देउवाको निजी निवास बूढानीलकण्ठमा उम्मेदवारीलगायत विषयमा छलफल
सरला बैजु
मंसिर २२, २०७८ बुधबार २०:४२:३३
२२ मंसिर, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न १४औँ महाधिवेशन सम्बन्धमा छलफल गर्न आफ्नो समूहका नेताहरूको बैठक बोलाएका छन् ।
देउवाको निजी निवास बूढानीलकण्ठमा जारी बैठकमा महाधिवेशनको तयारी, महाधिवेशनमा पदाधिकारीका उम्मेदवारीलगायत विषयमा छलफल जारी छ । सभापति देउवाले सभापतिमा दावी गरिसकेका छन् भने, अन्य पदाधिकारीका उम्मेदवारबारे छलफल भइरहेको छ ।
बैठकमा सहभागी एक नेताका अनुसार महामन्त्रीमा प्रकाशशरण महत र विश्वप्रकाश शर्माले दाबी प्रस्तुत गरेका छन् । गृहमन्त्री बालकृष्ण खाँणले यसअघि महामन्त्रीमा आकांक्षा व्यक्त गर्दै आए पनि बैठकमा केही खुलाएका छैनन् ।
डिना उपाध्याय, पार्वता डिसी र अम्बिका बस्नेतले महिला सहमहामन्त्रीमा दाबी प्रस्तुत गरेका थिए भने किशोर सिंह राठौरले खस आर्य सहमहामन्त्रीमा दाबी प्रस्तुत गरेका थिए ।
मानबहादुर विश्वकर्माले दलित कोटाबाट सहमहामन्त्री, अक्तर कमाल मुसलमान र फरमुल्लाह मन्सुरले मुसलमान कोटाबाट सहमहामन्त्रीले दाबी गरेका थिए । राम जनम चौधरी थारुबाट सहमहामन्त्री, सुनिल थापाले हाल कायम रहेको सहमहामन्त्री, महेन्द्र यादवले मधेसी सहमहामन्त्रीमा दाबी प्रस्तुत गरेका थिए ।
विजय कुमार गच्छदार उपसभापतिमा नै दाबी प्रस्तुत गरेका थिए भने रमेश लेखकले सभापतिबाहेक पदाधिकारीमा दाबी रहने बताए पनि पद भने खुलाएनन् ।
कांग्रेस पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सह महामन्त्रीको निर्वाचन हुने र एक कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यबाट निर्वाचित हुने पार्टी विधानको प्रावधान छ ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार