लुम्बिनीमा पाँच हजार जना अट्ने हल तयार हुँदै
सरला बैजु
मंसिर १८, २०७८ आइतबार ३:९:३९
![](https://nepalbahas.prixacdn.net/media/albums/rastrapati-visit-int-hall-scaled-e1638632204956_8lqFCmhyaQ.jpg)
१८ मंसिर, सिद्धार्थनगर । बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माणाधीन पाँच हजार जना अट्न सक्ने क्षमताको सभाहल तथा ध्यान केन्द्रको निर्माण अन्तिम चरणमा पुगेको छ ।
लुम्बिनी तीर्थयात्री र पर्यटकको गन्तव्य त छँदैछ त्यसका अतिरिक्त सार्कजस्ता अन्य अन्तर्राष्टिय सेमिनार सम्पन्न गराउन सकिने गरी ध्यान केन्द्र तथा सभाहलको निर्माण थालिएको थियो । सो हल निर्माणको काम अन्तिम चरणमा पुगेको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयाले बताए ।
उपाध्यक्ष मेत्तेयाले भने, “एकैपटकमा यति धेरै संख्यामा मानिस बस्न मिल्ने हल बहुउपयोगी हुनेछ । यहाँ अन्तर्राष्ट्रियस्तरका ध्यान तथा सार्कस्तरीय सम्मेलन पनि सहजै गर्न सकिन्छ ।” अत्यन्तै आकर्षक स्वरुपमा बनाउन थालिएको सभाहल तथा ध्यान केन्द्रको छानो गोलाकार आकारमा डिजाइन गरिएको छ । भित्रपट्टि कमलको फूलको आकर्षक प्रतीक अंकित छ । हलमा ध्यान गर्नेहरु पलेटी मारेर बस्दा पाँच हजार जना सजिलै अट्ने क्षमता रहेको छ भने कुर्सी राखेर बस्दा आठ हजार अट्ने सदस्यसचिव सानुराजा शाक्यले बताए । एक वर्गमिटरमा एक कुर्सी अट्ने प्राविधिक विश्लेषण रहेको छ । आठ हजार ३०० वर्गमिटरमा फैलिएको ध्यान केन्द्र रहेको छ ।
यसलाई सात डिग्रीसम्म तापक्रम तलमाथि हुनसक्ने इपिसएस प्यानल प्रयोग गरेर छानो छाइएको छ । उक्त ध्यान केन्द्र तथा सभाहलको जग निर्माण पनि विशेष डिजाइनमा गरिएको छ । १० मिटर गहिराइका १४० वटा पाइल फाउण्डेशन बनाइएको छ । उक्त फाउण्डेशन माथि एक वर्गमिटर गोलाइको ४० वटा पिलर ठड्याएर छानो राखिएको छ । छानो पनि आकर्षक रहेको छ ।
उक्त हल तथा ध्यान केन्द्रको पहिलो चरणको आयोजनाअन्तर्गत अनक अर्घाखाँची, बाबुल जेभी कम्पनीले २८ करोड १३ लाख लागतमा निर्माण गरेको हो । उक्त लागतमा विभिन्न कारणले ११ प्रतिशत भेरियसन भएको थियो । दोस्रो चरणको काम ३३ करोड लागतमा निर्माणाधीन छ । दोेस्रो चरणको काम भौतिकरूपमा ७० प्रतिशत सकिसकेको विकास कोषका योजना प्रमुख सरोज भट्टराईले बताए ।
सभाहलको शिलान्यास विसं २०७५ वैशाख पूर्णिमामा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिईन् ।
सभाहलमा आठवटा भाषामा एकैसाथ सुन्न सकिने गरी एकैपटक हेडफोन प्रयोग गर्न सकिने ध्वनि व्यवस्थापन पनि गरिने छ । ध्यान केन्द्र तथा सभाहलमा प्रवेश गर्ने ढोका पासवर्डले खोल्न सकिने गरी निर्माण हँुदैछ । यसैगरी उक्त हलमा ५५ साना ढोका रहनेछन् । हलको वरिपरिको पर्खालमा गौतमबुद्धको दुई फिट उचाइका ९७ वटा मूर्ति राखिने भएको छ ।
सभाहल तथा ध्यान केन्द्रको मुख्यद्धारमा छ फिट अग्लो बुद्धमूर्तिसमेत राखिने छ । भिआइपी पाकिङ रहने र उक्त पार्किङमा ५० गाडी अट्ने क्षमता रहेको छ । हलको दायाँबायाँ भिभीआइपी लन तथा प्रतिक्षालयसमेत निर्माण भइरहेको छ । यसैगरी ६० जनाले एकैसाथ प्रयोग गर्न सक्ने गरी महिला पुरुषको अलग–अलग शौचालय निर्माण भइरहेको छ ।
लुम्बिनीमा हरेक वर्ष आयोजना हुने बुद्ध जयन्ती तथा विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनका लागि लाखौँ रकम खर्चेर अस्थायी हल बनाउने गरिएको छ । सन् २०१६ मा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा बुद्धजयन्ती कार्यक्रम मनाउने गरी अस्थायीरूपमा हल निर्माण गरिएको थियो ।
कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली आएका थिए । तर अकस्मात आएको हाबाहुरीसहितको पानीले उक्त अस्थायी हल भत्कँदा कार्यक्रमसमेत प्रभावित हुन पुग्यो । त्यति नै बेला तत्कालीन प्रधानमन्त्री ओलीले लुम्बिनीमा एक स्थायी सभाहल र त्यहीँ रहने गरी ध्यान केन्द्र निर्माण गर्ने घोषणा गरेका थिए र त्यसपछि हल निर्माणले गति लिएको कोषका वरिष्ठ प्रशासकीय प्रमुख ज्ञानिन राईले बताए ।
गत बिहीबार लुम्बिनी आएकी राष्ट्रपति भण्डारीले सो हलको निरीक्षण गरेकी थिईन् । त्यस अवसरमा उनले राम्रो हल तयार हुन लागेकामा खुशी पनि व्यक्त गरेकी थिईन् ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक
फागुन २, २०८१ शुक्रबार
द क्लिफमा मेगाट्रोल सञ्चालनमा
फागुन २, २०८१ शुक्रबार
पाइलट बन्न छाडेर पर्यटन क्षेत्रमा जमेका ‘सङ्घर्ष’
माघ ३०, २०८१ बुधबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार