मुक्तिनाथ फाउण्डेशनको औपचारिक शुभारम्भ
नेपालबहस संवाददाता
मंसिर २१, २०७८ मंगलबार २३:३०:२८
२१ मंसिर, काठमाडौं । आजबाट मुक्तिनाथ फाउण्डेशनको विधिवत शुभारम्भ भएको छ । सामाजिक तथा आर्थिक रुपले पछाडि परेका र पारिएका व्यक्ति तथा समुदायहरुलाई प्रत्यक्ष सहयोग गरी सकारात्मक रुपान्तरण गर्ने उद्देश्यले यो संस्था स्थापना गरिएको अध्यक्ष भरतराज ढकालले नेपालबहस डटकमलाई बताए ।
मुनाफा वितरण नगर्ने संस्थाको रुपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा मिति २०७८ असोज १ गते दर्ता भएको यो संस्थाले लक्षित वर्गका व्यक्ति तथा समुदायलाई सबलीकरण गर्न एक सशक्त सामाजिक संस्थाको रुपमा कार्य गर्ने जनाइएको छ ।
आज सम्पन्न एक औपचारिक कार्यक्रममा फाउण्डेशनले विधिवत रुपमा कार्याराम्भको घोषणा गरेको छ । फाउण्डेशनका अध्यक्ष ढकालले दीप प्रज्वलन तथा संस्थाको लोगो सार्वजनिक गरी कार्यक्रमको शुभारम्भ गरेका हुन् । सोही क्रममा उनले फाउण्डेशनको स्थापनाको पृष्ठभूमि, उद्देश्य र औचित्य बारेमा आफ्नो धारणा सहित स्वागत मन्तव्य राखेका थिए ।
यो संस्था गैरराजनीतिक, निश्वार्थ र विशुद्ध सामाजिक संस्थाको रुपमा विकास गरी सबै लक्षित नागरिक र समुदायहरुको पहिलो रोजाईको संस्थाको रुपमा विकास गरिनेमा उनले जोड दिए । सोही कार्यक्रममा संस्थाका सल्लाहकार भरत प्रसाद आचार्यले फाउण्डेशनको परिचय, सेवा प्रवाहको दायराहरु, शीघ्र सञ्चालन गर्ने कार्यक्रमहरु तथा भावि योजनाहरु बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए ।
कार्यक्रममा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल, संस्थापक भानुभक्त ढकाल, सल्लाहकार श्याम सुन्दर शर्मा, बैंकका संस्थापक अध्यक्ष खगेन्द्र राज रेग्मी र गायिका सुनिता दुलालले फाउण्डेशनको प्रभावकारिता र सफलताको लागि शुभकामना मन्तव्य राखे ।
वक्ताहरुले संस्थालाई आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भएको थियो । सभाको क्रममा संस्थाको सञ्चालक समितिका सदस्य सीताराम काफ्लेले शुभारम्भ कार्यक्रमका सम्पूर्ण सहभागीहरुलाई धन्यवाद ज्ञापन सहित सभाको समापन गरेका थिए ।
फाउण्डेशनको उद्देश्यमा सहभागी भई साथ दिन चाहने व्यक्ति तथा संस्थाहरुलाई सहभागिताको लागि आह्वान गरिएको छ । यस फाउण्डेशनले साधारण सदस्य, संस्थापक सदस्य, आजीवन सदस्य (प्राथमिकता दिने) र मानार्थ सदस्यहरु थप गर्दै आफ्नो सेवालाई प्रभावकारी रुपमा सामाजिक रुपान्तरणको संवाहकको रुपमा देश व्यापी क्रमशः विस्तार गर्ने र रणनीति लिएको छ । यो संस्थाले आफूलाई एक पवित्र सामाजिक संस्थाको रुपमा विकास गर्ने प्रतिवद्धता जाहेर गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यायोचित ढङ्गबाट कार्यसम्पादन गर्ने लेखापरीक्षक राष्ट्रका आर्थिक पहरेदार : राष्ट्रपति पौडेल
बैशाख २७, २०८१ बिहिबार
पत्रकार महासंघको २७ औँ महाअधिवेशन काठमाडौंमा जारी
बैशाख २१, २०८१ शुक्रबार
फोर एच नोपलको एक बर्षे नेपाल मन्थन अभियान शुरु
बैशाख २०, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्री प्रचण्ड र कांग्रेसका नेताहरूबीचको बैठक स्थगित
जेठ ४, २०८१ शुक्रबार
सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने
जेठ ४, २०८१ शुक्रबार
मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने
जेठ ४, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी न्यौपानेलाई प्रवक्ताको जिम्मेवारी
जेठ ४, २०८१ शुक्रबार
लेनडाँडा सुरुङमार्गको 'ब्रेक थ्रु'
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने
जेठ ४, २०८१ शुक्रबार