ओमिक्रोन भेरियन्ट देखिएपछि उपत्यकामा लकडाउनबारे अन्यौल
सरला बैजु
मंसिर २१, २०७८ मंगलबार २१:२८:४७
२१ मंसिर , काठमाडौं । उपत्यकामा ओमिक्रोन भेरियन्टका दुईजना संक्रमित फेला परेपछि लकडाउन गर्ने वा नगर्ने विषयमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासनहरूले छलफल सुरु गरेका छन् ।
उपत्यकामै ओमिक्रोनका संक्रमित भेटिएपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले संक्रमणको अवस्थाले हेरेर लकडाउन गर्ने वा नगर्ने निर्णय गरिने जानकारी गराएका छन् । उपत्यकाका तीनवटै जिल्लाका सीडीओहरूबीच यसबारेमा छलफल भने भईरहेको उनको भनाई छ ।
संक्रमितहरू बढ्दै गएको खण्डमा नियन्त्रण र केही निषेधात्मक उपाय अपनाउने उनले बताए । लकडाउनमा पनि जान सकिनेतर्फ इंगित गर्दै अहिले नै लकडाउन वा निषेधाज्ञा नगरीने उनको भनाइ थियो । जनस्वास्थ्यका मापदण्डको पालनामा पछिल्लो समय हेलचेक्र्याइँ भइरहेकोले हाललाई सामाजिक दूरी, मास्कको प्रयोगलगायत जनस्वास्थ्यका मापदण्डमा नै कडाइ गरिनुपर्ने उनको भनाइ छ ।
ओमिक्रोन भेटिएको देशबाट मंसिर ३ गते नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्तिमा संक्रमण भेटिएको सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो । दक्षिण अफ्रिकामा पहिलोपटक फेला परेको ओमिक्रोन भेरिअन्ट अहिलेसम्म नेपालसहित ४० भन्दा बढी देशमा फैलिसकेको छ ।
नेपालले अन्तर्राष्ट्रिय हवाई तथा स्थल नाकाहरूबाट प्रवेश गर्ने मानिसहरूलाई नेगेटिभ पीसीआर रिपोर्ट अनिवार्य गरेको छ । त्यसैगरी खोपको विवरण लिने र पूर्ण मात्रा खोप नलगाएका तथा शंकास्पद देखिए एन्टिजन परीक्षण गर्ने गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
एसपी थापालाई बाहिर राखेर भैँसेपाटी प्रकरणमा ६ जनालाई मुद्दा चलाउन सीआईबीको सिफारिस
मंसिर ५, २०८१ बुधबार
आणविक हतियारको प्रयोगलाई अनुमति दिने आदेशमा पुटिनको हस्ताक्षर
मंसिर ५, २०८१ बुधबार
राफेल नाडालको टेनिसबाट बिदाई
मंसिर ५, २०८१ बुधबार
एआर रहमान र सायरा बानोको सम्बन्धविच्छेद
मंसिर ५, २०८१ बुधबार
ट्रम्प आउनुअघि युक्रेनलाई बलियो बनाउने रणनीतिमा बाइडेन, २७५ मिलियनको हतियार दिँदै
मंसिर ५, २०८१ बुधबार