‘कस्तो हुँदोरहेछ भनेर कुरिलो खेती गरेका थियौँ, आम्दानी त गज्जब भयो ’
सरला बैजु
मंसिर २०, २०७८ सोमबार १४:३४:५७

चन्द्रकला भण्डारी
२० मंसिर, झापा । कनकाई नगरपालिका–६ का ३८ वर्षीया सविता खनालले कुरिलो खेतीबाट राम्रो आम्दानी लिन थालेका छन् । उनले गत वर्ष पाँच कट्ठा जमिनमा लगाएको खेतीबाट तीन लाख ५० हजार आम्दानी भएको जानकारी दिए ।
उनले भने, “कस्तो हुँदोरहेछ भनेर थोरै खेती गरेका थियौँ, आम्दानी त गज्जब भयो ।” उनले यस वर्ष एक बिघा जमिनमा व्यावसायिक रुपमा कुरिलो खती विस्तार गर्ने गरी बेर्ना उमारिरहेका छन् । छ महिना जति प्लाष्टिकको थुँगामा उमारेर हुर्काएको विरुवा रोपेको तीन महिनादेखि नै आम्दानी हुने गरेको उनको अनुभव छ ।
गत वर्ष लोकल जातको (मेरी वासिङ्टन) कुरिलोको बर्ना लगाएका उनले यस वर्ष हाइब्रिड जातको कुरिलोको बर्ना हुर्काइरहेका छन् । उनले १० ग्राम हाइब्रिड जातको कुरिलोको बीउको मूल्य चार हजार पर्ने बताए । कृषिमा श्रीमान् दधिराम न्यौपानेको दरिलो साथ पाएकी उनले गत वर्ष प्रतिकेजी तीन सयदेखि एक हजार २०० होलसेलमा कुरिलोको टुसा बिक्री गरेको बताए ।
कोरोनाका कारण व्यापार व्यवसाय बन्द भएपछि दमक नगरपालिका–३ मा दुई जना युवा मिलेर कुरिलो खेती सुरु गरेका थिए । उनीहरुले एग्रो फर्म प्रालि कम्पनी नै दर्ता गरेर व्यावसायिक रुपमा १० कट्ठामा कुरिलो खेती लगाएका हुन् । नारायण योङहाङ, याम भण्डारीको संयुक्त लगानीमा सुरु गरेको फार्मले बर्ना लगाएको सात महिनादेखि नै आम्दानी दिन सुरु गरेको थियो । उनीहरुले कोभिड–१९ को संक्रमण फैलिइरहेको बेला प्रतिकेजी एक हजार ४०० ले बिक्री गरेको बताए ।
फार्मका सञ्चालक योङहाङले सुरुमा दैनिक पाँच केजी देखि १० केजी मात्र टुँसा उत्पादन हुने गरेको कुरिलाले हाल दैनिक ५० केजी उत्पादन दिन थालेको बताए । “कुरिलोको सब्जी या सुपमा इम्युनिष्टी पावर बढी हुँदोरहेछ”, उनले भने, “विगतमा कोरोनाका सङ्क्रमितले मगाउनुहुन्थ्यो हामीले घर–घरमै पु¥याइदियौँ ।”
हाल यसको बजार मूल्य प्रतिकेजी ५०० रहेको उनले बताए । उनले अन्य तरकारीमा जस्तो कुरिलोमा रासायनिक मलको प्रयोग नभई पिना, गोबर मल, कुखुराको सुली लगाइने हुँदा शतप्रतिशत अग्र्यानिक हुने दाबी गरे । कुरिलोको माग जिल्लामै बढिरहेको हुँदा बजारको समेत समस्या नरहेको उनको भनाइ छ । विगत २५ वर्षदेखि दमकमा बबिन कृषि भण्डार सञ्चालन गर्दै आएका वसन्त न्यौपानेले दुई वर्ष यता मात्र कुरिलोको विजन राम्रोसँग बिक्री हुन थालेको बताए । उनले कोरोना कालमा मान्छेले कुरिलोको महत्व बुझेपछि मात्र जिल्लामा यसको खेती हुने गरेको बताए ।
“विगतमा दुई चार प्याकेट विजन राख्थे कसैले खोज्दैनथे” उनले भने, “कोभिड–१९ का संक्रमितले जब यसको टुसा खोज्न थाले अनि मात्र किसान विजन खोज्दै आउन थाले ।” कुरिलोको विजनको मूल्य प्रति केजी दुई लाख ५० हजार पर्ने उनले बताए । उनले गतवर्ष काठमाडौंबाट दुई केजी र यस वर्ष तीन केजी कुरिलोको विजन ल्याएर बेचेको बताए । उनकाअनुसार झापामा यसको व्यावसायिक खेती गर्ने किसान १५ देखि २० जना छन् ।
कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहले कुरिलोलाई एक औषधिजन्य वनस्पति रुपमा लिइने बताए । उनले यो दोमट, बलौटे र पारिलो घाम लाग्ने माटोमा हुने हुँदा झापा कुरिलो खेतीका लागि उर्वरभूमि रहेको बताए । जिल्लामा विगतमा फाटफुट्ट मात्र यसको खेती हुने गरे पनि हाल व्यवसायिक रुपमा खेती सुरु हुन थालेको उनले जानकारी दिए । “कुरिलो बुहर्षीय बाली हो”, उनले भने, “एकपटक लगाएपछि राम्रो रेखदेख भएमा यसबाट पाँच वर्षदेखि सात वर्षसम्म उत्पादन लिन सकिन्छ ।”
कुरिलो पौष्टिक तथा पच्न सजिलो तरकारी भएकाले बिरामी तथा कमजोर व्यक्तिलाई खान दिने धेरै पुरानो प्रचलन हो । विगतमा जंगलमा उम्रिएको कुरिलो खोजेर खाने चलन भए पनि यसको व्यावसायिक खेती भने भर्खरै हुन थालेको मेचीनगर–१३ का ७५ वर्षीय हर्क इधिङ्गोको भनाइ छ ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाउली बिक्रीबाट एकै ‘सिजन’मा छ लाख आम्दानी
फागुन १३, २०८१ मंगलबार
भोजपुरका किसान व्यावसायिक कफीखेतीमा जुटे
फागुन १२, २०८१ सोमबार
कम लगानीमा बढि आम्दानी भएपछि कृषक माहुरीपालनतर्फ आकर्षित
फागुन १२, २०८१ सोमबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
अशोक शर्माको फिल्म 'डबल ट्रिपल' अर्को इतिहास रच्ने गरी आउने तयारीमा
फागुन १४, २०८१ बुधबार
विक्की कौशलको पाँच सय करोड कमाउने पहिलो फिल्म बन्यो 'छावा'
फागुन १४, २०८१ बुधबार
चलचित्र ‘हर्ष’को शुभ मुहूर्त, आँचलको ठाउँमा वर्षा राउत
फागुन १४, २०८१ बुधबार