प्रदेश-२ मा ३० प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण खोप
नेपालबहस संवाददाता
मंसिर २१, २०७८ बुधबार ३:५१:२
२१ मंसिर, जनकपुरधाम । नेपाल सरकारले अगामी पुससम्म ६६ प्रतिशत र चैत मसान्तसम्म नेपालमा कोरोनाविरुद्धको पूर्ण खोप लगाइसक्ने लक्ष्य राखेको छ। तर, अहिलेसम्म प्रदेश-२ मा ३० प्रतिशतले मात्र पूर्ण खोप लगाएका छन् ।
प्रदेश-२ स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार २० मंसिर सम्ममा ८ वटै जिल्लामा अहिलेसम्म ३० दशमलव ४३ प्रतिशत नागरिकले पूर्ण खोप लगाएका छन् ।
प्रदेश-२ स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार अहिलेसम्म सप्तरीमा ३० दशमलव ३१, सिरहामा २९ दशमलव ५७, धनुषामा ३२, महोत्तरीमा २७ दशमलव ७४ प्रतिशत नागरिकले मात्रै कोभिड-१९ विरुद्धको पूर्ण खोप लिएका छन् । त्यसैगरि सर्लाहीमा सबैंभन्दा बढी ३४ दशमलव ५४, रौटहटमा २९ दशमलव ४१, बारामा ३० दशमलव ६४ र पर्सामा २७ दशमलव ७५ प्रतिशत नागरिकले मात्रै पूर्ण खोप लिएको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
प्रदेश-२ का स्वास्थ्य निर्देशक विजय झाले जिल्लाहरुमा कोरोनाविरुद्धको खोप अहिले पर्याप्त मात्रामा रहे पनि सर्वसाधारणले लगाउन नचाहेको बताए । ‘कोरोना कहर हामीसामु अझैं बाँकी रहेको छ । नयाँ नयाँ भेरियन्ट आइरहेका छन्,’ उनले भने, ‘तर, पनि ग्रामिण क्षेत्रमा कतिपय व्यक्ति खोप लगाउन डराइ रहेका छन् ।’
‘खोप हाम्रो स्वास्थ्यका लागि अति आवश्यक हो । तर, पनि कतिपय व्यक्ति यसको सकारात्मक पक्षलाई नजरअन्दाज गरेर लापरबाही गरिरहेका छन्,’ निर्देशक झाले भने,‘ अहिले खोप लगाउन हामीले वडा-वडामा टोली परिचालन गरेका छौं।’
उनले जिल्लाका स्वास्थ्य कार्यालयमा पनि खोप लगाउने काम भइरहेको भएपनि अपेक्षा अनुसार मानिसहरुले खोप नलागएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
ट्रम्प आउनुअघि युक्रेनलाई बलियो बनाउने रणनीतिमा बाइडेन, २७५ मिलियनको हतियार दिँदै
मंसिर ५, २०८१ बुधबार
तार र पोल रहित न्यूरोडको शुक्रपथ ( फोटो फिचर )
मंसिर ५, २०८१ बुधबार
अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल
मंसिर ५, २०८१ बुधबार
म्याद थपका लागि दुर्गा प्रसाईंलाई अदालत लगियो
मंसिर ५, २०८१ बुधबार
स्ट्याण्डर्ड चार्टर्ड बैंकको बुक क्लोज मिति सर्यो
मंसिर ५, २०८१ बुधबार
महालक्ष्मी विकास बैंकले घर कर्जा प्रदान गर्ने
मंसिर ५, २०८१ बुधबार