२७ औँ महानगर दिवस महानगरपालिकाले तीन दिन मनाउने
सरला बैजु
मंसिर २१, २०७८ बुधबार ३:२२:५७
२१ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो २७ औँ महानगर दिवसमा ज्येष्ठ नागरिकलाई निःशुल्क निमोनियाको खोप लगाउने भएको छ । समारोहका संयोजक कामपाका प्रमुख विद्यासुन्दर शाक्यका अनुसार समारोहमा ज्येष्ठ नागरिकलाई निमोनियाको निःशुल्क खोप तथा स्वास्थ्य शिविर, विशेष सरसफाइ, खेलकुद र सांस्कृतिक कार्यक्रमसहित यही मंसिर २७, २८ र २९ गते महानगर दिवस मनाउन लागिएको हो ।
सो अवसरमा ४० वटा बुथबाट सर्वेक्षण गरिनेछ । यसमा सहभागी हुनेलाई निःशुल्क १० वटा मास्क दिइनेछ । यसैगरी १० वटा बुथबाट कोभिडविरुद्धको खोप सञ्चालन गरिनेछ ।
कोरोनाको अवस्था हेरी सामान्य नै रहेमा दिवसको अन्तिम दिन १९ गते वसन्तपुरमा मूल समारोह आयोजना हुनेछ । त्यस दिन परम्परागत बाजा गुरु कलाकार सम्मान, सुशासन पत्रकारिता पुरस्कार तथा अन्य क्षेत्रगत पुरस्कार पनि वितरण गर्ने कार्यक्रम रहेको प्रमुख शाक्यले जानकारी दिए । कामपाले २०५२ साल मंसिर २९ गते काठमाडौंलाई महानगर घोषणा गरिएको दिनलाई आधार मानेर हरेक वर्ष सोही दिन महानगर दिवस मनाउँदै आएको छ ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार