी मान्ने प्रवृत्तिको त्यतिनै विरोधी हुन् । शेरबहादुर देउवाको सभापतित्वकालमा अधिकांश कार्यकर्ताले आन्तरिक लोकतन्त्रको प्रक्रिया शुरू होला भन्ने ठानेका थिए । किन कि उनले यस्तै नारा लगाउँदै आएका थिए ।
अधिकांश युवा भनिएकाहरू अध्ययन, लेखन् र विचार मन्थनका अभ्यासबाट विमुख छन् । तिनीहरू ठेक्कापट्टा, लाभको पद, विदेश भ्रमण आदि अनेक काम पटाउने र लाभ लिने राजधानीमा बसेर जिल्लाको राजनीतिको गुड्डी हाँक्ने सत्ताका दलाल र सुविधाभोगी समुदाय भएका छन् ।
पत्रिकाका फायल पल्टाएर हेर्नुहोस्, यिनले पार्टीमा आन्तरिक लोकतन्त्र हुनुपर्छ भनेर आवाज उठाउँदै आएको पाउनु हुने छ । कांग्रेसले नयाँ जीवन त्यतिबेला पाउने छ, जब केन्द्रीय सभापति, पदाधिकारी र सदस्य गरी ८५ प्रतिशत पदहरूमा कार्यकर्ताले निर्वाचनद्वारा नियुक्त गरेको नेतृत्व चयन हुने छ भनेर यो पद्धतिको विकास पनि गरिएको हो । तर कुकुरको पुच्छर बाह्रवर्ष ढुङ्ग्रोमा राखे पनि बाङ्गाको बाङ्गै !
युवापुस्ता सफल वा असफल ? भन्ने प्रश्न पनि यहाँ छ । युवापुस्ता आमरुपमा निराशा र पलायनबाट प्रभावित भएको देखिन्छन् । युवाहरूमै यस्तो मनस्थिति देखियो भने युवा वर्गलाई सफलताको मौका दिने कता हो कता, नियमपूर्वक र चित्तबुझ्दो किसिमले असफल हुने हक पनि प्राप्त हुने छैन । अधिकांश युवा भनिएकाहरू अध्ययन, लेखन् र विचार मन्थनका अभ्यासबाट विमुख छन् । तिनीहरू ठेक्कापट्टा, लाभको पद, विदेश भ्रमण आदि अनेक काम पटाउने र लाभ लिने राजधानीमा बसेर जिल्लाको राजनीतिको गुड्डी हाँक्ने सत्ताका दलाल र सुविधाभोगी समुदाय भएका छन् ।
झिँगाहरू सख्खरको डल्लोसँगै बसाइ सर्छन् भनेझैँ पार्टीका सुविधाभोगी र मौकापरस्तहरूबाट पार्टी फोर्ने, पार्टी फेर्ने र पार्टीमा फिर्ने चरित्रको चहलपहल देखिन्छ । नेताहरू जोसँग धेरै पैसा छ, उसैसँग मोलाहिजा गर्छन्, प्राथमिकता दिन्छन् । सत्ता, शक्ति, पद र पैसाको पछि लागेका अनुहार काँग्रेसका हुन् वा कम्युनिस्टका, तिनको चरित्र एउटै हुन्छ, किनकि स्वार्थ हुवहु एउटै हन्छ ।
१४ औं महाधिवेशनको प्रक्रिया चलिरहेको बेला पैसाको यति खतरनाक चलखेल भयो कि अन्ततोगत्वा यसले पार्टीलाई जरैदेखि ध्वस्त गराउँछ । पैसाको तुजुकमा सच्चा र सार्थक लोकतन्त्र विकसित हुन सक्दैन । जेसुकै भनियोस्, कांग्रेसभित्र लोकतन्त्रको रित्तो ढ्वाङ् मात्र ठोकिंदैछ, लोकतन्त्रको आचरण निरन्तर मासिइरहेको छ । पार्टी संगठन जता हेर्दा पनि लथालिङ्ग र भताभुङ्ग देखिन्छ । यस्तो स्थितिलाई सम्हाल्ने नेता को होला ? उ नै वर्तमान कांग्रेसको सच्चा नेता कहलाइन्छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपलय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
फागुन २, २०८१ शुक्रबार
विचारविहीन राजनीतिको भूमरीमा बाबुराम भट्टराईको दल वैकल्पिक शक्ति बन्ला ?
माघ २९, २०८१ मंगलबार
चेपुवामा जनताका अपेक्षा : गरमागरम संसद् उपलब्धि भने शून्य
माघ २६, २०८१ शनिबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले लिए अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी
फागुन ४, २०८१ आइतबार
सांसद ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारित
फागुन ४, २०८१ आइतबार
स्काभेटरले पल्टाएको ढुंगा लागेर विद्यार्थीको मृत्यु
फागुन ४, २०८१ आइतबार