पहिले खोप लगाएकाको लागी खोपको ‘बुस्टर’ मात्रा माग
सरला बैजु
मंसिर २०, २०७८ सोमबार १८:१९:१४
२० मंसिर, काठमाडौं । खोप लगाएको छ महिनापछि खोपको प्रभाव कम हुँदै जाने भएपछि अहिले पहिले खोप लगाएकाले पनि फेरि खोपको ‘बुस्टर’ मात्रा लगाउनु पर्ने भएको छ ।
भारतमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भइसकेकोले नेपालमा पनि आवतजावतका कारण आउनसक्ने तर्फ आशंका भए पछि खोपको ‘बुस्टर’ मात्राको चर्चा भएको हो ।
खरिद गरिएका र अनुदानमा प्राप्त भएका ४० लाखभन्दा बढी खोप अहिले भण्डारणमा रहेको र खरिद सम्झौता भइसकेका खोप आउने क्रममा रहेकाले खोपको ‘बुस्टर’ मात्रा दिन गाहे नहुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा खोपका दुई मात्रा लगाएको ६ महिना पार गरिसकेकाहरूबाट बुस्टर डोज दिन शुरू गरिनुपर्ने सुझाव सरकारलाई आएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले ओमिक्रोनबाट जनस्वास्थ्यको सुरक्षाका लागि आवश्यक तयारी थाल्न मन्त्रालयलाई निर्देशन दिईसकेको बताएका छन् । कस्ता व्यक्तिलाई दिने र कहाँबाट शुरू गर्ने भन्नेबारे मन्त्रालयले एउटा संयन्त्र बनाएर तयारी सकेलगत्तै बुस्टर मात्रा दिन शुरू गरिने मन्त्री खतिवडाले जानकारी गराएका छन् । बुस्टर मात्रा दिनका लागि खोपको अभाव नरहेको उनी बताउँछन्।
बुस्टरको मात्रा प्रदेश, जिल्ला तह अस्पतालहरू कहाँ, कसरी शुरू गर्ने भन्ने निर्णय नभएका कारण बुस्टर डोज लगाउनेले केहि समय पर्खर्नुपने परेको उनको भनाई छ । सरकारले कोरोनाको खोपलाई जनतासमक्ष चाँडो भन्दा चाँडो पु¥याउने गरी गृहकार्य गरिरहेको भन्दै भने, ‘बुस्टर डोज लगाउन मन्त्रिपरिषद्मा छलफल भएको छ । प्रधानमन्त्री यसमा सकारात्मक हुनुहुन्छ । चाँडै नै कसरी लगाउने भन्ने कुरो मन्त्रालयले एउटा संयन्त्र तयार गर्छ ।’
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी खोप लगाएको ६ महिनापछि प्रतिरोधात्मक क्षमता कमजोर हुँदै जाने सम्भावना रहने बताउँछन् ।
हालसम्म कुल जनसंख्याको ३४ प्रतिशतले मात्रै पहिलो मात्रा र २८ प्रतिशतले पूर्ण मात्रा खोप लगाएको सरकारी विवरण छ ।
अहिले सम्म खोपबाट वन्चित भएकालाई पनि प्राथमिकतामा राखेर खोप अभियानलाई तिव्र रुपमा अगाडी बढाईरकेको छ । खोप अभियान सञ्चालन भइरहँदा खोप नलगाएका व्यक्तिहरूको लागी १६ हजार खोप केन्द्रबाट खोप दिन लागिएको मन्त्री खतिवडाको भनाई छ ।
गत माघ १४ गतेदेखि नेपालमा कोरोनाभाइरस विरुद्धको खोप अभियान शुरू भएको थियो । पहिलो मात्रा खोप लगाएको २८ दिनपछि दोस्रो मात्रा लगाएका उनीहरूले पहिलो मात्रा लगाएको १० महिना नाघिसकेको छ ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
ट्रम्प आउनुअघि युक्रेनलाई बलियो बनाउने रणनीतिमा बाइडेन, २७५ मिलियनको हतियार दिँदै
मंसिर ५, २०८१ बुधबार
तार र पोल रहित न्यूरोडको शुक्रपथ ( फोटो फिचर )
मंसिर ५, २०८१ बुधबार
अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल
मंसिर ५, २०८१ बुधबार
म्याद थपका लागि दुर्गा प्रसाईंलाई अदालत लगियो
मंसिर ५, २०८१ बुधबार
स्ट्याण्डर्ड चार्टर्ड बैंकको बुक क्लोज मिति सर्यो
मंसिर ५, २०८१ बुधबार
महालक्ष्मी विकास बैंकले घर कर्जा प्रदान गर्ने
मंसिर ५, २०८१ बुधबार