भुतपूर्व शिक्षक समाजको ‘शैक्षिक–स्मारिका’ विमोचन
सरला बैजु
मंसिर २३, २०७८ शुक्रबार ०:१४:१३

२३ मंसिर, काठमाडौं । भुतपूर्व शिक्षक समाजले ‘शैक्षिक–स्मारिका’ विमोचन गरेको छ । बिहीबार एक कार्यक्रम गर्दै संस्थाको पहिलो अभियानको रुपमा उक्त शैक्षिक स्मारिका विमोचन गरिएको हो ।
यसवर्ष असोज ७ गते गठन भएको भुतपूर्व शिक्षक समाजले आफ्नो जीवनको महत्वपूर्ण समय शिक्षण पेशामा समर्पित गरेका शिक्षकहरुले जीवनभर शिक्षा क्षेत्रमा आफ्नो जिवनलाई समर्पित गर्ने सोचमा मुनाफारहित संस्थाको रुपमा यस संस्थाको स्थापना गरिएको बताएको छ ।
साथै, संस्थाले आगामी दिनमा ७७ वटै जिल्लामा पुगेर सबै राजनीतिक दलमा आवद्ध रहेका भुतपूर्व शिक्षकहरुलाई समेट्ने पनि घोषणा गरेको छ । यस्तै, देशमा भइरहेको परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्नुपर्ने भन्दै संस्थाले यो कुरालाई अगाडी बढाउन मूल उद्देश्य बनाएको पनि जानकारी दिएको छ । नेपालमा कुनैपनि जागिर नपाए शिक्षण पेशामा आउने प्रणाली रहेकोमा दुःख व्यक्त गर्दै यस्तो मानसिकतालाई अटाउन पनि संस्थाको मूल उद्देश्य रहेको बताईएको थियो ।
पाठ्यक्रम विकास केन्द्रका निर्देशक तथा विमोचन कार्यक्रमका प्रमुख अतिथि प्रेमप्रसाद भट्टराईले स्मारिका विमोचन गर्दै स्मारिकाको समिक्षा गरेका थिए । उनले उक्त स्मारिकामा ३९ वटा लेख तथा रचना रहेको जानकारी दिँदै शिक्षकहरुले राखेका अनुभवहरु नयाँ पुस्ताको लागि महत्वपूर्ण हुने बताए । कार्यक्रममा बोल्दै उनले नयाँ पुस्ताको आवश्यकतालाई कम्प्रोमाइज नगरेर पुरानो पुस्ताले पुर्ति गरिदिनुपर्नेमा जोड दिएका थिए । स्मारिकामा समाजमा रहेका बिविध कुरालाई समेटिएको भन्दै पठनीय रहेको बताए ।
नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले नेपाली शिक्षकहरु उज्यालोको प्रकाश बोकेर देशका कुना–कन्दरासम्म पुगेका भन्दै शिक्षकहरुलाई सरकारले सम्मान गर्नुपर्नेमा जोड दिएकी थिइन् । साथै, उनले रिटायर्ड भएपछि मान्छे टायर्ड हुन्छ भन्ने कुरा गलत भएको भन्दै नयाँ जोश र जाँगरले भुतपूर्व शिक्षकहरुले देशको शिक्षा क्षेत्रमा सुधारमा लाग्नुपर्ने बताइन् ।
भुतपूर्व शिक्षक समाजकी संस्थापक सदस्य शान्ता दाहालले शिक्षा क्षेत्रमा ३०औं वर्ष काटेर अवकाश पाएकाहरु फेरीपनि देशको शिक्षा क्षेत्रमा योगदान दिने नयाँ जोश र जागँरका साथ यो समूह बनाएर आएको बताइन् । उनले शिक्षकको काम शिक्षा दिने मात्र काम नभएर बालबालिकाका भित्रका प्रतिभा निकाल्ने पनि रहेको भन्दे संस्थाले यस्तो अभियान थाल्ने जानकारि दिइन् ।
संस्थापक सदस्य दिनानाथ न्यौपानेले उक्त संस्थाको गठनलाई ऐतिहासिक भन्दै राज्यले यो संगठनलाई शैक्षिक सम्पत्तिको रुपमा हेर्नुपर्नेमा जोड दिए । उनले भुतपूर्व शिक्षकहरुका पनि दुई खेमा रहेको बताउदै अबका दिनमा सबै एक भएर जान आग्रह गरे ।
साथै, उनले राज्यका हरेक शैक्षिक निर्माणहरुमा भुतपूर्व शिक्षकहरुलाई पनि सहभागि गराउन माग गरेका थिए ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकरिब ३३ हजार वर्गमिटरमा ढुंगा विछ्याउँदै छ काठमाडौं महानगर
फागुन ९, २०८१ शुक्रबार
लदी पर्वमा माझी समुदायलाई सार्वजनिक बिदा
फागुन ९, २०८१ शुक्रबार
बागमती प्रदेशसभाः विधेयक छलफलका लागि समितिमा पठाइयो
माघ २६, २०८१ शनिबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
जर्मनीमा गाँजामाथि फेरि प्रतिबन्ध लाग्दै, २ वर्षमा उल्टिदै निर्णय
फागुन १४, २०८१ बुधबार
प्रकृति लम्साल मृत्यु प्रकरणः ओडिसा सरकारले कलेजका थप ४ जना अधिकारीलाई बयानमा बोलायो
फागुन १४, २०८१ बुधबार
भारतका चार तेल कम्पनीमाथि अमेरिकाको प्रतिबन्ध, इरानसँग व्यापार गरेको आरोप
फागुन १४, २०८१ बुधबार
बङ्गलादेशमा नेपाली सेना दिवस तथा साहित्यिक महोत्सव
फागुन १४, २०८१ बुधबार
मदिरा ‘प्याकेजिङ’ को अवैध कारोबार गर्नेविरुद्ध मुद्दा दायर
फागुन १४, २०८१ बुधबार
इन्टनेटमा हेरेरै केराको खम्बाबाट कागज उत्पादन
फागुन १४, २०८१ बुधबार