नेप्सको ओरालो यात्रासँगै कारोबार रकम पनि ओरालो
नेपालबहस संवाददाता
मंसिर २१, २०७८ मंगलबार २३:५८:१७
२१ मंसिर, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले घटेको छ । सोमबार उकालो लागेको नेप्सेमा आज पनि सोही गति देखिने अपेक्षाविपरीत उच्च अङ्कले ओरालो लागेर दुई हजार ५०० को नजिक आइपुगेको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३७.१८ अङ्कले घटेर दुई हजार ५०८.९० मा ओर्लेको हो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.८५ अङ्कले घटेर ४७४.१३ मा ओर्लेको छ ।
नेप्सको ओरालो यात्रासँगै कारोबार रकमसमेत ओरालो लागेको छ । कुल २३१ कम्पनीको ८३ लाख ३० हजार ९३ कित्ता शेयर रु तीन अर्ब १२ करोड ८३ लाख ४१ हजार ७०० मूल्यमा कारोबार भयो । मंगलबारको कारोबारपछि बजार पुँजीकरण रु ३५ खर्ब २७ अर्ब ११ करोड ६५ लाख ७० हजारको हाराहारीमा रहेको छ ।
नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये दुई उपसमूहको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ भने ११ उपसमूहको ओरालो लागेको छ । व्यापार २१.५३ र सामूहिक लगानी कोष ०.१२ अङ्कले उकालो लागेको छ । यस्तै, बैंकिङ १३.५५, होटल तथा पर्यटन ४९.४१, विकास बैंक १४०.९५, जलविद्युत् ७४.६९, वित्त ९०. ०८, निर्जीवन बीमा १६०.९८, उत्पादन ९२.०३, अन्य ५६.४४, लघुवित्त ७२.५६, जीवन बीमा ७३.९४ र लगानी ०. ७५ अङ्कले ओरालो लागेको छ ।
कारोबारका आधारमा प्राइम बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु १२ करोड ३६ लाख ४७ हजार बराबरको कारोबार भयो । यस्तै, महालक्ष्मी विकास बैंक रु ११ करोड ८६ लाख २५ हजार ७७६, आइसिएफसी फाइनान्स रु ११ करोड एक लाख २० हजार ९३६, अपी पावर कम्पनी रु १० करोड ४० लाख ८८ हजार ६७ र एचआइडिसिएल रु नौ करोड ४४ लाख ७६ हजार ४६७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार सिटिजन म्युचुअल फन्ड दोस्रो ४.६५, लक्ष्मी इक्विटी फन्ड ४.४९, एनआइबिएल प्रगति फन्ड ३.८९, सिटिजल म्युचुअल फन्ड ३.५० र सिभिल लघुवित्तका लगानीकर्ताले ३.१९ प्रतिशतले कमाए ।
यसैगरी, आइसिएफसी फाइनान्स ७.६५, कालिका माइक्रोक्रेडिट ६.७७, सिनर्जी पावर ६.२९, हिमालयन पावर पार्टनर ५.९१ र रिलायन्स फाइनान्सका लगानीकर्ताले ५.६६ प्रतिशतले गुमाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
मन्त्रालयले भन्यो:- कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग भएमा खबर गर्नु
मंसिर २७, २०८१ बिहिबार
प्रहरी समायोजन कार्य छिट्टै सम्पन्न गरेर सङ्घीयतालाई थप बलियो बनाइने : गृहमन्त्री लेखक
मंसिर २७, २०८१ बिहिबार
भारतीय सेनाको गोली लागी सात माओवादी विद्रोहीको मृत्यु
मंसिर २७, २०८१ बिहिबार