कांग्रेस युवा नेता शाहीद्धारा केन्द्रीय सदस्यमा उम्मेद्धवारी घोषणा
सरला बैजु
मंसिर २१, २०७८ बुधबार ०:४८:४८
२१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता पुष्पकुमार शाहीले आसन्न १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।
आज पत्रकार सम्मेलनको आयोजना गर्दै उनले युवाहरुको जोश, जाँगर, उत्साह र २१औं शताब्दीको प्रविधिलाई समिश्रण गरेर पार्टीको नेतृत्वलाई अगाडी बढाउने उद्देश्यका साथ नेपाली काग्रेसको केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरेको बताए ।
आफूले जीवनको महत्वपूर्ण समय नेविसंघलाई बलियो बनाउन खर्चिएको भन्दै सबै नेता÷कार्यकर्तामा अब आफूलाई केन्द्रीय सदस्यमा जिताउनकोलागि साथ दिन उनले आग्रहसमेत गरे ।
वडा, पालिका, जिल्ला र प्रदेश हुँदै आज नेपाली कांग्रेसको महाकुम्भ हुनलागेका भन्दै नेता शाहीले खुःसी व्यक्त गरेका थिए । साथै, उनले आफू डोटी जिल्लाको महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मत ल्याएर निर्वाचित भएको भन्दै नेविसंघमा रहेर पाएका उपलब्धिबारे स्मरण गरेका थिए ।
उनले विज्ञप्तिमा भनेका छन्, ‘लामो त्याग, तपस्या, समर्पण र योगदान गर्नुभएका मेरा अग्रज, जो अहिले पनि पार्टीको बिभिन्न तह र तप्कामा यहाँहरुको लामो अनुभव र युवाहरुको जोश, जाँगर, उत्साह र २१औं शताब्दीको प्रविधिलाई समिश्रण गरेर पार्टीको नेतृत्वलाई अगाडी बढाउने उद्देश्यका साथ नेपाली कांगे्रसको केन्द्रीय सदस्यमा मेरो उम्मेद्वारी घोषणा गर्दछु’, विज्ञप्तिमा भनिएको छ ।
‘सबै जोड्ने देश, सबै अट्ने कांग्रेस’ भनेझैं केन्द्रीय समितिमा निर्वाचित भइसकेपछि सबैको अपनत्व स्थापित हुने कांग्रेस, सबैको स्वामित्व स्थापित काँग्रेस र सबैको सर्वोच्चता स्थापित हुन कांगे्रस बनाएर सु–संगठित, गतिशिल र बलियो कांग्रेस बनाएर निकट भविष्यमा हुने गइरहेको तीनवटै तहको निर्वाचनमा सबै तहको सरकार कांग्रेसको बनाउने र यसैको माध्यमबाट समग्र मूलुकको गरिबी, अशिक्षा र बेरोजगारि हटाउने भएका कारण मलाई केन्द्रीय सदस्यमा आफ्नो अमूल्य मत प्रदान गरि विजय गराउन हुन् सबैमा सादर अनुरोध गर्दछु’ विज्ञप्तिमा भनिएको छ ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार