बिनाकसुर ४० वर्ष कलकत्ताको जेलमा राखिएका दुर्गाप्रसादले पाए आठ लाख क्षतिपूर्ति
सरला बैजु
मंसिर २३, २०७८ बिहिबार १७:२:१
![](https://nepalbahas.prixacdn.net/media/albums/durga-pd-timsina_1pWs4uUr8e.jpg)
२३ मंसिर, काठमाडौं । कलकत्ता उच्च अदालतले बिना सुनुवाइ ४० वर्षसम्म भारतीय जेलमा राखिएका इलामका दुर्गाप्रसाद तिम्सिनालाई क्षतिपूर्ति दिन आदेश दिएको छ।
न्यायाधीशद्वय प्रकाश श्रीवास्तव र राजर्षी भारद्वजको संयुक्त इजलासले बुधबार तिम्सिनालाई आठ लाख नेपाली रुपैँया तत्काल क्षतिपूर्ति दिन पश्चिम बंगाल सरकारलाई आदेश दिएको हो।
उनका वकिल हिरक सिन्हाले उक्त रकम ६ साताभित्र तिम्सिनाको खातामा पठाइसक्न अदालतले आदेश दिएको जानकारी दिए।
हत्या अभियोगमा ४० वर्षअघि पक्राउ परेका तिम्सिनालाई गत वर्ष चैतसम्म पश्चिम बंगालका विभिन्न जेलहरूमा राखिएको थियो। बिना सुनुवाइ जेलमा राखिएका तिम्सिनालाई कलकत्ता उच्च अदालतले गत वर्ष रिहा गर्न आदेश दिएको थियो। अदालतको आदेशपछि रिहा भएका तिम्सिना गत चैतमा इलामको लुम्बाकमा रहेको आफ्नो घर फर्किएका छन् ।
तिम्सिनालाई जेलबाट छुटाउन महत्वपूर्ण भूमिका खेलेका पश्चिम बंगाल एमेच्योर रेडियो क्लबका सहायता गरेको थियो । क्लबका सचिव अम्बरिश नाग विश्वासले दुर्गाप्रसादले थोरै भए पनि क्षतिपूर्ति पाउनु सकारात्मक भएको बताए ।
दुर्गाप्रसादकी ८७ वर्षीया आमा धनमाया अहिले इलाममै घरमा बसेकी छन् भने, दुर्गाप्रसाद विराटनगरस्थित मानव सेवा आश्रममा राखिएको छ ।
परिवार र समाजसँग घुलमिल हुन उनलाई समस्या भएपछि केही महिनाअघि उनलाई
विराटनगरको आश्रममा राखिएको थियो । चार दशक लामो जेल जीवन बिताएका तिम्सिनाको घरमा आर्थिक अवस्था कमजोर छ।
यतिका वर्षसम्म बिनासुनुवाइ उनलाई जेलमा राखे पनि छुटेको एक वर्षसम्म कुनै क्षतिपूर्ति दिईएको थिएन् । उनले भोगेको अन्याय सामू क्षतिपूर्ति निकै कम भएको आफन्तले बताएका छन् । तरअदालतको अन्तिम फैसला हुन बाँकी नै रहेकाे छ ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपके तपाई क्यान्सर हुनबाट बच्न चाहानुहुन्छ ? मज्जाले सुत्नुहोस्
फागुन ५, २०८१ सोमबार
चिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन् ?
फागुन ४, २०८१ आइतबार
तपाईंको नङले तपाईंको स्वास्थ्यको बारेमा के बताउँछ ?
फागुन ३, २०८१ शनिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
क्यानडाको टोरन्टो विमानस्थलमा ८० जना सवार विमान पल्टियो
फागुन ६, २०८१ मंगलबार
अन्तर पालिकास्तरीय महिला फुटबलको उपाधि कनकाईलाई
फागुन ६, २०८१ मंगलबार
६ महिनामा ३ हजार १ सय ३४ जनाले गरे आत्महत्या
फागुन ६, २०८१ मंगलबार
सांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन ६, २०८१ मंगलबार
आज कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हिमपात हुने
फागुन ६, २०८१ मंगलबार