मटकोर सम्पन्न, भोलि स्वयंवर र विवाह हुने
नेपालबहस संवाददाता
मंसिर २१, २०७८ बुधबार ४:३१:४५
२१ मंसिर, जनकपुर । रामजानकी विवाहपञ्चमी महोत्सवअन्तर्गत मंगलबार मटकोर कार्यक्रम सम्पन्न भएको छ ।मंगलबार दिउँसो जानकी मन्दिरबाट बाजागाजासहितका टोली धार्मिक तथा पौराणिक महत्त्वको गंगासागर पोखरीमा पुगेर मटकोर कार्यक्रम गरेको हो ।
नेपाली सेनाको ब्याण्डबाजा तथा स्थानीय जयनुल व्याण्डपार्टीका कालाकारहरूले बजाउने बाजागाजाको धुनमा रमाउँदै हजारौंको संख्यामा श्रद्धालुभक्तजन मटोरमा सहभागी भएका थिए ।
मिथिलामा विवाह पूर्व बेहुला र बेहुलीलाई मटकोर गर्ने चलन रहेको छ । सोही चलन अनुसार जानकी मन्दिरका छोटा महन्त रोशन दासको नेतृत्वमा मटकोर सम्पन्न भएको छ ।
मटकोरको क्रममा गंगासागरको पोखरीबाट माटोलाई विवाहको लागि मण्डव तयार गरिने चलन रहेको छ । मटकोरको क्रममा सेभ हिस्टोरिकल जनकपुरधामले दैनिक साँझ आयोजना गरिने गंगा आरतीको दिउँसै गरेको थियो ।
सप्ताहव्यापी कार्यक्रम विवाह पञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौंथौं दिन तिलकोत्सव र पाँचौँ दिन मटकोर विधि सम्पन्न भएको छ । भोलि छैंटौं दिन स्वयंवर राति वैवाहिक कार्यक्रम र अन्तिम दिन बिहीबार रामकलेवा गरी महोत्सव सम्पन्न हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै
मंसिर ३०, २०८१ आइतबार
गढीमाई मेलामा भारतीय र नेपाली दर्शनार्थीको घुइँचो
मंसिर २४, २०८१ सोमबार
आजदेखि गढीमाई मेलामा पशु बलि शुरु , हेर्नुहोस् तस्विरमा मेलाको रौनक
मंसिर २३, २०८१ आइतबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार