दिवा खाजा उपलब्ध भएपछि विद्यार्थी बढे
सरला बैजु
मंसिर २२, २०७८ बुधबार १७:५२:३७
![](https://nepalbahas.prixacdn.net/media/albums/balbikas_h23ahRy9w5.jpg)
मेनका चौधरी
२२ मंसिर, बाँके । कुनै बेला विद्यालयमा न्यून विद्यार्थी उपस्थित हुने बाँकेको नरैनापुर गाउँपालिकाका विद्यालयका कक्षा कोठा आजभोलि भने विद्यार्थीले भरिन थालेका छन् । बाँकेको नरैनापुर गाउँपालिकामा रहेका बालविकास केन्द्र, सामुदायिक विद्यालय र मदरसामा दिवा खाजाको कार्यक्रम सञ्चालनमा ल्याइएपछि विद्यालयमा उपस्थित हुने विद्यार्थी संख्याँ वृद्धि भएको हो ।
नरैनापुर–६ जमुनीकी हंसकुमारी धोबी आजभोलि हरेक दिन विद्यालय जाने गरेकी छन् । विद्यालयमा दिन बिराएर फरक–फरक स्वादको दिवा खाजा खान पाउने भएपछि कक्षा ५ मा अध्ययनरत उनी विद्यालय नियमित आउन र पढ्न मन लाग्न थालेको बताउँछिन् ।
नरैनापुर–६ जमुनीमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय जमुनीमा अध्ययन गर्ने उनी मात्रै नभएर पछिल्लो समय दिवा खाजाकै कारण धेरै विद्यार्थीहरु विद्यालय आउन थालेका छन् । सङ्गीता यादव पनि आजकल नियमित विद्यालय आउने गरेकी छन् । उनी मात्र नभएर उनको कक्षाका सबै सहपाठी नियमित विद्यालय आउने गरेका छन् ।
“पढ्न पनि पाइने नियमित खाजा पनि फरक–फरक स्वादको पाइने भएपछि नियमित आउन थालेका छाँै”, उनले लजाउँदै भनिन् । विद्यालयमा हरेक दिन फरक–फरक परिकारको पौष्टिक खाजा पाक्ने गरेको छ । हलुवा, मीठो दलिया, खिचडीलगायतको खानेकुरा विद्यार्थीका लागि पाक्ने गरेको छ ।
संघीय सरकारको सशर्त अनुदानमा सञ्चालनमा रहेको बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई लक्षित गरी सुरु गरिएको दिवा खाजा कार्यक्रमले विद्यार्थीलाई विद्यालयसम्म आकर्षण गरेको नरैनापुर गाउँपालिकाका शिक्षा शाखाप्रमुख तथा शिक्षा अधिकृत कृष्णकुमार थारू बताउँछन् ।
उनले भने, “नरैनापुरमा विद्यालय ड्रप आउट हुनेक्रम पनि अधिक रहेको र विद्यालय भर्ना अत्यन्तै न्यून हुने अवस्था रहेकोमा दिवा खाजा कार्यक्रम लागुपछि यो अत्यन्तै प्रभावकारी रहेको पाइएको छ ।” उनले नरैनापुरमा विद्यालयबाहिर रहेका विद्यालय जाने उमेरका करिब २५ प्रतिशत विद्यार्थीहरुमध्ये दिवा खाजा सञ्चालन भएपछि २० प्रतिशत जति विद्यालयमा भर्ना भई नियमित विद्यालय आउने गरेको दाबी गरे ।
नेपाल राष्ट्रिय आधारभूत विद्यालय जमुनीका प्रधानाध्यापक अमरलाल यादवले विद्यालयमा सञ्चालनमा ल्याइएको दिवा खाजा कार्यक्रमबाट विद्यालयमा विद्यार्थीको उपस्थितिमा उल्लेख्य रुपमा वृद्धि भएको बताउँछन् । उनले विद्यार्थीको चापका कारण कक्षामा कोचाकोच भएर बसाल्नु परेको बताए ।
उनले भने, “विद्यालयमा विद्यार्थी भर्ना हुने र विद्यालय नआउने परम्परा रहेको थियो तर अहिले दिवा खाजाले विद्यालयका कक्षा कोठा भरिभराउ छन् । प्रायः सबै विद्यार्थी नियमित विद्यालय आउने गरेका छन् । विद्यालय बीचमै छाडेकाहरु पनि पुनः विद्यालय भर्ना भएर आउन थालेका छन् ।” उनले कार्यक्रम लागू नहुँदा सुरुका दिनमा विद्यालयमा ३७६ बिद्यार्थी भएकामा हाल यो संख्या बढेर ४४३ पुगेको बताए ।
कार्यक्रम लागू हुनु अगाडि विद्यालयमा भर्ना भएका बालबालिका पनि नियमित विद्यालय आउने क्रम न्यून थियो । आइहाले पनि बीचमै कक्षा छाडेर घर फर्कने गरेकामा दिवा खाजाको कार्यक्रमले उनीहरुलाई नियमित विद्यालय आउने र कक्षामा पनि अन्तिमसम्म बस्ने गरेको बताइएको छ ।
नरैनापुर–४ मा रहेको मदरसा अरविया गुल्सने वारिस उन्मतुलुममा पनि अचेल विद्यार्थी बढ्दै गएका छन् । कक्षा ३ सम्म सञ्चालनमा रहेको यस मदरसामा ३०७ बालबालिका अध्ययनरत छन् । न्यून विद्यार्थी रहेको मदरसामा दिवा खाजा कार्यक्रमले चमत्कार नै गरेको मदरसाका प्रधानाध्यापक अब्दुल रहमान खाँले दाबी गरे ।
“पहिला कक्षाकोठामा थोरै विद्यार्थी हुन्थ्ये तर अहिले दिवा खाजा कार्यक्रमले कक्षा कोठामा ठाउँ नभएर बाहिर बरान्डामा राखेर पढाउनु परेको छ,” उनले भने । नरैनापुर गाउँपालिकामा रहेका सामुदायिक विद्यालय तथा मदरसा गरी ४७ र विद्यालयबाहिर सञ्चालनमा रहेका तीनवटा बालविकास केन्द्रमा गरी ५० विद्यालय, मदरसामा दिवा खाजा सञ्चालनमा रहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने
फागुन ४, २०८१ आइतबार
रुपन्देहीमा लागुऔषध कारोबारी बढे, ठूलो परिणामको चरेससहित ७ जना पक्राउ
फागुन ३, २०८१ शनिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार