विद्यार्थीमार्फत कोभिडविरुद्ध खोप लगाउन सचेतना कार्यक्रम
सरला बैजु
मंसिर २२, २०७८ बुधबार २१:५४:२८
२२ मंसिर, मान्म । कोभिड–१९ विरुद्धको खोप लगाउन कालीकोटमा विद्यार्थीमार्फत सचेतना कार्यक्रम सञ्चालन गरिने भएको छ । कोभिड–१९ विरुद्धको खोपका विषयमा स्थानीयवासीमा भ्रम रहेका कारणले विद्यार्थीमार्फत सचेतना कार्यक्रम सञ्चालन गरिने भएको हो ।
कोभिड–१९ विरुद्धको खोप लगाउनेको संख्या जिल्लामा न्यून भएपछि विद्यार्थीमार्फत सचेतना कार्यक्रम सञ्चालन गर्न लागिएको जनाइएको छ ।
पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउनेको संख्या न्यून रहेका कारणले विद्यालयमा विद्यार्थीलाई कोभिड–१९ विरुद्धमा स्वास्थ्यकर्मीले सचेतना कार्यक्रम सञ्चालन गर्ने स्वास्थ्य कार्यालयका निमित्त स्वास्थ्यसेवा व्यवस्थापक कटकबहादुर महतले बताए ।
“जिल्ला कोभिड–१९ खोप समन्वय समितिको बैठकले विद्यालयमा स्वास्थ्यकर्मी परिचालन गरी बालबालिकामार्फत अभिभावकसम्म सूचना पुर्याउने, सबै स्थानीयवासीको पहुँचमा खोप पुगोस् भनेर सम्बन्धित सबै सरोकारवाला व्यक्ति र पक्षलाई समेत परिचालन गर्ने निर्णय गरेको हो”, उनले भने, “यसरी जाँदा कोभिड–१९ विरुद्धको खोप लगाउन समाजमा रहेको भ्रमका विषयमा जानकारी हुनेछ र खोप लगाउनेको संख्यामा वृद्धि हुने अपेक्षा गरेका छौं ।”
जिल्लामा हालसम्म कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाउनेको संख्या ३४ हजार छ भने दोस्रो मात्रा लगाउनेको संख्या २३ हजार मात्र रहेको महतले जानकारी दिए । “दुवै मात्रा लगाएर अनलाइनमा नाम दर्ता भएकाको संख्या त नगण्य छ”, उनले भने, “दुवै मात्रा खोप लगाएर अनलाइनमा दर्ता भएका ६० जना पनि छैनन् ।”
सरकारले कोभिड–१९ विरुद्धको खोपलाई प्राथमिकता दिए पनि खोप लगाए ज्वरो आउने, रिंगटा लाग्ने, शारीरिक रूपमा कमजोर हुने भ्रम रहेकाले खोप लगाउन नआएको ठहर गर्दै बैठकले महिला स्वास्थ्य स्वयंसेविकालाई समेत घरदैलो गर्न परिचालन गर्ने निर्णय भएको जिल्ला कोभिड खोप समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए ।
“सबै नागरिक समक्ष कोभिड–१९ विरुद्धको खोप पु¥याउनका लागि यो कार्यक्रम सञ्चालन गरेका हौं”, उनले भने। “विद्यार्थीमार्फत अभिभावकसम्म कोभिड–१९ विरुद्धको खोपका विषयमा जनचेतना पुगोस् भन्ने हाम्रो चाहना हो ।”
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
ट्रम्प आउनुअघि युक्रेनलाई बलियो बनाउने रणनीतिमा बाइडेन, २७५ मिलियनको हतियार दिँदै
मंसिर ५, २०८१ बुधबार
बैंकमा ऋण दिन मिल्ने रकम धेरै भयो, बजारबाट ४० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक
मंसिर ५, २०८१ बुधबार
तार र पोल रहित न्यूरोडको शुक्रपथ ( फोटो फिचर )
मंसिर ५, २०८१ बुधबार
अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल
मंसिर ५, २०८१ बुधबार
म्याद थपका लागि दुर्गा प्रसाईंलाई अदालत लगियो
मंसिर ५, २०८१ बुधबार
स्ट्याण्डर्ड चार्टर्ड बैंकको बुक क्लोज मिति सर्यो
मंसिर ५, २०८१ बुधबार