मैले चिनेको ‘स्वर सम्राट’ नारायण गोपाल
चन्द्रमणि गौतम
मंसिर १९, २०७८ सोमबार ४:८:१५
नारायण गोपाल गुरुवाचार्य (वि.सं. १९९६–२०४७) लाई ‘स्वर सम्राट’ को उपाधि दिने ‘समीक्षा’ साप्ताहिकका सञ्चालक तथा प्राज्ञ मदनमणि दीक्षित हुन् । हुनत, नगेन्द्र थापाले त्यो उपाधि आफूले दिएको भन्ने सुनिएको हो, तर मसँगको कुराकानीमा’नारान्दाई’ विनोदले लेखिदिएको जिकिर गर्थे।मदनमणिजीका छोरा विनोदमणि र नारायण गोपाल साथी भएको नाताले पनिआधुनिक सञ्चार माध्यमको स्थापना नभएको पञ्चायत कालमा नारायण गोपालबारे समीक्षामा विभिन्न सामग्रीहरू आइरहन्थे ।
यिनकापिता आशागोपाल गुरुवाचार्य सितार वादनकावस्तादथिए । छोरालाई शास्त्रीय संगीततिरै केन्द्रित गराउने उनको चाहनाथियो । ‘ए कान्छा ठट्टैमा यो बैंश जानलाग्यो…..’ जस्तो अतिलोकप्रियगीत गाएपछि पिताआशागोपाल साह्रै दिग्दार भएर नारायण गोपालका गीतकार साथी नगेन्द्र थापालाई भनेछन्,“काजी, छोरो बिग्रियो, माया पिरतीका गीत गाएर हिँड्छ, तपाईँले सम्झाउँदा मान्छ कि…..!”
दार्जिलिङ्गमा शिक्षण पेशामा लागेकी उनकी पत्रमित्र (पेन–फ्रेन्ड) पेमाला लामासँग यिनको २०२८ मा विवाह भयो । पहिलो भेट र बिहेको चाँजो मिलाई दिने संगीतकार गोपाल योञ्जन र उनका दाजु कर्मा गोपाल योञ्जन थिए।पेमलासँग दार्जिलिङको कुनै एकान्त झाडिलो पाखामा पहिलो पटक भेट गराईदिएपछि दुवैको कुराकानी नजिकै लुकेर सुनेछन्, गोपाल योञ्जन, कर्मागोपाल योन्जन र नगेन्द्र थापाले… । यो थाहा पाएपछि पेमला भाउजु लाजले भुतुक्क भइन्, नारायण गोपाल मुर्मुरिए रे !
विहेपछि यिनी आफ्नो पुर्ख्यौली घरमा नबसेर पोखरा, हेटौँडा आदि स्थानमा बसोबास गरे । पोखरामा कवि भूपि शेरचनको घरमा डेरा गरी बसेको बेला नै भूपीको रचना, “अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा….” गीतउनले गाएका हुन् । सन्तान भएनन् । यिनले रेकर्ड गरिएकाजम्मा १३७ वटा गीत गाएका छन्, जुन उनका कालजयी सन्तानका रुपमालिन सकिन्छ । यिनी गीतको बोल र संगीत मन नपरेको गीत कदापि गाउँदैनथे । एक गीतकार (कवयित्री) का रचनाको गायक–कपिच्वारच्वार च्यातेर फालेको मैले देखेको छु ।
२०४४ सालमा यिनको एलबम ‘गितीयात्रा’भाग १ प्रकाशित हुनुअघि त्यसको समीक्षा गर्न गीतकार तथा संगीतकार प्रदीप रिमाल मार्फत नमूना क्यासेट मलाई दिइएको थियो । मैले मित्रश्री यम शर्मा पौडेल जीको सम्पादनको ‘वार्तालाप’ साप्ताहिकमा सो क्यासेटका गीतहरूको समीक्षा गरेको, उनले म्युजिक नेपालको अफिस कालिका स्थानमा पढेपछि निकै खुशी भए । नारायण गोपाल म देखि निक्कै खुशी भएको दुईटा अवसर थिए– पहिले उनी सांस्कृतिक संस्थानको महाप्रवन्धक भएको बेला सारा कलाकारले उनलाई त्यहाँबाट हटाउन मन्त्रीहरूकहाँ डेलिगेशन गएको बेला मैले उनको पक्षमा पत्रपत्रिकामा लेखेका टिप्पणीबाट र दोस्रोपटक उक्तगीती यात्रामा भएका ८ गीतको समीक्षा गरेको बेला ।
सो गीती यात्रा एलबमको समीक्षा गरेपछि म्युजिक नेपालमै उनले मसँग धेरैबेर कुरा गरे । कुराकानीको क्रममा उनले उपरोक्त भनाई व्यक्त गरेका थिए,“बोलमा साहित्यको पोषण र संगीतमा लोकधुनको सुगन्ध मिलाएको गीत कर्णप्रिय र अधर–प्रिय हुन्छ । भारतको हरियाणा, उत्तरप्रदेशको कुमाउँ–गढवाल जस्ता पहाडि इलाका, नेपालको मध्यपर्वतीय प्रदेश हुँदै भारतको दार्जिलिङ्ग, सिक्किम, भूटान भएर बर्मासम्म जुन पहाडी जनजीवन छ, यो रेन्जको समाजमा गाइने गीतका जुनखालका धुनहरू छन्, तिनलाई मिलाएर गीतमा मिसाउनु राम्रो हुन्छ । गीत सबैका हुनुपर्छ र सबैले गाउने हुनुपर्छ….।”
२०४७ सालमा नारायण गोपाल बिमारी भए । वीर अस्पतालमा भर्ना हुनेबित्तिकै हेर्न गएको थिएँ । मलाई हेरेर उनी मुस्काए मात्र, बोलेनन् । त्यो नै मेरो अन्तिम भेट थियो । त्यसपछि डाक्टरले भेट्नै बन्द गरिदिए । २०४७मंसिर १९ गते राती ९.३० तिर उनले यो संसार छोडेको खबर आयो । भोलीपल्ट उनको शवयात्रामा प्रज्ञा भवनदेखि आर्यघाटसम्म हिँडेरै गइयो । मंसिर १९ उनको स्मृतिदिवस हो ।
नारायण गोपालः केही टुक्रे सम्झना
देश–विदेशबाट श्रोताहरूले पठाएका गीतको फर्माइस हेर्दा नारायण गोपाल अत्यन्त लोकप्रिय गायक भएको स्वतःबुझिन्थ्यो । त्यसमाथि उनलाई आजको प्रख्यातीमा पुर्याउनमा, २०४७ सालमा प्रजातन्त्र पुनःस्थापना सँगै रेडियो नेपालबाट साँझ७.२० बजेतिर प्रसारित गर्ने (हालसम्मचालु) कार्यक्रम ‘घटना र विचार’ को अद्वितीय भूमिका रह्यो । उनी बिमारी भएर अस्पताल भर्ना भएदेखि नै सो कार्यक्रबाट दिनहुँजसो उनको स्वास्थ्य स्थितिबारे जानकारी दिईन्थ्यो । त्यसबखत ‘घटना र विचार’ को लोकप्रियता नेपालभित्र मात्र नभई भारत, सिक्किम, भूटान, बर्मालगायतका नेपाली समुदायमा व्यापक थियो । रेडियो प्रशारण सुनेदेखि नै दार्जिलिङ् र सिक्किमतिरका धेरै नेपाली काठमाडौं आए । शवयात्रामा दार्जिलिङ्बाट आएको ठूलो समुह मध्ये एउटा ग्रुपले बोकेको प्लाकार्डमा लेखिएको थियो, ‘स्वर सम्राट नारायण गोपाल, तिमी नेपाल मात्र होइन सम्पूर्ण नेपाली जातीका तानसेन हौ ! दार्जिलिङ् श्रद्धाञ्जली दिन्छ !’ ससुराली गाउँ परेकोले पनिहो कि !
प्रज्ञा भवनबाट करिब १ बजेतिर शव उठाएपछि शबको मुनि राखिएका ईंटा एक भलाद्मीले रुँदै बटुल्नथाले । किन रहेछ भनीबुझ्दा नारायण गोपालको नाममा अर्केस्ट्रा बनाउने र संगीत कोष, इन्स्टिच्यूट, पुरस्कार गुठी जस्ताकाम गर्ने भवन बनाउनतिनै ईंटाद्वारा शिलान्यासको लागि भन्ने उत्तर आयो । ती व्यक्ति थिए बसन्त चौधरी । २०४५ सालतिर प्रज्ञा भवनमा आयोजित ‘संगीत साँझ’ को आयोजनामा पनि बसन्त चौधरीको योगदान थियो, जसलाई नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारणको प्रबन्ध मिलाए, नारायण गोपालका मित्र टीभीका कार्यकारी अध्यक्षनीर शाहले । मैले देखेको उनको यो नै पहिलो र अन्तिम ‘संगीत साँझ’थियो ।
नारायण गोपालजति राम्रो स्वरका धनिथिए, उनको स्वभाव त्यस्तै घमण्डी, सन्काहा, स्वेच्छाचारी खालको थियो । उनको लामो मित्रता कायम रहेको कमै मात्र होला । रत्नशम्शेर थापा, गोपाल योञ्जन, तारा देवी लगायतका धेरैसँग उनको असमझ्दारी र सम्पर्क टुटेको अवस्था थियो ।
आठवटा गीतको सेट ‘गीतीयात्रा–१’ मा रानी ऐश्वर्यको रचना, ‘एउटा मान्छेको मायाले कति…….’ गाएपछि उनलाई दरबारबाट प्रधानमन्त्री मरिचमान मार्फत कदरको व्यवहार हुन थालेको हो । उनले सो गीतमा धेरै गम्भीर मिहिनेत गरेको देखेर दीपकजङ्गम तीन छक्क परेको बताउँछन् । रेडियो नेपालले ‘गल्ती हजार हुन्छन् यहाँ होश हराएको बेला….’ जस्ता उनका कति पय गीत प्रशारणमा प्रतिबन्ध लगाएको थियो । उनी पनि रेडियो नेपालसँगनिकै रिसाएको कुरा गर्थे । ऐश्वर्यद्वारा रचित उक्त गीत मात्र उनले रेडियो नेपाललाई ‘बजाएर तैं खा’भनी दिएका रे ! उनी जँड्याहादेखि माग्ने (भीखारी) सम्म सबैका भावना समेट्ने गीत गाउन चाहन्थे । गीतहरू त्यस्तै (सबै समुदायलाई समेट्ने खालका) नै छन् ।
नारायण गोपाल गायक मात्र होइन, राम्रा संगीतकार पनिथिए । बम्बै जाँदा उनले त्यहाँ गरेको रियाजमा स्वर–प्रतिभा सुनेर आसाभोंसले आश्चर्य चकित भएको कुरा सिनेकर्मी युवराज लामाले बताएका थिए । त्यो बाहेक इतिहासका ज्ञाता, साहित्यका अनुरागी, चेस खेल्न रुचि राख्ने गर्दथे । अघिपछि बोल्दा उच्चारणमा नेवार भाषाको प्रभाव आउँथ्यो, तर गाएको बेलामा त्यसको छनक समेत पर्दैनथ्यो । उनको पालामा सांस्कृतिक संस्थानको ‘बागिना’ (बाजा, गीत, नाच) पत्रिका प्रकाशित हुने गरेको थियो ।
नारायण गोपाललाई स्वर–सम्राट भन्ने उपाधि सुनेपछि ०४७तिरै ने.क.पा. (एमाले) ले पनि जे.बी. टुहुरेलाई धेरै दिनसम्म ‘स्वर सम्राट’ भन्ने देखासिकी चलायो । ’कम्युनिस्ट पार्टीमा को हुन्छ सम्राट….’ भन्दै उल्ली बिल्ली पारेपछि त्यो काम हरायो । उनलाई स्वर सम्राटको उपाधि पचेको बुझिन्नथ्यो । समीक्षा साप्ताहिकमा ‘स्वर सम्राटका चार गीत रेकर्ड, चाँडै बजारमा आउँदै….’ भन्ने छापिएपछि नेपालमा अर्को कोही रैती सम्राट हुने ! भन्ने अहम्ले गर्दा होला,तत्कालीन राजदरबारले पनि मन पराएको बुझिएन । उल्टै उनले तक्मा पाउने सम्भावना खोसियो भन्ने गुनासो नारायण गोपालको थियो । नारायण गोपाललाई कसैले स्वर–सम्राट माने पनिआपत्ती छैन, तर म स्वर–सम्राट भन्दिनँ । कसैकसैले त उनको नाम भन्दा पनि ज्यादा वाक्यै पिच्छे ‘स्वरसम्राट का स्वरसम्राट’ भन्याभन्यै गरेर साह्रै कुरीकुरी लगाउँछन्, यो चाहिँमलाई पनिपच्दैन ।
चन्द्रमणि गौतम
वरिष्ठ पत्रकार चन्द्रमणि गौतम बिगत चार दशकदेखि नेपाली पत्रकारिता जगतमा क्रियाशील छन् । पत्रकारिताका साथसाथै अनुसन्धान, अनुसन्धानदाता र बौद्धिक व्यवसायमा पनि उनको निरन्तर सक्रियता छ । विभिन्न मन्त्रालयमा करिब आधा दर्जन मन्त्रीहरुको सल्लाहकारको रुपमा पनि उनले काम गरिसकेका छन् ।
लेखकबाट थपनायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
लन्डनमा एकसाथ गुन्जिदै 'कन्दरा' र स्वप्न सुमन
पुष १७, २०८१ बुधबार
‘सम्झनामा स्रष्टा साङ्गीतिक समर्पण कार्यक्रम २०८१’ सम्पन्न
पुष ९, २०८१ मंगलबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार