प्रकाशमान र शेखर सहमतिमा नआए रामचन्द्रलाई सभापतिमा अघि सारिने
सरला बैजु
मंसिर २२, २०७८ बुधबार २०:१७:८
२२ मंसिर, काठमाडौं । कांग्रेसको १४ औं महाधिवेशनमा प्रकाशमान सिंह र शेखर कोइरालाबीच सभापतिमा कुरा नमिले रामचन्द्र पौडेललाई १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारको रुपमा अघि सार्ने निर्णय भएको छ ।
नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षका केन्द्रीय सदस्यहरुले नेताहरु सिंह र कोइरालाबीच सभापतिको दावीका सन्दर्भमा सहमति हुनुपर्नेमा जोड दिएका थिए ।
बुधबार बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको पौडेल पक्षीय केन्द्रीय सदस्यहरुको बैठकले सहमतिमै सभापतिको उम्मेदवार तय गर्नुपर्ने निष्कर्ष निकाल्दै त्यसका लागि प्रकाशमान सिंह र शेखर कोइरालाबीच सहमतिमा जोड दिएका हुन् ।
सिंह र कोइरालाले सभापतिमा दावेदारी प्रस्तुत गरिरहेका छन् भने दुई नेताहरुबीच सहमति भएको खण्डमा आफू दावी छाड्न पौडेलका साथै शशांकले समेत तयार भइसकेका छन् ।
यस्तो परिस्थितिमा केन्द्रीय सदस्यहरुको बैठकले सभापतिका आकांक्षी दुई नेताबीच सहमति नभए रामचन्द्र पौडेललाई सभापतिको उम्मेदवारका रुपमा अघि सार्ने निर्णय भएको केन्द्रीय सदस्य जीवन परियारले जानकारी दिए ।
पौडेल, कोइरालाद्वय र सिंहसहित केन्द्रीय सदस्यहरुको बैठक ३ बजेका लागि बोलाइएको छ ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार