कर्णाली प्रदेशको पहिलो गौरवको आयोजना शिलान्यास
सरला बैजु
मंसिर २०, २०७८ सोमबार १९:२:२४
२० मंसिर, कर्णाली । कर्णालीको पहिलो प्रदेश गौरवको आयोजनाका रुपमा सुर्खेत रंगशालाको निर्माण कार्य शुरु भएको छ । आज मुख्यमन्त्री जीवनबहादुर शाहीले सो रंगशाला निर्माण कार्यको शिलान्यास गरेका छन् ।
रंगशाला निर्माण कार्य अघि बढाउन कर्णाली खेलकूद विकास परिषद् र निर्माण कम्पनी एमएसीजिएसएल ज्वाइन्टभेन्चर कान्तिपथ काठमाडौं बीच यही कात्तिक अन्तिम साता सम्झौता भएको थियो । रंगशाला निर्माणका लागि प्रदेश सरकारले पहिलो पटक ग्लोबल बा्ेलपत्र आह्वान गरेको थियो । बोलपत्रमा सहभागी ६ कम्पनीमध्ये एमएसीजिएसएल ज्वाइन्टभेन्चर छानिएको हो ।
रंगशाला शिलान्यास गर्दै मुख्यमन्त्री शाहीले प्रदेश गौरवको आयोजना भएकाले यसको निर्माण कार्य तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिए । “खेलकूद परिषद् र निर्माण कम्पनीले एक–एक मिनेटको महत्व बुझेर कामलाई गति दिनुहुनेछ भन्ने विश्वास लिएको छु”, उनले भने, “हामीले दशौं राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजना गर्नुपर्नेछ, त्यस अगावै हाम्रा पूर्वाधार व्यवस्थित भइसक्नुपर्छ ।” साथै उनले प्रतियोगितामा पदक विजेता खेलाडीको जीविकोपार्जनका लागि प्रदेश सरकारले निश्चित मापदण्ड बनाउने प्रतिबद्धता व्यक्त गरे ।
शिलान्यास समारोहमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले प्रदेशस्तरीय रंगशाला निर्माण हुनु सुर्खेतका लागि गौरवको विषय भएको बताए । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले प्रदेश रंगशाला निर्माण गर्ने सरकारको योजनाले खेलकूदको विकासमा बहुआयामिक टेवा पु¥याउने धारणा राखे ।
कर्णाली प्रदेश खेलकूद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालका अनुसार एक अर्ब ५९ करोड ४७ लाख लागतमा निर्माण हुने रंगशाला १० हजार दर्शक अट्ने क्षमताको बनाइनेछ । निर्माण कम्पनीलाई ३० महिनामा काम सम्पन्न गर्ने कार्यादेश छ । “ रंगशालाभित्र खेल सञ्चालनका लागि आवश्यक पर्ने सबै खालका संरचना निर्माण गरिनेछ”, परिषद्का सदस्य सचिव सञ्ज्यालले भने, “ रंगशालाको डिजाइनअनुसार संरचना भूकम्प प्रतिरोधी बन्नेछन्, बहुउद्देश्यीय कभर्डहल पनि बन्नेछ ।”
रंगशालाभित्र फिफाको मापदण्डअनुसार फुटबल मैदान र स्वीमिङ पुल निर्माण गरिनेछ । साथै, आठ लेनको सेन्थेटिक एथ्लेटिक्स ट्र्याक बनाइनेछ । भिआइपी प्यारापिट तथा प्रतिक्षालय, निर्णायक, चेञ्जिङ तथा रिफ्रेस कोठा, मेडिकल, फिजियोथेरापी र मिडिया कोठा निर्माण गरिनेछ । अपांगमत्री संरचना, हरियाली ल्याण्डस्केप र भूमिगत पार्किङ निर्माण गर्ने गरी रंगशालाको ढाँचा तयार गरिएको परिषद्ले जनाएको छ । टिभी लाइभ ब्रोडकाष्ट प्लेटफर्म र रंगशालाभित्रै ओलम्पिक टर्च स्ट्याण्ड पनि निर्माण हुनेछन् ।
कर्णाली प्रदेश सरकारले असार १६ गते रंगशालालाई प्रदेश गौरवको पहिलो आयोजनाको रुपमा निर्माण अघि बढाउने निर्णय गरेको थियो । भौतिक संरचनाको अभावमा यहाँको खेलकूद क्षेत्र विकास हुननसकेका बेला रंगशाला निर्माणले कर्णालीका खेलाडी उत्साही बनेका छन् ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
हुम्लाबाट जिल्ला बाहिर जान टिकटको समस्या
कात्तिक २७, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार