युरोपेली शहरमा सिधा हवाई उडानबारे छलफल
सरला बैजु
मंसिर २२, २०७८ बिहिबार ४:१४:४०
२२ मंसिर, काठमाडौं । नेपाल र फ्रान्सबीच पर्यटन प्रर्वद्धन गर्न आपसी सहकार्य गर्नेबारे कुराकानी भएको छ । उक्त प्रयोजनका निम्ति नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मी र नेपालका लागि फ्रान्सेली राजदूत गिल्स बौरबाओबीच भेटवार्ता भएको छ । बोर्डमा भएको भेटका क्रममा दुवै देशको पर्यटन प्रर्वद्धनका लागि आपसी सहयोग र सहकार्य अभिवृद्धि गर्दै राम्रा अभ्यासको आदानप्रदान गर्ने कुरामा जोड दिइएको छ ।
भेटका क्रममा राजदूत गिल्सले नेपालको पर्यटन विकासका लागि फ्रान्स सधैँ सकारात्मक रहेको उल्लेख गर्दै फ्रान्सेली पर्यटकले नेपालको साहसिक पर्यटन, पदमार्ग तथा यहाँको प्राकृतिक सुन्दरता मन पराउने बताए । उनले आफूसमेत पदमार्ग गर्न रुचि राख्ने व्यक्ति भएको बताए। यस्तै उनले फान्सेली पर्यटकको नेपाल आगमनका लागि आफ्नोतर्फबाट सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । उनले युरोपेली शहरबाट नेपालसम्मको सिधा उडान भए नेपालमा युरोपेली पर्यटक आगमन बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
बोर्डका कार्यकारी अधिकृत रेग्मीले कोभिडले गर्दा समग्र पर्यटन क्षेत्र प्रभावित भएको अवस्थामा नेपाल पनि त्यसबाट अछुतो नरहको उल्लेख गर्दै विदेशी पर्यटक आगमनमा सहजता ल्याउने गरी काम भइरहेको जानकारी दिए । उनले साहसिक पर्यटनमा रुचि राख्ने फ्रान्सेली पर्यटकका लागि नेपाल एक आर्कषक गन्तव्य भएको बताउँदै सन् २०१८ मा फ्रान्सबाट करिब ३२ हजार र सन् २०१९ मा ३१ हजार पर्यटकले नेपाल भ्रमण गरेको जानकारी दिए ।
यस्तै बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले फ्रान्सबाट भारत, भुटान, थाइल्याण्डका गन्तव्यमा काम गर्ने पर्यटन व्यवसायीलाई नेपालसम्म लिङ्क गर्नुपर्नेमा जोड दिए । नेपाल र फ्रान्सबीच सन १९४९ अप्रिल २० देखि दौत्य सम्बन्ध रहँदै आएको छ ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंको ‘शान्तिधाम’मा आन्तरिक र बाह्य पर्यटक बढ्दै
मंसिर ९, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जमा आउने पर्यटक घटे
मंसिर ९, २०८१ आइतबार
गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे
मंसिर ८, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार