ताप्ली पोखरी पर्यटकीय गन्तव्य बन्दै
सरला बैजु
मंसिर २२, २०७८ बुधबार २१:९:३८
२२ मंसिर, उदयपुर । उदयपुरको पश्चिमी क्षेत्रको ताप्ली गाउँपालिकाको ताप्ली पोखरी पर्यटकीय गन्तव्य बन्दै गएको छ । उनी बाह्यभन्दा आन्तरिक पर्यटक बढीजसो आउने गरेका छन् ।
कोरोना संक्रमण न्यून हुँदै गएपछि मंसिरको पहिलो हप्तादेखि आन्तरिक पर्यटकको संख्यामा वृद्धि हुँदै गएको छ । अहिले दैनिक सयौंको संख्यामामा पर्यटक ताप्ली पोखरी र पञ्चकन्यादेवीको मन्दिरको दर्शन गर्न आउने गरेका ताप्ली–५ का विषुबहादुर तामाङ बताउँछन् ।
रौता पोखरी क्षेत्रपछिको दोस्रो महत्वपूर्ण धार्मिक पोखरी क्षेत्र तथा रमणीय पर्यटकीयस्थलको रुपमा रहेको ताप्ली पोखरीमा हिजोआज पञ्चकन्यादेवीको मन्दिरको दर्शन गर्न र रमणीयस्थल हेर्न तथा बनभोज खान आन्तरिक पर्यटक आउने गरेका ताप्लीका कृष्ण परियाले बताए ।
ताप्ली पोखरीको ऐतिहासिक तथा धार्मिक महत्व छ । ताप्ली क्षेत्रको पोखरी क्षेत्रमा धेरै वर्ष अघि जंगल थियो । पहिला त्यहाँ सानो पोखरी थियो । पञ्चकन्यादेवीको मन्दिर पनि पोखरीको भित्तामा छ । ताप्ली गाउँपालिकाका अध्यक्ष उद्धबसिंह थापाका अनुुसार उक्त क्षेत्र पाँच हेक्टर क्षेत्रफलमा फैलिएको छ । पोखरीको लम्बाइ तीन मिटर तथा चौडाई सत्तरी मिटर छ ।
ताप्ली पञ्चकन्यादेवीको भाकल गरेर पूजाआराधाना गरे चिताएको पुग्ने जनविश्वास छ । यहाँ हिउँदमा बढी भक्तजन आउने गरेका छन् । गाउँपालिकाको पहलमा ताप्लीमा मोटरबाटो पुगेको छ । ताप्ली गाउँपालिकाकी उपाध्यक्ष कमला राई रमणीय स्थलको दृश्यावलोकन गर्न आन्तरिक पर्यटक बढीजसो आउने गरेका बताउँछन् ।
ताप्ली क्षेत्रबाट दूधकोशी, सुनकोशी, पहाडी जिल्ला सोलुखुम्बु, ओखलढुंगा, सिन्धुलीसहित तराईका सिरहा, धनुषालगायतको अवलोकन गर्न सकिन्छ । उत्तरी क्षेत्रका मनोरम हिमशृंखलाको समेत दृश्यावलोकन गर्न सकिन्छ । सो क्षेत्रमा चाँडै बिजुली बाल्न पहल भइरहेको गाउँपालिकाले जनाएको छ । “गूरुयोजना बनाएर यस क्षेत्रको विकास गर्ने योजना छ” अध्यक्ष थापाले बताए ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार