कांग्रेस महाधिवेशनमा कसरी गरिदैँछ प्रतिनिधीको व्यवस्थापन
सरला बैजु
मंसिर २२, २०७८ बुधबार १८:५४:५५
२२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ को लागी तयारीका धमाधम भइरहेका छन् । मंसिर २४ कांग्रेस महाधिवेशनको उद्घाटन हुने कार्यतालिका छ । कांग्रेसले ४ सय जनालाई मञ्चमा राखेर महाधिवेशनको उद्घाटन गर्ने तयारी गरेको छ ।
कार्यतालिका अनुसार २ सय जनालाई एकैसाथ मतदान गर्ने व्यवस्था गर्न लागिएको छ । राष्ट्रियसभागृह र महेन्द्र पुलिस क्लवमा कांग्रेसले मतदान गर्न २ सय बुथ राख्ने तयारी भइरहेको नेपाली कांग्रेस काठमाडौंका सचिव गोविन्द पुडासैनीले जानकारी दिएका छन् ।
महाधिवेशनमा सहभागी हुने ४५ सय भन्दा बढि प्रतिनिधिले ब्यालेटमै मतदान गर्नुपर्ने भएको छ । एकजनालाई मतदान गर्न कम्तीमा पनि एक घण्टा भन्दा बढी लाग्ने अड्कल गरिएको छ । कांग्रेसले भोटिङ मेसिनलाई मान्यता नदिने भए पछि ब्यालेटमै मतदान गर्ने व्यवस्था गरिएको छ ।
भोटिङ मेसिनको प्रयोग गर्दा गल्तिहरु हुन सक्ने भन्दै प्रतिनिधिले ब्यालेटमै मतदान गर्नुपर्ने भएको छ । यसअघि नेकपा एमालेको चितवनमा सम्पन्न भएको १० औं महाधिवेशनमा भोटिङ मेसिनको प्रयोग गरिएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पनि भोटिङ मेसिनको प्रयोग मार्फत मतदान गरेको थियो ।
१४ औं महाधिवेशनको लागी कांग्रेसले ८० फिट लम्बाइ र ४० फिट चौडाइको मञ्च बनारहेको छ ।
महाधिवेशन प्रतिनिधि बस्नका लागि तीन ठाउँमा होटल बुकिङ गरिएको छ । सुन्धारा, ठमेल र गौशालामा प्रतिनिधिलाई बस्ने व्यवस्था गरिएको हो । हालसम्म तीन हजार आठ सय प्रतिनिधिका लागि ८६ होटल बुकिङ गरिएको आवास तथा भोजन समितिका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले बताए । चार हजार तीन सय महाधिवेशन प्रतिनिधि बस्न मिल्ने गरी होटल बुकिङको तयारी गरिएको छ ।
समितिले महाधिवेशनमा सहभागी हुने आठ हजार व्यक्तिका लागि खानाको व्यवस्था गर्ने भएको छ । अनुपम फुडल्याण्ड, बत्तीसपुतली र दियालो फुडल्याण्ड, बसुन्धरामा भोजनको व्यवस्था गरिएको छ,’ । मंसिर २४ गते बेलुकादेखि २७ गते बेलुकासम्म खानाको व्यवस्था गरिएको छ ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार