ओमिक्रोन बढेसँगै भारतमा कोरोनाको तेस्रो कहर सुरु हुने विज्ञहरुको चेतावनी
नेपालबहस संवाददाता
मंसिर २२, २०७८ बुधबार १६:३८:११
२२ मंसिर, नयाँ दिल्ली । भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन बढेको र यसका कारण आगामी वर्षको फेब्रुवरीसम्म तेस्रो लहर सुरु हुने विज्ञहरुले चेतावनी दिएका छन् । इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीका वैज्ञानिक महिन्द्र अग्रवालले अागामी फेब्रुवरीसम्म दैनिक कोभिड संक्रमितको संख्या एक लाख ५० हजार पुग्ने अनुमान गरेका छन् ।
‘भारत सामान्य अवस्थामा फर्किरहेका बेला ओमिक्रोनका बिरामी देखिनु ठूलो धक्का हो । समयमै पर्याप्त कदम चालिएन भने हामी तेस्रो लहरको जोखिममा पर्नेछौं ,’ अग्रवालले भने ।
ओमिक्रोन भेरयन्ट डेल्टाजस्तो खतरा नभएको पनि उनले बताए । ओमिक्रोन चाँडै सर्ने भए पनि जोखिम भने कम भएको उनको भनाइ छ ।
त्यस्तै,भारतीय मेडिकल एसोसियसन (आईएमए) ले नयाँ भेरियन्टसँगै भारतमा तेस्रो लहर आउने चेतावनी दिएको छ । तर, दोस्रो लहर जस्तो तेस्रो लहर घातक नहुने आईएमएले जनाएको छ ।
भारतमा २१ जनामा ओमिक्रोन भेरियन्ट देखिएको छ । राजस्थानमा नौ, महाराष्ट्रमा अाठ, कर्नाटकमा दुई जनामा, गुज्रात तथा दिल्लीमा एक एक जनामा ओमिक्रोन देखिएको हो । दक्षिण कोरियाबाट आएका र उनीहरुको सम्पर्कमा रहेका व्यक्तिमा ओमिक्रोन देखिएको हो ।
अहिलेसम्म नेपाल, अमेरिका, अस्ट्रेलिया, बेलायत, नेदरल्यान्डसहित ४५ देशमा ओमिक्रोन देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
ट्रम्प आउनुअघि युक्रेनलाई बलियो बनाउने रणनीतिमा बाइडेन, २७५ मिलियनको हतियार दिँदै
मंसिर ५, २०८१ बुधबार
तार र पोल रहित न्यूरोडको शुक्रपथ ( फोटो फिचर )
मंसिर ५, २०८१ बुधबार
अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल
मंसिर ५, २०८१ बुधबार
म्याद थपका लागि दुर्गा प्रसाईंलाई अदालत लगियो
मंसिर ५, २०८१ बुधबार
स्ट्याण्डर्ड चार्टर्ड बैंकको बुक क्लोज मिति सर्यो
मंसिर ५, २०८१ बुधबार
महालक्ष्मी विकास बैंकले घर कर्जा प्रदान गर्ने
मंसिर ५, २०८१ बुधबार