तीन दशकदेखि बन्द विमानस्थल पुनः सञ्चालनको तयारीमा
सरला बैजु
मंसिर २२, २०७८ बिहिबार २:३८:४३
विनोद सिंह विष्ट
२२ मंसिर, बैतडी । करिब तीन दशकदेखि बन्द अवस्थाको बैतडी–दार्चुला सीमा क्षेत्रमा रहेको गोकुलेश्वर विमानस्थल पुनःनिर्माणको काम थालिएको छ । तीन करोड ५८ लाख बजेटमा ठेक्का सम्झौता भएर उक्त विमानस्थल पुनःनिर्माणको काम थालिएको हो । केएस कन्सट्रक्सन प्राली धनगढीले विमानस्थल पुनः निर्माण गरिरहेको छ ।
विमानस्थलमा स्काइभेटर प्रयोग गरेर घाँस उखेल्ने काम गरिसकिएको र अहिले कटिङ गर्ने काम र फिलिङका लागि विमानस्थलमा निर्माण सामाग्री ढुवानी गर्ने काम भइरहेको कम्पनीका साइट इन्चार्ज राजेन्द्र ऐरले जानकारी दिए । उनले भने, “ अहिले विमानस्थलमा माटो भर्ने (फिलिङ) काम भइरहेको छ, एक वर्षमा फिलिङ र ग्याबिनको काम सम्पन्न हुनेछ ।”
गोकुलेश्वरमा रहेको विमानस्थल पुनःसञ्चालनमा आए यहाँको पर्यटन विकासका साथै यातायात सेवा सहज हुने स्थानीयवासी सुरेश श्रेष्ठले बताए । विमानस्थल सञ्चालनमा आए दार्चुलाका साथै बैतडी र बझाङ जिल्लाका नागरिकलेसमेत सेवा पाउने छन् । उनले भने, “विमानस्थलले विकट क्षेत्रका रुपमा रहेको दार्चुलाको यातायात सेवा सहज बनाउनेछ यसका साथै समृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।”
विसं २०४६ सालदेखि सञ्चालनमा आएको गोकुलेश्वर विमानस्थल २०५० साल मङ्सिर २२ गते देखि पूर्णरूपमा बन्द भएको थियो । अहिले हवाई यातायातको सुविधा नहुँदा प्रदेश राजधानीबाट झण्डै ३५० किलोमिटर सडकमार्गबाट पुगिने दार्चुला सदरमुकामसम्म पुग्न कष्टकर यात्रा गर्नुपर्ने बाध्यता छ । यसका साथै आकस्मिक रूपमा रेफर गर्नुपर्ने बिरामीले समयमै उपचार नपाएर अकालमै ज्यान गुमाउनुपरेको छ ।
विमानस्थल बन्द हुँदा यसअघि गौचरन र खेलमैदानका रुपमा परिणत भएको थियो । द्वन्द्वका बेला तत्कालीन माओवादीले विमानस्थलमा रहेको टावर, टर्मिनल भवन, साइट अफिसलगायतमा आगजानी गरेपछि त्यसयता भवन पुनःनिर्माण हुनसकेको छैन । द्वन्द्वकालदेखि विमानस्थल सञ्चालन हुन नसक्दा जिल्लाको आर्थिक विकास र पर्यटन प्रवद्र्धन हुन नसक्दा ठूलो घाटा बेहोर्नु परेको छ ।
बन्द रहेको विमानस्थल नेताको सभा, सम्मेलन गर्ने थलो, स्थानीयवासीको लागि खेलमैदान तथा बस्तुभाउको चरन क्षेत्रका रूपमा परिणत भएको दार्चुलाको एकमात्र गोकुलेश्वर विमानस्थलमा अहिले प्रारम्भिक चरण अन्तर्गत फिलिङ र ग्याबिनको कार्य भइरहेको छ ।
विमानस्थल सञ्चालनको लागि तयारी थालिनुले खुसी लागेको स्थानीयवासी जिज्ञासु खत्रीको भनाइ छ ।
उनले भने, “गोकुलेश्वर विमानस्थल सञ्चालनमा ल्याउन सकेमा जिल्लाको व्यापारिक, सामाजिक एवं रोजगारीका हिसाबले सम्भावना बढ्ने कुरा त छदैछन्, सँगसँगै दार्चुलाका धार्मिक एवं पर्यटकीय अपी बेस क्याम्प, मालिकार्जुनको शैल्यशिखरधाम, व्यास गुफा, छाङरू, तिङ्कर भञ्ज्याङ्, दुँहुमा निर्माण भइरहेको बन्जीजम्पिङसहित पासा दह, सिद्धटोपी, उकुको महल जस्ता गन्तव्यको प्रवद्र्ध्न एवं विस्तारमा निश्चय नै यस विमानस्थलको सञ्चालनले थप टेवा पुग्नेछ ।” साथै देशभित्र तथा बाह्य पर्यटकका लागि समेत दार्चुला नेपालको उत्कृष्ट गन्तव्य बन्न सक्ने कुरामा आफू ढुक्क रहेको उनको भनाइ छ ।
विमानस्थल सञ्चालनमा आएमा यहाँको आर्थिक अवस्था सुधार हुने गोकुलेश्वरका व्यापारी हेम विष्टको विश्वास रहेको छ । पर्यटन क्षेत्रको विकासका लागि टेवा पुग्ने होटेल व्यवसायी भुवन भण्डारीको भनाइ रहेको छ । यहाँ थुप्रै पर्यटनको सम्भावना रहेको विमानस्थल सञ्चालनमा आए आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सहज हुनेछ । स्थानीयवासी सुरेश श्रेष्ठले भने “ काम समयमै पूरा होस, बजेट थोरै भयो, थप बजेट बिनीयोजन गरेर काम संतोषजनक गर्नु आवश्यक छ, अनुगमनकारी निकायले समय समयमा अनुगमन पनि गरोस । ”
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिञ्जा सभ्यता खस संग्रहालय अझै सञ्चालनमा आएन
मंसिर ५, २०८१ बुधबार
सीमा विवादका कारण बसपार्क निर्माण अवरुद्ध
कात्तिक २९, २०८१ बिहिबार
आठ करोडको लागतमा त्रिशूलीमा नयाँ पुल
कात्तिक २९, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार