आजदेखि जनकपुरधाम नगर क्षेत्रभित्र सरसफाइ अभियान सुरु
नेपालबहस संवाददाता
मंसिर १७, २०७८ शुक्रबार १७:४९:७
१७ मंसिर, जनकपुर । धार्मिक आस्थासँग जोडिएको ऐतिहासिक सीताराम विवाह पञ्चमी महोत्सवलाई दृष्टिगत गरी आजदेखि जनकपुरधाम नगर क्षेत्रभित्र सरसफाइ अभियान सुरु गरिएको छ । जनकपुर उपमहानगरपालिकाका कर्मचारीको आन्दोलनका कारण लामो समयदेखि फोहर उठ्न नसक्दा जनकपुरधाम नगर क्षेत्रका सडकमा फोहरको डङ्गुर लागेर दुर्गन्ध फैलिन थालेपछि नगर क्षेत्रमा विशेष सरसफाइ अभियान सुरु गरिएको हो ।
जनकपुरधाम उपमहानगरपालिकाको अगुवाइमा सुरु भएको विशेष सरसफाइ अभियानको आज बिहान प्रदेश नं २ का उद्योग, पर्यटक, वन तथा वातारणमन्त्री सत्रुधन महतो, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलालगायतले संयुक्तरूपमा उद्घाटन गरे।
उपमहानगरपालिकाको सात टोलीसहित सुरक्षा निकाय र सङ्घसंस्थाका प्रतिनिधिसमेत गरी नगर क्षेत्र सरसफाइका लागि १० वटा टोली परिचालन गरिएको नगरप्रमुख साहले बताए । “आजदेखि सप्ताहव्यापीरूपमा सुरु भएको विवाह पञ्चमी महोत्सवलाई ध्यानमा राखेर सरसफाइ अभियानको सुरुआत गरिएको छ”, नगरप्रमुख साहले भने, “विविध कारणले नगर क्षेत्रको फोहर उठ्न सकेको थिएन, तर ढिलै भए पनि सबै पक्षको सहयोगमा सरसफाइ अभियान सुरुआत गरिएको हो ।” यो अभियान अब नियमितरूपमा चल्ने उनको भनाइ थियो ।
नगर क्षेत्रको चारैतिर परिचालन भएको टोलीले सडक र गल्लीहरूमा सरसफाइ गर्ने र यसरी सङ्कलित फोहर हालका लागि बनाइएको अस्थायी डम्पिङसाइटमा फ्याँकिने नगरप्रमुख साहले बताए । विवाह पञ्चमी महोत्सवलाई ध्यानमा राखी नगर क्षेत्रको विभिन्न स्थानमा अस्थायी शौचालय निर्माणको कामसमेत अघि बढाइसकेको नगरप्रमुख साहले जानकारी दिए ।
धार्मिक, सांस्कृतिक महत्व बोकेको सीताराम विवाह पञ्चमी महोत्सवमा नगर क्षेत्रलाई सफा र स्वच्छ बनाउन ढिलै गरी भए पनि सरसफाइ अभियान सुरुआत गरिनु सकारात्मक भएको प्रदेश नं २ का उद्योग, पर्यटक, वन तथा वातारणमन्त्री सत्रुधन महतोले बताए।
“यो अभियान पहिला नै सुरु गरिनुपर्दथ्यो”, मन्त्री महतोले भने, “तर ढिलै भए पनि राम्रो कामको सुरुआत भएको छ, यसमा सबैको साथ सहयोग चाहिएको छ ।” जनकपुरधामलाई कसरी सफा, स्वच्छ बनाउन सकिन्छ भन्नेबारेमा सबैले सोच्नु जरुरी रहेको उनको कथन थियो ।
जनकपुर नगर क्षेत्रमा फोहर उठ्न नसकेको भन्दै चौतर्फी गुनासो उठ्न थालेपछि आफूले फोहर व्यवस्था गर्न पहिलेदेखि नै पहल गरे पनि उपमहानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिबीचको विवादका कारण नसकिएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले बताए ।
“फोहरले नगर नै दुर्गन्धित भयो भनेर धेरैतिरबाट गुनासो आएपछि म आफैले फोहर व्यवस्थापन गर्न पहल गरेँ, तर न त नगरप्रमुख यसबारेमा गम्भीर भएका थिए, न त वडाध्यक्षहरू नै”, प्रजिअ बाँस्तोलाले भने, “तर लामो समयको पहल र प्रयत्नपछि सबैको सहयोगमा जसरी सरसफाइ अभियानको शुभारम्भ भएको छ त्यो खुशीको कुरा हो ।” सरसफाइ अभियानसँगै अब जनकपुरधाम नगर क्षेत्र सफा र सुन्दर हुने भएकाले यसलाई निरन्तररूपमा अघि बढाइरहनुपर्ने प्रजिअ बाँस्तोलाको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनुषामा मदिरा खाएर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ, शव गाडेको अवस्थामा फेला
पुष ११, २०८१ बिहिबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार