सन्दीप सहभागी होबर्ट हुरिकेन्स पहिलो खेलमै पराजित
नेपालबहस संवाददाता
मंसिर २२, २०७८ बिहिबार ०:९:०
२२ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पीनर सन्दीप लामिछानेले सहभागी होबर्ट हुरिकेन्स पहिलो खेलमै पराजित भएको छ । यद्यपि, बुधबार भएको अस्ट्रेलियन फ्रेन्चाइज क्रिकेट-बिग बास लिगमा होबर्ट हुरिकेन्सको पहिलो खेलमा सन्दीपले एक विकेट लिए ।
आइतबारदेखि सुरू भएको लिगको पहिलो खेलमा सन्दीप सम्मिलित हुरिकेन्स सिड्नी सिक्सरसँग १४ रनले पराजित भयो । यद्यपि टोलीले पराजित हुँदा सन्दीपले औसत बलिङ गरे ।
लन्चेस्टनस्थित औरोरा स्टेडियममा टस जितेर फिल्डिङ रोजेको हुरिकेन्सविरुद्ध सिड्नीले १४५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । सोही क्रममा आफ्नो पूरा चार ओभर बलिङ गरेका सन्दीपले २४ रन खर्चेर एक विकेट मात्र लिए ।
सिड्नीका लागि छैठौं नम्बरमा ब्याटिङ गर्न क्रिजमा उत्रिएका ड्यान क्रिस्चियनलाई सन्दीपले जोर्डन कक्सको हातबाट ब्याच आउट गराएका थिए । ड्यानले १० बलमा पाँच रन जोडेका थिए ।
दोस्रो इनिङमा सन्दीपको हुरिकेन्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३० रन मात्र बनाउँदा उनले ब्याटिङको मौका पाएनन् । सन्दीपको हुरिकेन्सले आगामी खेलमा शनिबार सिड्नीसँगै खेल्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुपर ओभरमा पोखराले विराटनगरलाई हरायो, पाँच खेलमा किंग्सको दोस्रो पराजय
मंसिर २७, २०८१ बिहिबार
पोखरालाई विराटनगर किंग्सले दियो १४० रनको लक्ष्य
मंसिर २७, २०८१ बिहिबार
काठमान्डुसँग १८ रनले पराजित भएको लुम्बिनी लायन्स एनपीएलको लिग चरणबाटै बाहिरियो
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कास्की जिल्ला अदालतले ५ दिन थप्यो रविको म्याद
मंसिर २७, २०८१ बिहिबार
राष्ट्र बैंकमा डेपुटी गभर्नरहरुको जिम्मेवारी हेरफेर
मंसिर २७, २०८१ बिहिबार
विश्वभर स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस मनाइँदै
मंसिर २७, २०८१ बिहिबार
अफगानिस्तानी मन्त्रीमाथि भएको आत्मघाती आक्रमणको राष्ट्रसंघद्वारा निन्दा
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी कानूनविपरीत सैन्य अखडामाथि ड्रोन उडाउने चिनियाँ नागरिक पक्राउ
मंसिर २७, २०८१ बिहिबार
प्रधान सेनापति सिग्देलद्वारा भारतीय सेनाको मानार्थ महारथी दर्जा ग्रहण
मंसिर २७, २०८१ बिहिबार