राप्रपा महाधिवेशनमा ५० प्रतिशत मत संकलन
सरला बैजु
मंसिर १८, २०७८ आइतबार १:२८:४६
१८ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) १९९ सदस्यीय नयाँ कार्यसमितिका लागि भएको मतदानमा ५० प्रतिशत मत संकलन भएको छ ।
आज भएको विद्युतीय मतदान प्रक्रियाप्रति मतदाताले राम्ररी जानकारी प्राप्त नगरेकाले पनि समय धेरै लागेको छ । उक्त प्रक्रियामा प्रतिव्यक्ति मतदाताले करिब २० मिनेट पर्खनुपर्ने भएकाले पनि प्रक्रिया लम्बिने देखिएको छ । नेता सुन्दर पाण्डेका अनुसार देशभरबाट छनोट भएका चार हजारभन्दा बढी प्रतिनिधिले साँझ ५ बजेसम्म निर्धारण गरिएको समयमा मतदान नसक्ने भएपछि रातिसम्म समय थप गरी प्रक्रिया टुङ्ग्याउने व्यवस्था भएको छ ।
यही मंसिर १५ गतेदेखि भृकुटीमण्डपमा जारी महाधिवेशनअन्तर्गत अध्यक्ष पदको निर्वाचनमा मतपत्र प्रयोग गरिएकाले छिटो र छरितो मतदान भएको छ । नयाँ कार्यसमितिका लागि २६६ उम्मेदवारले उम्मेदवारी दिएका छन् । अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित केन्द्रीय सदस्यका लागि निर्वाचन गरिएको छ । मतदान केन्द्रमा मतदातालाई मतदान गर्नु अगाडि विद्युतीय मतदानका प्रक्रिया तथा विधि प्रयोग गरी सिकाइएको छ ।
अर्का नेता ध्रुवबहादुर प्रधानले निर्वाचनका लागि ८६ विद्युतीय यन्त्रको व्यवस्था गरिएको भए पनि त्यसको प्रयोगमा समय लागेकाले मतदातालाई केही समस्या भएको जानकारी दिए । यसपटक अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनको उम्मेदवारी दिएसँगै नेतृत्वका लागि कडा प्रतिस्पर्धा देखिएको छ । पार्टी अध्यक्ष डा प्रकाशचन्द्र लोहनीका साथमा अध्यक्ष पदका प्रत्यासी लिङ्देनले मतदान गरिसकेका छन् । अर्का प्रत्यासी थापाले मतदान गर्न बाँकी छ ।
करिब दुई वर्ष अगाडि राप्रपा र राप्रपा (संयुक्त)को एकतापछि पहिलोपटक भएको अधिवेशनमा उपाध्यक्ष र महामन्त्रीमा कम्तीमा एक महिला निर्वाचित गर्ने व्यवस्था गरिएको छ । चार उपाध्यक्ष, तीन महामन्त्रीका साथै अन्य केही पदाधिकारी नयाँ कार्यसमितिले मनोनित गर्ने व्यवस्था छ । पार्टीका नेता तथा कार्यकर्ताले अन्तिम समयसम्म पनि लामबद्ध मतदातालाई आफ्नो पक्षमा मतदानका लागि आग्रह गरेका छन् ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार