ओमीक्रोन भाइरसको त्रासले सर्वसाधारण कोरोना खोपप्रति आकर्षित !
नेपालबहस संवाददाता
मंसिर १८, २०७८ आइतबार ५:२६:१०
१८ मंसिर, महोत्तरी । कोभिड-१९ को नयाँ भेरियन्ट ओमीक्रोन भाइरसको त्रास बढ्न थालेपछि महोत्तरीका सर्वसाधारणले कोरोना खोपप्रति चासो बढाएका छन् ।
खोप अभियान सुरु हुँदा कोरोना खोप लगाउन उपस्थित नै नहुने सर्वसाधारणले कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएपछि तीव्र चासो बढाएका हुन् ।
खोप लगाएर रोगबाट बच्न सकिन्छ भन्ने अविश्वासकै कारण महोत्तरीमा चलाइएको विभिन्न खोप अभियानमा सर्वसाधारणको उत्साहजनक उपस्थिति देखिएको थिएन । तर, पछिल्लो समय खोप प्रतिको आकर्षण बढेको हो ।
कतिपय धार्मिक र सांस्कृतिक मान्यताका कारण पनि महोत्तरीमा चलाइएका छैठौं खोप अभियानसम्म आइपुग्दा ५० प्रतिशत जनसंख्याले कोरोना खोप लगाएका छैनन् ।
ुखेतीपातीमा काम गर्दागर्दै कोरोना खोप लगाउन जान नै पाइएन । अहिले फेरि यहीँ कोरोनाको नयाँ भेरियन्ट आएको छ रे रु अब जसरी पनि लगाउँछु,ु महोत्तरी जलेश्वरका राम नरेशले भने ।
राम नरेश जस्तै यो पटक खोप अभियानमा जसरी पनि सहभागी हुने बर्दिबास(३ का कृष्ण खत्रीको योजना छ । कोभिड(१९ को नयाँ भेरियन्ट ओमीक्रोन भाइरसको चर्चा र केही देशले लकडाउन नै गरेपछि खत्रीले अहिले डर लागिरहेको बताए ।
कोरोना भाइरसको नियन्त्रण र यसबाट बच्नका लागि खोप लगाउनुपर्ने एक मात्र विकल्प हुँदाहुँदै जनचेतनाको अभावले अझै महोत्तरीका मुसहर, डुम तथा मुस्लिम समुदायले खोपलाई सहर्ष स्विकार्न सकेका छैनन् ।
खोप लगाइसकेपछि ज्वरो आउने, दीर्घरोग भए त्यसलाई टेवा पुग्ने र मृत्युसम्म हुने गलत अफवाहले सबै उमेर समूहका सर्वसाधारण अझै दुविधामा छन् ।
महोत्तरीमा चलाइएका सबै खोप केन्द्रमा सर्वसाधारणको चासो र सहभागिता न्यून देखिएता पनि ओमीक्रोन भाइरस चर्चा हुन थालेपछि खोपको विषयमा आफै चासो देखाइरहेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार अहिलेसम्म २ लाख ४८ हजार २ सय ९ जनाले कोरोना खोप लिएका छन् । यो संख्या कूल जनसंख्याको झण्डै ५२ प्रतिशत हुन आउँछ । अझै महोत्तरीमा ४८ प्रतिशत जनसंख्या खोप लगाउनबाट विमुख बनिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर ५, २०८१ बुधबार
तोलामा ९ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदै छ किनबेच ?
मंसिर ५, २०८१ बुधबार
दयाहाङ र रिश्मा फेरी एकसाथ, 'रिमै' को छायांकन शुरु
मंसिर ५, २०८१ बुधबार
बजार खुल्नासाथ ५१ सय ७३ कित्ता शेयर कारोबार
मंसिर ५, २०८१ बुधबार
नेपाली सेनाको मानार्थ ग्रहण गर्न भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज काठमाडौं आउने
मंसिर ५, २०८१ बुधबार
उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर आजै निर्वाचन चिह्न दिइने
मंसिर ५, २०८१ बुधबार