नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन !
सरला बैजु
मंसिर २०, २०७८ सोमबार १९:२५:१७
२० मंसिर, काठमाडौं । नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै दुई जना विदेशीमा ओमिक्रोन संक्रमण पुष्टि गरेको हो ।
मन्त्रालयद्वरा जारी विज्ञप्तिमा भनिएको छ, ३ मंसिर ०७८ मा नेपाल आएका ६६ वर्षीय एक विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय हवाई नाका प्रयोग गरी नेपाल प्रवेश गरेका थिए, नेपाल आउँदा नियमानुसार पीसीआर रिपोर्ट नेगेटिभ तथा खोपको मात्रा पूरा गरेको पाइएको थियो । उनीसँग नजिकको सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्तिलाई पनि कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षण देखिएपश्चात् परीक्षण गर्दा कोभिड–१९ को नतिजा पोजेटिभ आएको थियो ।
कोभिड–१९ परीक्षणमा पोजेटिभ आएकाहरूको एस–जिन परीक्षण गर्नुपर्ने रणनीति अनुरुप परीक्षण गर्दा दुवै जनाको नमुनामा एस–जिन फेला परेको थिएन । एस–जिन फेला नपरेका उक्त दुवै नमुनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जीन सिक्वेन्सिङ गर्दा १९ मंसिर ०७८ मा राति कोभिड– १९ को नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको हो ।’
हाल दुवै जना नेपाल सरकारले तोकेको मापदण्डअनुसार आइसोलेसनमा छन् । उनीहरूमा कुनै लक्षणहरू देखिएको छैन र स्वास्थ्यकर्मीको निगरानीमा छन् ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
एसपी थापाबाहेक भैँसेपाटी प्रकरणमा ६ जनालाई मुद्दा चलाउन सीआईबीको सिफारिस
मंसिर ५, २०८१ बुधबार
आणविक हतियारको प्रयोगलाई अनुमति दिने आदेशमा पुटिनको हस्ताक्षर
मंसिर ५, २०८१ बुधबार
राफेल नाडालको टेनिसबाट बिदाई
मंसिर ५, २०८१ बुधबार
एआर रहमान र सायरा बानोको सम्बन्धविच्छेद
मंसिर ५, २०८१ बुधबार
ट्रम्प आउनुअघि युक्रेनलाई बलियो बनाउने रणनीतिमा बाइडेन, २७५ मिलियनको हतियार दिँदै
मंसिर ५, २०८१ बुधबार