बर्दिया प्रिमियर लिगमा बाँके ११ क्रिकेट टिम ७२ रनले विजयी
नेपालबहस संवाददाता
मंसिर १६, २०७८ शुक्रबार ४:१६:४९
◊ दीपकलाल श्रेष्ठ
१६ मंसिर, काठमाडौं । बर्दिया प्रिमियर लिगको आजको खेलमा बाँके ११ क्रिकेट टिमले स्टार क्रिकेट एकेडेमी माथि ७२ रनको जित निकालेको छ। लगातार तेस्रो जित निकालेको बाँके समूह ए को विजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेको छ भने ३ खेलमा २ जित निकालेको स्टार क्रिकेट एकेडेमी पनि सेमी फाइनलमा प्रवेश गरेको छ।
गुलरियाको कबर्ड हाल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेका बाँके ११ ले निर्धारित १५ ओभरमा ७ विकेट गुमाउदै १४७ रन जोडेका थिए । बाँकेका सुरुवाती ब्याटिङ गरेका प्रनित थापा मगर र रोहन केसी बिच ४१ रनको साझेदारी भएको थियो। त्यस पछि नियमित विकेट गुमाए पनि राहुल शर्मा र बिश्वास श्रेष्ठले सानदार ब्याटिङ गर्दा बाँकेले चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको थियो।
बाँकेका प्रनितले १६ बलमा ३५ रन जोडे। प्रनितले ४ चौका र ३ छक्का प्रहार गरे। मिडल अडर ब्याट्सम्यान राहुल शर्माले १८ बलमा २ चौका र ४ छक्काको मद्दतमा ४६ रनको आक्रामक पारी खेले। साथै विश्वास श्रेष्ठले १७ बलमा २३ रन जोडे।
स्टारका लेग स्पिनर सुरज खड्काले ३ ओभरमा २३ रन खर्चिएर ४ विकेट लिए। सुरजले अमर सिंह रौटेला र सिद्धान्त साहीको विकेट हात पारेका थिए। पुरु , बाबुराम र तुल बहादुर थापाले सम्मान १ र १ विकेट लिए। १४८ रनको चुनौतीपूर्ण लक्ष्य लिएर ब्याटिङका लागि आएको स्टारले निर्धारित १२। ओभरमा सबै विकेट गुमाउदै मात्र ७५ रन जोड्यो। स्टारले आफ्नो पहिलो ओभरकै पहिलो बलमै अनिल थापालाई शून्य रनमै गुमाएको थियो। अर्का सुरुवाती ब्यटर मनिष थापाले १५ बलमा २१ रन जोडे। साथै अमर मिश्रले २६ बलमा २० रन जोडे। अन्य ब्यटरको भने सम्झन लायक प्रदर्शन रहेन।
स्टारलाई सस्तोमा रोक्न बाँकेका तिब्र गतिका बलर गौतम कनोजियाले २।५ ओभरमा १८ रन खर्चिएर ५ विकेट लिए। साथै राहुल शर्माले ३ ओभरमा १७ रन खर्चिएर २ विकेट लिए। घातक बलिङ गरेका गौतम खेलको म्यान अफ द म्याच गौतम कनोजिया भए।
प्रतियोगितामा कुल देशभरका ८ टोलीको सहभागिता रहेको छ। ८ टोलीलाई २ समूहमा बिभाजन गरेको छ। समूह ए मा बर्दिया क्रिकेट एकेडेमी, रोयल किंग्स, स्टार क्रिकेट एकेडेमी र बाँके ११ क्रिकेट टिम रहेका छन्। साथै समूह बि मा धनगडी क्रिकेट एकेडेमी, हिमालयन क्रिकेट एकेडेमी, नेशनल क्रिकेट एकेडेमी र महेन्द्रनगर क्रिकेट एकेडेमी रहेका छन्। हरेक टोलीले आफ्नो समूहको टोली संग एक आपसमा खेल्ने छन्। समूह चरणको खेल मंसिर १९ गते सम्म हुनेछ र सेमीफाइनल मङ्सिर २० गते रहेको छ भने फाइनल २१ गते हुने छ।
नया शिरा युवा क्लब बर्दिया द्वारा स्वर्गीय बीर बहादुर चन्दको सम्झानामा बर्दिया प्रिमियर लिगको आयोजना भएको क्लबका अध्यक्ष प्रमोद चन्दले जानकारी दिए। जिल्लामा पहिलो पटक ठुलो पुरस्कार राशीको क्रिकेट लिग रहेको र प्रथम हुनेले १ लाख ११ हजार १ सय ११ रूपैयाँ र दोस्रोलाई ५१ हजार रूपैयाँ पुरस्कार रासी रहेको चन्दले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरालाई विराटनगर किंग्सले दियो १४० रनको लक्ष्य
मंसिर २७, २०८१ बिहिबार
काठमान्डुसँग १८ रनले पराजित भएको लुम्बिनी लायन्स एनपीएलको लिग चरणबाटै बाहिरियो
मंसिर २६, २०८१ बुधबार
काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई दियो १०४ रनको लक्ष्य, भीम शार्की ३१ रनमै आउट
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
प्रसाईंको बयानः कम्बोडियामा ओलीको साढे ३२ अर्ब लगानी छ भनेर साथीले पठायो, मैले सार्वजनिक गरे
मंसिर २७, २०८१ बिहिबार
दाङमा बाक्लो हुस्सु
मंसिर २७, २०८१ बिहिबार
हिमपहिरोले बनाएको पोखरी
मंसिर २७, २०८१ बिहिबार
धौलागिरि हिमालको मनोरम दृष्य
मंसिर २७, २०८१ बिहिबार
कमलादीमा भासिएको सडक आजदेखि सुचारु
मंसिर २७, २०८१ बिहिबार
सहकारी ठगी प्रकरणः म्याद थप गर्न रवि लामिछानेलाई अदालत पुर्याइयो
मंसिर २७, २०८१ बिहिबार