कांग्रेस महाधिवेशनको प्रचारप्रसार व्यापक बनाइँदै
सरला बैजु
मंसिर २२, २०७८ बिहिबार ४:९:४९
![](https://nepalbahas.prixacdn.net/media/albums/Pro_Ktm_congress_stage1-scaled-e1638981571135_rDZyHz4Uao.jpg)
२२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले शुक्रबारदेखि सुरु हुने पार्टीको १४औँ महाधिवेशनको प्रचारप्रसारलाई व्यवस्थितरुपमा अघि बढाउन पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको संयोजकत्वमा रहेकोे प्रचारप्रसार समितिअन्तर्गत आज विभिन्न जिम्मेवारी तोकेको छ ।
समितिले डा सुरेश आचार्यलाई मिडिया सेन्टर संयोजक, बद्री सिग्देललाई प्रेस संघसंगठन समन्वय संयोजक, समीरजंग शाहलाई अनलाइन समन्वय संयोजक, दिपेश विष्टलाई सामाजिक सञ्जाल समन्वय संयोजक, शिव लम्साललाई मोफसल मिडिया सम्पर्क प्रचार संयोजक, दीपक आचार्यलाई उपत्यका प्रिन्ट मिडिया संयोजक, सरोज अधिकारी बिट समन्वय संयोजक र नीर शाहलाई टेलिभिजन समन्वय संयोजक तोकिएको पार्टी कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए ।
यसैगरी रेडियो समन्वय संयोजकमा गोपाल झा, बौद्धिक क्षेत्र प्रचार समन्वय संयोजकमा डा अञ्जनी झा, महिला प्रचार समन्वय संयोजकमा अञ्जना अर्याल, युवा प्रचार समन्वय संयोजकमा विकल राई, महाधिवेशनस्थल काठमाडौं महानगर प्रचार समन्वय संयोजकमा निलकाजी शाक्य, सामाजिक संघसंस्था प्रचार समन्वय संयोजकमा फूलकुमार लालवानी, प्रवास क्षेत्र प्रचार समन्वय संयोजकमा विमल सुवेदी, स्वागतद्वार र शृङ्गार संयोजकमा गोविन्द पुडासैनी, कला संयोजकमा मीन भाम र डिजिटल बोर्ड प्रचार संयोजकमा सुशन वैद्यलाई तोकिएको छ ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार