यी हुन् राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन
नेपालबहस संवाददाता
मंसिर १९, २०७८ सोमबार ४:२०:११
उनले केही वर्ष धनकुटा–भद्रपुर रुटमा आफ्नै माइक्रोबस चलाएर जीवन निर्वाह गरे । माओवादीले घर जलाइदिएर सम्पत्ति कब्जा गरेपछि पाँचथरमा अमरपुर भन्ने एउटा होचो डाँडो पर्छ, जुनलिम्बु–बहुलगाउँमा क्षेत्री–बाहुन र दलितहरूको पनि बसोबास छ । त्यही डाँडामा पर्ने गाउँबाट भूटानी मानव अधिकारवादी नेता टेकनाथ रिजालका पुर्खा भूटानमा बसाईं गएका थिए ।
सोही गाउँमा २०२२ सालभदौ २२ गते जन्मिएका हुन् राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन । गत संसदीय निर्वाचनमा कांग्रेसका गतिलै हस्तीलाई पराजित गरेका लिङ्देनले, आफूलाई निकै शक्तिशाली र गतिशील मान्ने, राप्रपा अध्यक्ष कमल थापालाई पनि भर्खरै रन्थनिने गरी पराजित गरिदिए । मंसिर १९ गते बिहान सम्पन्न मतगणनामा लिङ्देनले थापालाई १९९ मत अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भए । उनले १८१७ र थापाले १६१८ मत ल्याएका छन् । ४३१ मत बदर भयो ।
कमल थापाले अध्यक्षमा आफ्नो हार त स्वीकारे, विजेतालाई बधाई पनि दिए । तर उनको हारमा पूर्वराजा ज्ञानेन्द्रको ‘नाङ्गो हस्तक्षेप’लाई निराधार दोष दिंदै आफ्ना विगतका राजनीतिक बेइमानी र कुकृत्यलाई ढाकछोप गर्ने दुस्साहस पनि देखाए । उनले, पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासले हस्तक्षेप गरेको आरोप लगाउँदै भत्सर्ना गरेका छन् र लेखेका छन्, “सिंगो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिक रुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् ।”(हे. उनको ट्वीट)
अहिले यिनै लिङ्देन सबैका आकर्षण र चर्चाका पात्र भईरहेका छन् र युवापुस्तामा पार्टीहरूको नेतृत्व हस्तान्तरण हुनुपर्ने आवश्यकतामा सबैका उदाहरण बनेका छन् । जन्मस्थान पाँचथर भएपनि उनका बुवा मानप्रसाद लिङ्देन प्रहरी सेवामा सिपाही थिए र झापा बस्थे। मानप्रसादले २०२३ सालमा आफ्नो परिवारलाई झापाको तत्कालीन शिवगन्ज, सतासी धाम गाविस (हाल शिवसताक्षी नगरपालिका) मा बसाइँ ल्याए। पूर्व–पश्चिम राजमार्ग भन्दा उत्तरको खालीजंगल क्षेत्रमा उनीहरूको बसोबास थियो। त्यति बेला राजेन्द्र एक वर्षका थिए।
उनले त्यहीँ बसेर कक्षा ३ सम्म पढे। २०२८ सालमा झापा आन्दोलन भयो। तत्कालीन सरकारले जंगलक्षेत्रका बासिन्दा कोहीलाई गोलधाप, कोहीलाई पृथ्वीनगर सार्यो। लिङ्देन परिवारको बसाइँगोलधाप सर्यो। कक्षा ४ पछि लिङ्देनले गोलधापकै जनजागृति विद्यालयमा पढे। राजनीतिशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन भएका लिङ्देन कमल थापा अध्यक्ष रहँदा लगातार दुई कार्यकाल राप्रपाको महामन्त्री थिए ।
पञ्चायतकालको अन्त्यतिर २०४५ सालमा मेची क्याम्पसमा विद्यार्थी सङ्गठनको निर्वाचनमा पञ्चायत समर्थक विद्यार्थी सङ्गठन राष्ट्रवादी विद्यार्थी मण्डलका तर्फबाट लिङ्देन अध्यक्ष पदमा उठेर पराजित भएका थिए। २०४९ सालमा राप्रपाको विद्यार्थी सङ्गठन गठन हुँदा उनी त्यसको संस्थापक केन्द्रीय अध्यक्ष भए। उनले झापाकै तत्कालीन गोल्धाप गाविस वडा नं ३ को वडाध्यक्ष निर्वाचित भएर राष्ट्रिय राजनीतिमा पदार्पण गरे । राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएपछि उनलाई झापा जिल्ला विकास समितिको सभापति बनाइएको थियो ।
२०७४ को संसदीय चुनावमा राप्रपाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनेमा लिङ्देन मात्र हुन्। नेकपा(एमाले) ले उनी उठेको क्षेत्र झापा–३ मा आफ्ना उम्मेदवार नउठाएर उनको पक्षमा समर्थन दिएपछि लिङ्देनले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई ठूलो (करिब १४ हजार) मतान्तरले पराजित गरे। संसदीय निर्वाचनमा लिङ्देनले पाएको ४४,६१४ मतका विरुद्ध उनका निकटतम प्रतिद्वन्द्वी सिटौलाले ३१,१७१ मत मात्र पाएका थिए।
राजावादी भएको र नेपाललाई हिन्दू राज्य बनाउनुपर्छ भन्ने एजेन्डा बोकेर हिंड्दा उनले के मात्र भोगेनन् ! सशस्त्र द्वन्द्वकालमा माओवादीको देशब्यापी हिंसाका बेला झापाको गोल्धापमा रहेको उनको घरमा माओवादीहरूले आगजनी गरेर घर तथा धनमाल ध्वस्त बनाईदिए। घर ध्वस्त बनाई दिएपछि उनी परिवारसहित विस्थापित भएर बिर्तामोडमा बसोबास गर्दै आएका थिए। पछिल्लो जनआन्दोलनका बेला उनलाई राजावादी भएको आरोप लगाउँदै झापाको बिर्तामोडमा कालोमोसो दलिएको थियो।
माओवादीले आगजनी र सम्पत्ति कब्जा गरेर आन्तरिक शरणार्थी सरह बनाएको अवस्थामा उनले केही वर्ष धनकुटा–भद्रपुर गर्ने आफ्नै माइक्रोबस चलाएर जीवननिर्वाह गरे । ०६२/६३ को राजनीतिक परिवर्तनपछि पनि उनले राजतन्त्र र हिन्दू राष्ट्रको मुद्दा भने छोडेनन्। भाषणमा राजतन्त्र पुनःस्थापना र हिन्दू राष्ट्रबारे उनले गोल–मटोल कुरा नगरी स्पष्ट अभिव्यक्ति दिने गरेका छन्। केहीमहिना अघिदेखि उनी गोल्धापको आफ्नो घर मर्मत गरेर त्यहीँ बसोबास गर्न थालेका छन् ।
“म आज पनि भन्न चाहन्छु कि यो कुनै नेता र व्यक्तिको विरुद्धको विरोध र विद्रोह होइन। राष्ट्रिय प्रजातन्त्र पार्टीको जीवनका लागि मात्रै होइन, राप्रपाले लिएको मुद्दाको जीवनको लागि समेत अनिवार्य र अपरिहार्य कदम थियो। राप्रपालाई हिजोको दिनको जस्तै गतिहीन र निष्क्रिय बनाएर लैजाने छुट हामीलाई थिएन,’’आफू निर्वाचित भएपछि राप्रपाका कार्यकर्ता समक्ष उनले भने, “त्यसकारण राप्रपालाई मात्रै होइन, अझ त्यो भन्दा बेसी यसको मुद्दालाई समाप्त हुन नदिनको लागि हामीले बाध्यकारी कदमका रूपमा नेतृत्व परिवर्तनलाई लियौँ र अहिले हामी अनेक आशङ्का र अनेक प्रकारका प्रतिकूलताका बाबजुद यो काममा सफल भएका छौँ।’’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले थाले परामर्श
मंसिर १०, २०८१ सोमबार
गौतम अडानी र उनका भतिजासहित सात जनाविरुद्ध अमेरिकाको न्यूयोर्कस्थित अदालतमा सुनुवाइ सुरु
मंसिर १०, २०८१ सोमबार
राजापुरवासीले रगतकै लागि भौतारिने अवस्था हट्दै
मंसिर १०, २०८१ सोमबार
मेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
हिंसा जारी रहेको बखतमा बेलारूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा
मंसिर १०, २०८१ सोमबार