बदलिन्छौ हामी, बदल्छौ कांग्रेस, सुधार्छौ पार्टी र बनाउछौ देश : केन्द्रीय सदस्य उम्मेदवार सिटौला
यज्ञप्रसाद भट्टराई
मंसिर २२, २०७८ बुधबार १७:५८:२९
हामी चौधौं महाधिवेशनको संघारमा छौ। नेपाली कांग्रेसको ऐतिहासिक पृष्ठभुमि,गौरवशाली इतिहासको आलोकमा कस्तो कांग्रेस बनाउनेरुत्यसका मानकहरु स्थापित गर्नु यो अधिबेशनका मुख्य कार्यभार र चुनौती हुन । हरेक अधिबेशनहरु नया नया मुद्दा,नारा,समस्याका चाङ लिएर आए गए तर ती मुद्दा ,नारा र समस्याका चाङमा रत्तिभर फरक र सुधार पाइएन,देखिएन।
त्यसैले अब चै संकल्प गरौ । सहि नेतृत्व चयन गर्ने प्रण गरौ। यो भनाइ नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा झापा जिल्लाबाट अत्यधिक मत प्राप्त गरि महाधिवेशन प्रतिनिधिमा निर्वाचित तथा केन्द्रीय सदस्यमा उम्मेदवार रहेका युवा तथा बिद्यार्थी नेता मेदनी प्रसाद सिटौलाको हो ।
उनले भनेका छन्, एकपटक सबैले नेपाल देश र हाम्रो देशको माटोको सफत खाऔ। देशहित, मानवकल्याण, जनता र कांग्रेसलाई शिरमा राखौ। ब्याक्तिगत स्वार्थ भन्दा माथी उठेर संकल्प गरौ ‘बदलिन्छौ हामी,बदल्छौ कांग्रेस ,सुधार्छौ पार्टी बनाउछौ देश बनाउँछौ भनेर’ ।
लामो समय नेपाल बिद्यार्थी संघको सकृय राजनीतिमा रहेर देशका कुनाकाप्चासम्म पुगेका नेता सिटौलाले भनेका छन् कांग्रेसका सुधारका लागि हजार बुँदाको प्रस्ताव तयार पार्न सकिन्छ, योजना बनाउन सकिन्छ । तर, त्यो तबसम्म अर्थहीन हुन्छ जबसम्म हामी स्वार्थ त्याग गर्न सक्दैनौं । सिटौलाको भनाइ छ । संस्था कुनै वस्तु होइन, संस्था भनेको व्यक्तिहरुको सामूहिक अभिव्यक्ति हो । व्यक्तिमा विकार भएपछि, राजनीतिक चरित्रमा ह्रास आएपछि, क्षुद्र स्वार्थमा लागेपछि संस्थामा निरासा छाउँछ नै । अहिले नेपाली कांग्रेसमा भएको यहि हो।
युवा नेता मेदनी सिटौला भन्छन् । हामीले गर्नुपर्ने पहिलो काम भनेकै कांग्रेसलाई लागेको रोग पहिचान गर्ने हो । तर यति लामो राजनीतिक कालखण्डमा कांग्रेसमा कुन रोग लाग्यो भनेर रोग पहिचानमै समस्या देखिँदै आएको छ । उनको भनाइ छ समस्या आफूमा नदेख्ने अरुमा मात्र देख्ने प्रवृत्तिका कारण रोग पहिचानको काम जटिल बन्दै गएको छ ।
पार्टी भित्र निर्भीक र निडर भएर आफ्ना बिचार स्पष्टताका साथ राख्ने क्षमता भएका नेता सिटौलाले भनेका छन्(नेपाली कांग्रेस पार्टीको आजको दुरावस्था बिना कारण भएको पक्कै पनि होइन, तर यसमा कसैले जिम्मेवारी नलिएको गम्भीर अवस्था छ ।
उनि भन्छन् मेरो विचारमा पार्टीलाई कुनै एउटा रोगमात्र लागेको छैन, धेरैवटा रोग लागेको छ । त्यसैले उपचार पनि बहुआयामिक हुन आवश्यक छ । कांग्रेसको अंगअंगमा फैलिएका रोगहरुले कांग्रेसलाई कुरुप बनाएको तर्फ ईगित गर्दै युवा नेता सिटौलाले निजी स्वार्थ, सिर्फ स्वार्थ, सिर्फ स्वार्थमात्रै हेर्ने, अरुलाई आरोप लगाएर आफू चोखो देखिने प्रवृत्ति, आलोचना नगर्ने आरोप मात्र लगाउने ।
आरोपलाई नै आलोचना ठान्ने मनोरोग, पार्टी भित्र बहस नगर्ने गाली मात्र गर्ने । गालीलाई नै बहस ठान्ने प्रबृत्ति, त्याग नगर्ने, केबल प्राप्तिका लागि मात्र मरिहत्ते गर्ने प्रबृत्तिका कारण नेपाली कांग्रेस धरासायी बन्दै गएकोमा चिन्ता समेत ब्यक्त गरेका छन् ।
नेता सिटौलाको सधै एउटै भनाइ रहदै आएको छ देशभन्दा माथि पार्टी हो, पार्टीभन्दा माथि आफ्नो गुट हो, गुटभन्दा माथि आफ्नो उपगुट हो, उपगुटभन्दा माथि आफू हो र आफ्नो स्वार्थ नै सर्वोपरी हो भन्ने खालको व्यवहार गर्ने नेतृत्वबाट अब नेपाली कांग्रेस चल्न र बन्न सकद्दैन ।
उनि भन्छन् कांग्रेसको अतितको गौरव देख्ने तर भविष्यको सम्भावना नदेख्ने अनि कोही रिसाउँछ कि, आफ्नो कुनै स्वार्थमा असर गर्छ कि भनेर प्रष्टसँग विचार नराख्ने, आन्तरिक लोकतन्त्रको सर्वथा अभाव र विधि बिधानको कसैले पनि पालन नगर्ने मात्र हैन सधै सरकारमा बस्नु नै सबैथोक हो, प्रतिपक्षमा बस्नु भनेको समाप्त हुनु हो भन्ने ठान्ने प्रबृत्तिका कारण कांग्रेस जनस्तरमा नाङ्गिएको हो ।
देश बनाउछु भन्ने र देशमा शुसासन ल्याउछु भन्नेहरु नै देशमा व्याप्त भ्रष्टचारविरुद्ध उभिन नसक्नु, आफै भ्रष्टाचारको दलदलमा फस्नु मानव कल्याण, समाज कल्याण तथा देशको कल्याणलाई केन्द्रमा राख्न नसक्न राष्टियताको मामिला सहित तत्कालीन परिवेशका जल्दावल्दा समस्याहरुमा समयमै प्रष्ट दृष्टिकोण राख्न नसक्नु, पार्टीभित्र व्याप्त भाँडभैलो, वेथिति, खुट्टा तानातान र गालीगलौजको राजनीतिलाई नै आन्तरिक लोकतन्त्र ठान्ने भ्रम व्याप्त हुनुले नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो भनेर कांग्रेसमा आस्था राख्ने नागरिकहरुलाई नै लज्जित बनाउने कार्यले भोलिका दिनमा कांग्रेस भएर राजनीति गर्ने आधार समेत बर्तमान काङ्ग्रेस नेतृत्वले भत्काई दिएकोको प्रति आक्रोश ब्यक्त गरेका छन् ।
कांग्रेस केन्द्रीय सदस्यका उमेदवार रहेका मेदनी सिटौला भन्छन् मिल्ने भए सम्पूर्ण दोषहरु आफ्नो शिरमा लिएर कालकूट विष पिउन म तयार छु तर यसले कुनै समाधान दिदैन।
युवा नेता सिटौला भन्छन् । कांग्रेसको भविष्य छ तर अहिले कांग्रेसमा जागरणको भावना छैन, उत्साह छैन । उत्साह नेतृत्वले जगाउनुपर्ने हो । नेतृत्वले त्यसो गर्न सकिरहेको छैन । नेतृत्व परम्परागत शैलीमै चलिरहेको छ । पार्टीभित्र नयाँ पुस्ताको शशक्त उदय भइसकेको छ तर उनीहरु पूरानो पुस्ताको छायाँमै रमाइरहेका छन् ।
जनताले, कार्यकर्ताले नयाँपन खोजिरहेका छन् । पार्टीपंक्तिमा उर्जा सिर्जना गर्ने रणनीति र कार्यनीति खोजिरहेका छन् । यस्तो उर्जावान नेतृत्व कांग्रेसको अहिले केन्द्रमा देखिएकाहरुले प्रदर्शन गर्न सकिरहेका छैनन् ।
त्यसैले अबको नेपाली कांग्रेसको चौधौं महाधिवेशन युगान्तकारी परिवर्तनको महाधिवेशन हुनेछ । युवाहरुमा देखिएको काङ्ग्रेस पार्टी प्रतिको यो आकर्षकलाई जोगाएर लैजान अब मेदनी सिटौला जस्ता सयौ युवाहरु नेतृत्वमा आउनै पर्छ । काङ्ग्रेसले त्राण पाउनै पर्छ ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपएनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार