दोबामा अस्पताल भवन निर्माण सुरु
सरला बैजु
मंसिर १९, २०७८ आइतबार १९:१०:४१
![](https://nepalbahas.prixacdn.net/media/albums/hospital1635818074_LPQHt4f2Mc.jpg)
१९ मंसिर, म्याग्दी । अन्नपूर्ण गाउँपालिका–१ दोबामा पालिकास्तरीय अस्पतालको भवन निर्माण सुरु गरिएको छ ।
संघीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजनाअनुसार दोबामा भवन निर्माण हुन लागेको हो । गाउँपालिकाका इञ्जिनीयर ईश्वरबहादुर भण्डारीले अपांगमैत्री पाँच श्यया क्षमताको भूकम्प प्रतिरोधी दुईतले भवन निर्माण सुरु गरिएको जानकारी दिए ।
“आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्षसहितको भूकम्प प्रतिरोधी क्षमताको अपांगमैत्री भवन बनाउन लागिएको हो”, उनले भने, “आगामी २०७९ असोजमा भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।”
भवन निर्माणका लागि रविना–अमित जेभीले पाँच करोड १२ लाख ६० हजार ६५२ मा ठेक्का सम्झौता गरेको छ । छ करोड ८३ लाख ५० हजार ८० लागत अनुमान गरिएको थियो । विसं २०७८ वैशाख १७ गते सम्झौता गरेका ठेकेदारले जग्गा व्यवस्थापन सकेर भवन निर्माण सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेलले बताए ।
निर्धारित समयभित्र नै भवन निर्माण सम्पन्न गर्ने लक्ष्यसहित औजार, निर्माण सामग्री जुटाएर मजदुर परिचालन गरेको निर्माण व्यवसायीले बताएका छन् । दोवाका बासिन्दाले अस्पताल निर्माण गर्न १२ रोपनी सात आना दुई दाम क्षेत्रफलको जग्गा निःशुल्क उपलब्ध गराएका थिए । सो जग्गाको स्थानीय बजार मूल्य एक करोडभन्दा बढी छ ।
दोवाका वडाध्यक्ष दिलीपकुमार गर्बुजाका अनुसार नौप्रसाद पुर्जाले एक रोपनी तीन पैसा, यादवबहादुर गर्बुजाले एक रोपनी आठ आना, गमबहादुर गर्बुजाले एक रोपनी १० आना, अमरबहादुर गर्बुजाले पाँच रोपनी चार आना, घमती पुर्जाले १३ आना, कर्णबहादुर पुर्जाले दुई रोपनी दुई आना र टीकाबहादुर पुर्जाले साढे दुई आना जग्गा निःशुल्क उपलब्ध गराएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गाउँपालिकालाई अस्पताल निर्माण गर्न गत आर्थिक वर्ष २०७७÷७८ मा ७० लाख पठाएको थियो । यस वर्ष मन्त्रालयले बजेट पठाउन ढिलाइ गरेको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए । विनियोजन भएको बजेट समयमै खर्च गर्ने अख्तियारी आएमा निर्माण व्यवसायीलाई छिटो काम गराउन दबाब दिन सकिने उनको भनाइ छ ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगोको ज्वालाले बेलुन फुट्दा अर्थमन्त्री पौडेल र महानगर प्रमुख आचार्य घाइते
फागुन ३, २०८१ शनिबार
तनहुँ जलविद्युत् आयोजनाले माछा संरक्षण गर्दै
माघ ३०, २०८१ बुधबार
क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौं लाभान्वित
माघ ३०, २०८१ बुधबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार