कोरोनाको नयाँ भेरियन्टबाट बच्न प्रदेश सरकार सक्रिय
नेपालबहस संवाददाता
मंसिर २०, २०७८ सोमबार १८:१६:३०
२० मंसिर, महेन्द्रनगर । भारतलगायत विभिन्न मुलुकमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण देखिन थालेपछि सुदूरपश्चिम प्रदेश सरकारले पूर्व तयारी तीव्र पारेको छ ।
आज बिहान सुदूरपीश्चम प्रदेशको निर्देशक समितिको बैठकले समेत नयाँ भेरियन्ट भित्रिन नदिन स्वास्थ्य सर्तकताका साथै यहाँका अस्पताल र स्वास्थ्य उपकरणलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । यहाँका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको प्रदेश निर्देशक समितिले यहाँका अस्पताल व्यवस्थापनमा जोड दिनाका साथै भेन्टिलेटर, सघन उपचार कक्ष, अक्सिजनलगायतका पूर्वाधार तयारी अवस्थामा राख्न निर्देशन भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
स्वास्थ्य क्षेत्रमा जनशक्तिको व्यवस्थापनलाई पनि जोड दिइएको छ । स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले भने, “यहाँका सीमानाका भारतबाट आउनेको स्वास्थ्य परीक्षण हुन्छ ।” उनले शङ्कास्पद देखिएका बिरामीलाई क्वारेन्टिनमा राख्ने तयारीसमेत भइरहेको जनाकारी दिनुभयो ।
त्यसैगरी सुदूरपश्चिमबाट कोभिड–१९ को प्रजाती पत्ता लगाउन यहाँबाट नमूना सङ्कलन गरेर काठमाडौँ पठाउने काम भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
गुप्तेश्वर महादेव मन्दिर संरक्षणमा स्थानीय सरकार
पुष १९, २०८१ शुक्रबार
किम जोङकी बहिनी देखिइन् सन्तानसँग पहिलो पटक
पुष १९, २०८१ शुक्रबार
नेपाल धानमा पनि परनिर्भर बन्दै, वीरगञ्जबाट ५ महिनामा ३ अर्ब बढीको धान आयात
पुष १९, २०८१ शुक्रबार
मुगुमा ४.४ रिक्टर स्केलको भूकम्प
पुष १९, २०८१ शुक्रबार
विपन्न समुदायका छात्रालाई वडा कार्यालयबाट साइकल सहयोग
पुष १९, २०८१ शुक्रबार