देशभर बाघ गणनाको शुभारम्भ सौराहाबाट गरिने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
मंसिर १७, २०७८ शुक्रबार १८:२५:५१
![](https://nepalbahas.prixacdn.net/media/albums/tigar_HwBqkHLSiR.jpg)
नारायण अधिकारी
१७ मंसिर, चितवन । देशभर बाघ गणनाको शुभारम्भ सौराहाबाट गरिने भएको छ । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्ज सहित आसपासका वन क्षेत्रमा बाघको गणना गरिन लागिएको हाे । यसका लागि आजदेखि चितवन राष्ट्रिय निकुञ्जमा दुईदिने तालिम सुरु गरिएको छ । यही मंसिर १९ देखि सुरुहुने सो गणनाका लागि करिव एकसय जनालाई आवश्यक प्राविधिक ज्ञान दिइने छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले संयोजन गरेको यस तालिममा जेडएसएल, विश्व वन्यजन्तु कोष, राष्ट्रिय प्रकृति संरक्षण कोष, वन विभागलगायतका प्राविधिक विज्ञले तालिम दिनेछन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार चितवन र पर्सामा एकैसाथ बाघ गणना गरिँदै छ ।
यहाँ ३६० जोडी क्यामेरा जडान गरिने छ । उनका अनुसार दुई हप्ता एक ठाउँमा राखेर बाघको तस्बिर लिइने छ । दुई निकुञ्जको एउटा ब्लकमा १६ क्याम्प बनाइएको छ । आधा मिटरका उचाइमा क्यामेरा राखिने छ । कतिपय ठाउँमा रुखमा र नमिलेमा घोचो गाढेर स्वचालित क्यामेरा जडान गरिने छ । क्याप्चर रिक्याप्चड विधिबाट बाघ गणना गरिन्छ । दुई÷दुई ग्रिडअर्थात् चार वर्ग किलोमिटरमा एक जोडी क्यामेरा राखेर गणना गरिन्छ । कम्तीमा दुई हप्ता क्यामेरा राख्नुपर्ने उनको भनाइ छ । बाघ वरिपरि आएमा क्यामेराले तस्बिर लिने छ । झण्डै दुई महिनामा फोटो खिच्ने काम सम्पन्न हुने अनुमान गरिएको छ ।
तस्बिर अध्ययन पछि थप चार महिनाभित्रमा नतिजा आउने प्रमुख संरक्षण अधिकृत आचार्यको भनाइ छ । सन् २००८ देखि यहाँ राष्ट्रियस्तरको बाघ गणना सुरु गरिएको हो । दोस्रो पटक सन् २०१३, तेस्रो पटक सन् २०१८ र अहिले चौथोपटक बाघ गणना गर्न लागिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गणनाको नेतृत्व गर्दछ । देशभरका पाँच निकुञ्जमा बाघ रहेका छन् । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा बाघको गणना गरिन लागेको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत आचार्यका अनुसार हिउँदका समयमा बाघ बाटोमा आउने हुँदा यो समय गणनाका लागि उपयूक्त मानिन्छ ।
दोब्बरभन्दा बढी सङ्ख्या बनाउने नेपालको प्रतिबद्धता पूरा हुनेमा संरक्षण विधि विश्वस्त रहेका छन् । नेपालमा हरेका चार÷पाँच वर्षको अन्तरमा बाघ गणना गर्ने गरिन्छ ।
झाडी सुक्दै गएपछि बाघ घाँसे मैदानमा बस्ने हुँदा गणना कठिन हुने भएकाले यो मौसम छानिएको हो । चितवन र पर्सालाई एउटा कम्प्लेक्स, बाँके र बर्दियालाई दोस्रो कम्प्लेक्स र शुक्ला र नजिकैको लालझाडी क्षेत्रलाई तेस्रो कम्प्लेक्स बनाएर बाघको गणना गर्न लागिएको हो । सन् २०१८ मा गरिएको बाघ गणनामा नेपालमा २३५ वयस्क बाघ फेला परेका थिए । त्यति बेला चितवनमा ९३, बर्दियामा ८७, पर्सामा १८, शुक्लामा १६ र बाँकेमा २१ बाघ फेला परेका थिए । यो सङ्ख्या बढेको अनुमान छ ।
सन् २०१० मा रसियाको सेन्ट पिटर्सवग भएको बाघ पाइने १३ मुलुकका राष्ट्र प्रमुखको बाघ सम्मेलनमा नेपालले सन् २०२२ सम्ममा बाघको सङ्ख्या २५० पु¥याउने प्रतिबद्धता व्यक्त गरेको थियो । तत्कालीन समयमा नेपालका निकुञ्जमा १२१ वटा बाघ रहेको तथ्याङ्क थियो । दोब्बरभन्दा बढी सङ्ख्या बनाउने नेपालको प्रतिबद्धता पूरा हुनेमा संरक्षण विधि विश्वस्त रहेका छन् । नेपालमा हरेका चार÷पाँच वर्षको अन्तरमा बाघ गणना गर्ने गरिन्छ ।
देशैभरको बाघ गणनाको औपचारिक शुभारम्भ यहाँबाट गर्न लागिएको छ । वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवसहितका उच्च अधिकारीको उपस्थितिमा यही आइतबार गणनाको शुभारम्भ सौराहामा गरिने छ । सो अवसरमा वन सचिव डा पे्रमनारायण कँडेल, निकुञ्ज विभागका महानिर्देशक डा रामचन्द्र कँडेल, वन मन्त्रालयअन्तर्गत विभिन्न विभागका महानिर्देशक, बागमती प्रदेशका वन सचिव, मन्त्रालयका महाशाखा प्रमुख, साझेदार संस्थाका अधिकारीका उपस्थितिमा कार्यक्रम हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक
फागुन २, २०८१ शुक्रबार
द क्लिफमा मेगाट्रोल सञ्चालनमा
फागुन २, २०८१ शुक्रबार
पाइलट बन्न छाडेर पर्यटन क्षेत्रमा जमेका ‘सङ्घर्ष’
माघ ३०, २०८१ बुधबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
शपथ खाएर झुटो बोलेको भन्दै सिंगापुरका सांसदलाइ १४ हजार डलर जरिवाना
फागुन ६, २०८१ मंगलबार
मुस्ताङको कैह्योलोङ गुफा ओझेलमा
फागुन ६, २०८१ मंगलबार
क्यानडाको टोरन्टो विमानस्थलमा ८० जना सवार विमान पल्टियो
फागुन ६, २०८१ मंगलबार
अन्तर पालिकास्तरीय महिला फुटबलको उपाधि कनकाईलाई
फागुन ६, २०८१ मंगलबार
६ महिनामा ३ हजार १ सय ३४ जनाले गरे आत्महत्या
फागुन ६, २०८१ मंगलबार
सांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार