द्वन्द्वपीडितका लागि निःशुल्क स्वास्थ्य बिमा
सरला बैजु
मंसिर २३, २०७८ बिहिबार २१:३१:५५

२३ मंसिर, देउखुरी । सरकारले बिमा कार्यक्रममार्फत नागरिकको स्वास्थ्योपचार सुनिश्चित गर्ने लक्ष्य लिएको छ । गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न स्वास्थ्य बिमा कार्यक्रम ल्याइएको र सबै जनतालाई सहभागी गराइने योजना छ ।
उक्त कार्यक्रमअन्तर्गत दाङमा ११ महिनाको अवधिमा करिब १८ हजार जनाले स्वास्थ्य बिमा गराएको छ । गत वर्ष माघ ३० गतेदेखि जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू भएको थियो । नागरिकले सूचना नपाउँदा र कोरोना महामारीका कारण स्वास्थ्य बिमा कार्यक्रममा प्रभाव पारेको कार्यालयले जनाएको छ ।
अगामी असारसम्म जिल्लाका साढे दुई लाख नागरिकलाई बिमामा आवद्ध गराउने लक्ष्य छ । तीन हजार पाँच सय तिरेर बिमा गरेपछि वर्षभरमा एक लाखसम्म स्वास्थ्योपचार लिन सकिने व्यवस्था छ । ६ जनाभन्दा बढी परिवारका सदस्य भए प्रतिसदस्य सात सय जम्मा गर्दै जाने र दुई लाखसम्मको बिमा रकम सरकारले उपलब्ध गराउने उल्लेख छ ।
द्वन्द्वपीडितका लागि निःशुल्क स्वास्थ्य बिमा
घोराही उपमहानगरपालिका–१७ ले जिल्लामै पहिलोपटक द्वन्द्वपीडितका लागि निःशुल्क स्वास्थ्य बिमा सुरु गरेको छ । वडा कार्यालयले बुधबारदेखि बिमा सुरु गरेको हो । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीका अनुसार जनआन्दोलनका घाइते, सहिद र बेपत्तापरिवारका लागि निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरिएको हो ।
वडा नं १७ का अध्यक्ष खुशीराम चौधरीले वडा कार्यालयले हरेक वर्ष द्वन्द्वपीडितका लागि विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिए । चालू आर्थिक वर्षमा द्वन्द्वपीडितका लागि निःशुल्क स्वास्थ्य बिमाको कार्यक्रम अघि अगाडि बढाइएको उनको भनाइ छ ।
पहिलो चरणमा ३३ जनाको स्वास्थ्य बिमा गर्न लागिएको छ । सरकारको निर्देशन अनुसार ज्येष्ठ नागरिक, क वर्गको अपांगता भएका व्यक्तिको परिवार, एचआइभी एड्स भएका व्यक्तिको परिवार, क्षयरोग भएका व्यक्तिका लागि निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरिएको छ ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआईएमई लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन कहिले ?
फागुन १३, २०८१ मंगलबार
सानिमा रिलायन्सले लाभांश वितरण गर्ने
फागुन १३, २०८१ मंगलबार
हिमालयन लाइफ इन्सुरेन्सको एजीएम आज बस्दै
फागुन ११, २०८१ आइतबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
चलचित्र ‘हर्ष’को शुभ मुहूर्त, आँचलको ठाउँमा वर्षा राउत
फागुन १४, २०८१ बुधबार
‘इको भ्यान’ दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते
फागुन १४, २०८१ बुधबार
एकीकृत समाजवादीको सचिवालय बैठक सुरू
फागुन १४, २०८१ बुधबार
४५ दिनमा ६५ करोडले प्रयागराजस्थित महाकुम्भमा लगाए डुबुल्की
फागुन १४, २०८१ बुधबार