सीटीईभिटीमा चरणबद्ध आन्दोलन, तत्काल माग पूरा नभए मूलगेटमा ताला लगाउने चेतावनी
नेपालबहस संवाददाता
मंसिर २१, २०७८ मंगलबार १७:४९:५०
२१ मंसिर, काठमाडौं । निजी प्राविधिक शिक्षालय महासंघले हिजोबाट सीटीईभिटी मूलगेटअगाडि टेण्ट राखेर “प्री–डिप्लोमा तहमा स्वास्थ्य तहका कार्यक्रमको तत्काल स्तरोन्नति गर” भन्दै एक सूत्रीय माग राखेर चरणबद्ध आन्दोलन सुरु गरेको छ । निजी प्राविधिक शिक्षालय महासंघ निवर्तमान केन्द्रीय अध्यक्ष एवं आन्दोलन संघर्ष समितिका संयोजक शैलेन्द्रमोहन झाको नेतृत्वमा आन्दोलन शुरु भएको हो ।
सीटीईभिटीबाट सम्बन्धन लिई संचालित १३८ संस्थाको करिब २४५ प्री डिप्लोमा स्वास्थ्यतर्फका कार्यक्रम संचालित थिए । ती सम्पुर्ण कार्यक्रम बिगत २ बर्षदेखि बन्द छ्न । चिकित्सा शिक्षा ऐन २०७५ लागू भएपछि ती कार्यक्रम बन्द भएका हुन तर सोही ऐन अनुसार ती कार्यक्रमहरु मापदण्ड पुराएर डिप्लोमा तहमा स्तरोन्नति गर्न वा प्री डिप्लोमा तहका अन्य स्वास्थ्यबाहेकका कार्यक्रम सञ्चालन गर्न सक्ने गरि स्तरोन्नति मापदण्ड २०७७ आएको थियो ।
ढिलै भए पनि उक्त मापदण्ड लागू गरेर स्तरोन्नति प्रक्रिया सुरु गरेको सीटीईभिटीले सम्बन्धित संस्थाहरुलाई स्तरोनतिको लागि भन्दै निरीक्षण शुल्क जम्मा गर्न लगाई स्थलगत र पुर्वाधार निरीक्षण गरी आशयपत्र दिई सकेको थियो । तर मापदण्ड पु¥याएर बसेका संस्थालाई सम्बन्धन दिने बेलामा चिकित्सा शिक्षा आयोगले नयाँ मापदण्ड बनाई पठाएको र सोको कारणले अब स्तरोन्नति प्रक्रिया अगाडि बढाउन नसकिने भन्दै पन्छिएको छ ।
जसले गर्दा करोडौं रकम खर्चेर सम्पुर्ण मापदण्ड पुरयाई नयाँ भर्ना लिएर शैक्षिक क्रियाकलाप संचालन गर्न तयारी अवस्थामा रहेर बसेका शैक्षिक संस्था संचालकहरु एच ए ल्याब टेक्निसियन (प्राविधिक शिक्षामा) पढ्न नयाँ भर्ना खुल्छ भनेर आशा गरेका हजारौं विद्यार्थीको आशामा फेरि घात भएको छ ।
यस विषयमा सीटीईभिटीले चिकित्सा आयोग देखाउने र चिकित्सा शिक्षा आयोगले सीटीईभिटी देखाउने गरेका भन्दै सञ्चालकहरु आन्दोलित भएका हुन् । निजी प्राविधिक शिक्षालय महासंघका अनुसार त्यसको मार शैक्षिक शिक्षा सञ्चालक र प्राविधिक शिक्षा पढ्न नपाउने विद्यार्थीलाई परेको छ । यी दुई संस्थाको चेपुवामा हामी बिगत ३/४ वर्षदेखि मारमा छौं, ऎनले क्रमश ५ वर्षभित्र स्तरोन्नति गर्ने कुरा प्रष्ट लेख्दा लेख्दै स्तरोन्नतिको प्रक्रिया नबढाई भर्ना बन्द गरियो, त्यसैमा पनि ढिलै भए पनि स्तरोन्नति प्रक्रिया अगाडि बढाइएकोमा विभिन्न बहानाबाजी गर्दै चिकित्सा शिक्षा आयोग र सीटीईभिटीको झगडाको मारमा आफूहरु परेको अध्यक्ष झाले नेपालबहसलाई बताए ।
२ वर्षदेखि मासिक लाखौं घाटा खाएर आएको फेरि अहिले करोडौं लगानी गर्न लागेर हामीलाई यो घर न घाटाको अवस्थामा पुरयाएकोले अन्तिम विकल्पको रूपमा आन्दोलन गर्नुपरेको उनको भनाई छ । चिकित्सा शिक्षा ऐन अनुसार ऐनलाई टेकेर प्रक्रियागत रुपमा अगाडि बढाउन आग्रह गर्दा पनि ढिलासुस्तीले स्तरोन्नति मापदण्ड २०७७ अनुसार फागुन ९ को अन्तिम म्यान्डेट पनि सकिन लागेको झाले जानकारी दिए ।
अब त्यो समय सिमा भित्र स्तरोन्नति कार्य सम्पन्न नगरे स्वत सबै संस्था खारेज हुने र देशभरिका संस्थाको अर्बौंको लगानी डुब्ने तथा हजारौंको रोजगारी गुम्ने आन्दोलित सञ्चालकहरुको भनाई छ । वार्षिक हजारौं विद्यार्थीले डिप्लोमा तहको प्राविधिक शिक्षा लिन पनि अब विदेश जानुपर्ने र वार्षिक अर्बौं रकम विदेशिने र धेरै संस्था सञ्चालकहरु घर न घाट भै विचल्ली हुने भएकोले अब अन्तिम लडाई लड्नुपरेको एवं अब यो कुराको छिनोफानो नभएसम्म र माग पूरा नहुन्जेलसम्म आन्दोलन जारी रहने महासंघ गण्डकी प्रदेशका सचिव ध्रुव शर्माले जानकारी दिए ।
संघर्ष समितिका संयोजक झाले हामीले ३ वर्षदेखि धेरै अत्याचार सहेको बताउँदै हिजोको शान्तिपूर्ण आन्दोलन विरोधको स्वरुप मात्र भएको र तत्काल माग पूरा नभए चरणबद्ध रुपमा सीटीईभिटीको मूलगेटमा ताला लगाउने, आमरण अनसन बस्नेसम्मको रहेको बताए । यदि यसलाई बेवास्ता गरे सीटीईभिटीले ठूलो मूल्य चुकाउनुपर्ने, सीटीईभिटीलाई इतिहासकै ठूलो धब्बा लाग्ने र सीटीईभिटीकै अस्तित्व समाप्त हुनेसम्मको चेतावनी उनले दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनकामना केबलकार सञ्चालनको २७औं वर्षमा प्रवेश
मंसिर ९, २०८१ आइतबार
नेपाल एयरलाइन्सले रुट अनुसार अन्तर्राष्ट्रिय उडानमा २५०० देखि ५ हजारसम्म घटायो भाडा
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
मह बेचेर चार लाखबढी आम्दानी गर्दै रूपबहादुर
मंसिर ९, २०८१ आइतबार
प्रतिनिधिसभाका सचिव अधिकारीले दिए राजीनामा
मंसिर ९, २०८१ आइतबार
जलवायु परिवर्तनको असरले कालोपत्थर बन्दै हिमाल
मंसिर ९, २०८१ आइतबार
दुई वर्षपछि क्यानाडाबाट नेपाल फर्किए, घर नपुगी होटलमै पासो लगाएर आत्महत्या गरे
मंसिर ९, २०८१ आइतबार
छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल
मंसिर ९, २०८१ आइतबार