मुक्तिनाथ विकास बैंकको ‘सीएसआर’ बाट व्यक्तिले पाए एक लाख
नेपालबहस संवाददाता
मंसिर १९, २०७८ आइतबार २१:२६:२१
१९ मंसिर, काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेले सामाजिक उत्तरदायित्व अर्न्तरगत मोटरसाइकल दुर्घटना परि अपाङ्ग अवस्थामा रहेका आँधीखोला गाँउपालिका वडा नं ०६ का पदम बहादुर क्षेत्रीको उपचार तथा जिविकाका लागि एक लाख सहयोग गरेको छ । सो सहयोगहरुबाट बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गले जानकार दिए ।
उनले विभिन्न संघ संस्था, व्यक्तिहरुलाई सहयोग गर्दै आएको जनाएका छन् । बैंकले भुमहीमा वित्तीय साक्षरताको अभियानमा सहयोग पुग्ने गरि “फाइनान्सीयल लिट्रेसी” कार्यक्रम सम्पन्न गरेको छ । यसै गरी, बैंकले तानसेनमा रहेका विभिन्न कलेजहरुमा मास्क तथा स्याजिटाइजर लगायतका सामाग्रीहरु वितरण गरेको जानकार दिएको छ ।
यस सँगै, ट्राफिक सचेतनाकाको लागि वोर्ड राख्नका लागि बैंकले पार्वतिपुर बजार सामुदायिक संस्थालाई पनि रु २५ हजारको सहयोग गरेको छ । यस साथै ईलाका प्रहरी कार्यलायको डेढगाँउमा हिरातसमा पुस्तक कार्यक्रम संचालनका निमित्त बैंकले रु १०,००० को आर्थिक सहयोग गरेको छ ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्डको प्रयोग गरी नेपालभरी रहेको भिषा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेशिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था बैंकले गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकले निक्षेप लिन र कर्जा दिन नपाउने
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार