कोभिड खोपले नयाँ भेरियन्टविरुद्ध पनि काम गर्ने
नेपालबहस संवाददाता
मंसिर २३, २०७८ बिहिबार १४:७:३४
२३ मंसिर, न्युयोर्क । खोप निर्माता कम्पनी फाइजर र वायो एनटेकले आफूले उत्पादन गरेको कोभिड खोप कोरोनाको नयाँ भेरियन्टविरुद्ध पनि काम गर्ने बताएका छन् ।
बुस्टर डोज लगाएमा ओमिक्रोनविरुद्ध प्रभावकारी हुने ती कम्पनीले बताएका हुन् । अन्य भेरियन्टविरुद्ध दुई डोज खोप लगाए बराबरको एन्टीबोडी ओमक्रिोनका लागि तीन डोज लगाउँदा मात्र प्राप्त हुने ती कम्पनीहरुले जनाएका छन् ।
फाइजरको तेस्रो डोज लगाउँदा ओमिक्रोनलाई निस्तेज पार्न सकिने फाइजरका प्रमुख कार्यकारी अल्बर्ट बोउर्लाले जानाकारी दिए । ‘अहिले देखिएको नयाँ भेरियन्टको भाइरसबाट जोगिने सबैभन्दा प्रभावकारी तरिका भनेको बुस्टर डोज हो,’ उनले भने ।
आफूहरुको अध्ययन प्रारम्भिक भएको र अझै थप अनुसन्धान आवश्यक भएको फाइजर एन्ड बायोएनटेकले जनाएका छन् ।
आफूहरुले ओमिक्रोनलाई लक्षित गरेर विशेष प्रकारको खोप आविश्कार गर्न लागेको पनि ती कम्पनीले जनाएका छन् । आगामी १०० दिनभित्र नयाँ खोप तयार हुने उनीहरुको भनाई छ ।
यसअघि विश्व स्वास्थ्य संगठनले अहिले प्रचलनमा रहेका खोपहरुले ओमिक्रोनका लागि काम गर्ने जनाएको थियो । ओमिक्रोनविरुद्ध अहिले प्रचलनमा आएका खोपहरुको प्रभावकारीतावारे विज्ञहरुले विभिन्न अनुसन्धान गरिरहेका छन् । ओमिक्रोन अहिलेसम्मकै खतरनाक भेरियन्ट भएको विज्ञहरुले बताउँदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
चार महिनामा ८४ अर्ब थपिएर जीडीपीको ४४ प्रतिशत पुग्यो सरकारी ऋण
मंसिर ५, २०८१ बुधबार
ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए !
मंसिर ५, २०८१ बुधबार
विद्युत प्राधिकरणले गएको चार महिनामा भारतलाई १२ अर्ब ७२ करोडको बिजुली बेच्यो
मंसिर ५, २०८१ बुधबार
काँसघारीलाई फाँडेर अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेलमैदान बनाइँदै
मंसिर ५, २०८१ बुधबार
बालुवाटारमा बीआरआई बारे रस्साकस्सी चलिरहेका बेला कसरी निस्कियो मन्त्री फेर्ने कुरा ?
मंसिर ५, २०८१ बुधबार
सिञ्जा सभ्यता खस संग्रहालय अझै सञ्चालनमा आएन
मंसिर ५, २०८१ बुधबार