फतुवा बिजयपुर नगरपालिकामा भ्रष्टचार भएको भन्दै नाराबाजी
नेपालबहस संवाददाता
मंसिर २१, २०७८ मंगलबार १३:७:२४
२१ मंसिर, रौतहट । रौतहटको पश्चिमीभेग फतुवा बिजयपुर नगरपालिकाका शिक्षा क्षेत्रमा भैरहेको भ्रष्टाचारको बारेमा सोधपुछ गर्दा माओवादी पार्टीका नेता सुरेन्द्र यादवलाई प्रहरीले विना कारण ४ घन्टा थुनामा राखेको भन्दै पार्टीका नेता तथा कार्यकर्ता आन्दोलनमा उत्रिएका छन् ।
सोमवार नगरपालिकाको कार्यालय अगाडि मेयर गोपाल यादव र फतुवा बिजयपुरका नगर शिक्षा संयोजक हरेन्द्र यादवको विरुद्धमा नाराबाजी भएको छ ।
अखिल नेपाल महिला संघ ‘क्रान्तिकारी’ की केन्द्रीय सदस्य तथा रौतहट इन्चार्ज पुनम यादवले नगर शिक्षा संयोजक हरेन्द्र यादव र मेयर गोपाल यादवले राजिनामा दिनु पर्ने माग गरेकी छन् ।
मेयर यादवले नगरपालिकामा आफ्ना नाता पर्नेलाई मात्र भर्ना गरेको र विभिन्न शिर्षकमा भ्रष्टाचार गरेकाले एक मिनेट पनि मेयरको कुर्सीमा बस्ने अधिकार नभएको नेतृ यादवले बताइन् । यो आन्दोलन ट्रेलर मात्र रहेको उनको भनाई छ ।
नगर शिक्षा संयोजक हरेन्द्र यादवसँग शिक्षा सम्बन्धि विभिन्न शिर्षकमा आएको लाखौं रुपैयाँको बारे सोधपुछ गर्दा आर्थिक प्रलोभनमा परेर ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख ईन्स्पेक्टर बिष्णु बिश्वकर्माले आफू र भाई नवलकिशोर यादवलाई बिना कारण थुनेर बेइजती गरेको माओवादी पार्टीका नेता सुरेन्द्र यादवले बताएका छन् ।
हरेन्द्र यादव र गोपाल यादवको मिलोमतोमा बालबालिकाको लागि वितरण हुने सेनेटरी प्याड र शिक्षाको विभिन्न शिर्षकको लाखौं रुपैयाँ अनियमितता गरेकोबारे आफूले सोधपुछ मात्र गरेको नेता सुरेन्द्र यादव बताउँछन् । फतुवा बिजयपुरमा शिक्षाको नाउँमा भैरहेको भ्रष्टाचारबारे आफूले आवाज उठाउँदा एकजना पुर्व सांसदले गृहमन्त्रीमार्फत् प्रहरीमाथि दबाब दिएको र मेयर गोपाल यादवले इन्स्पेक्टर बिष्णु बिश्वकर्मालाई मोटो रकम दिएर आफूलाई थुनेको यादवको आरोप छ ।
शिक्षाको नाममा आउने लाखौं रकममा एकजना पुर्व सांसद, मेयर र शिक्षा संयोजकले भागबन्डा गरिरहेकाले त्यसको छानबिन हुनुपर्ने मागसहित सोमवारबाट नगरपालिका र प्रहरी प्रशासनको विरुद्ध आन्दोलन सुरु गरेको यादवले बताएका छन् ।
शिक्षा संयोजक हरेन्द्र यादवले गत वर्ष विद्यार्थीलाई भर्चुअल शिक्षा दिने नाममा नगरपालिकाबाट पेस्की लिएको २९ लाख रुपैयाँको हालसम्म फर्छौट गर्न नसकेको र बालिकाहरुलाई सेनेटरी प्याड वितरण गर्न गत आवमा झन्डै १७ लाख रुपैयाँ निकासा भए पनि हालसम्म कुनै बालिकालाई सेनिटरी प्याड वितरण नभएको र उक्त रकम नगर शिक्षा संयोजक, मेयर गोपाल यादव र एकजना पुर्व सांसदले भागबन्डा गरेकाले त्यसको छानबिन हुनुपर्ने यादवको माग छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर
पुष ११, २०८१ बिहिबार
३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
पुष १२, २०८१ शुक्रबार
रूस–युक्रेन युद्धमा नियन्त्रणमा लिइएका कोरियाली सैनिकको मृत्यु : सियोल
पुष १२, २०८१ शुक्रबार
नागरिकता समस्या समाधान अध्ययन समितिले बुझायो प्रतिवेदन, वितरणलाई सहज बनाउन सुझाव
पुष १२, २०८१ शुक्रबार
फुटबलः चर्च ब्वाइज विजयी
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
जापानी सुजुकी कम्पनीका पूर्व अध्यक्ष ओसामुको निधन
पुष १२, २०८१ शुक्रबार
अन्तर प्रदेश विकासका लागि लुम्बिनी र कर्णालीका मुख्यमन्त्रीले गरे १९ बुँदे साझा सहमति
पुष १२, २०८१ शुक्रबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार