नेपालले विनाशलाई अवसरमा बदल्न सफल भएको छ : प्रधानमन्त्री देउवा
सरला बैजु
मंसिर २३, २०७८ शुक्रबार १:१७:४१

मंसिर २३, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पपछिको पुनर्निर्माणले नेपालको अर्थतन्त्रमा ठुलो योगदान गरेको बताएका छन् । २०७२ वैशाख १२ को भूकम्पपछिको पुनर्निर्माणका उपलब्धि, अनुभव तथा सिकाई आदानप्रदान गर्न आयोजित सम्मेलनमा प्रधानमन्त्री देउवाले अझ राम्रो र बलियो पुनर्निर्माणको दृढतासहित नेपाल विनाशलाई अवसरमा बदल्न सफल भएको बताए ।
नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन-२०७८ घोषणापत्र जारी गर्दै सम्पन्न भएको समापन कार्यक्रममा मन्तव्य राख्दै प्रधानमन्त्री देउवाले भूकम्पछिको उद्दार तथा राहतदेखि पुनर्निर्माणसम्म महत्वपूर्ण सहयोग गर्ने सम्पूर्ण मित्रराष्ट्र, अन्तर्राष्ट्रिय निकाय र समुदायलाई धन्यवाद दिएका छन् ।
प्रधानमन्त्री देउवाले भने, “विनाशकारी भूकम्पको ६ वर्षपछि पुनर्निर्माण र पुनःस्थापना कार्य सम्पन्नताको चरणमा पुगेको छ । विनाशकारी भूकम्पको कष्टका बदलामा हामीले जोखिमको अनुकुलन र उत्थानशीलताको सबलीकरणको शिक्षा प्राप्त गरेका छौं ।”
पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको पुनर्निर्माणलाई सफलताको चरणमा पुर्याएकोमा प्राधिकरणलाई धन्यवाद दिंदै पुनर्निर्माणपछिको उपलब्धि हासिल हुनुमा अन्तर्राष्ट्रिय समुदायको सहयोग महत्वपूर्ण रहेको बताए । उनले विपद् जोखिमबाट मुक्त नेपाल निर्माणतर्फ अघि बढ्न विपद् जोखिम न्यूनीकरण तथा व्यस्थापन प्राधिकरणलाई स्वायत्त तथा अधिकारसम्पन्न बनाउनुपर्नेमा जोड दिए ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा विभिन्न सकरात्मक अभ्यास तथा अनुभवहरु आदानप्रदान भएको उल्लेख गर्दै पुनर्निर्माणका क्रममा प्राप्त यी अनुभवहरु भावी पुस्ताका लागि मात्र नभएर विश्वका अन्य भागहरुलाई पनि उपयोगी हुने विश्वास व्यक्त गरे ।
सम्मेलनपछि जारी घोषणापत्रमा स्थानीय सरकारहरुलाई योजना, प्राविधिक एवं व्यवस्थापकीय हिसाबले सामथ्र्यवान बनाउनुपर्नेमा जोड दिंदै विपद् उत्थानशीलताको विकास गर्न विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापन प्राधिकरणलाई प्रष्ट कार्यादेश, संचना, अधिकार र स्वायत्तता प्रदान गर्नुपर्ने उल्लेख गरिएको छ ।
नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जुले पुनर्निर्माणमा स्थानीय तहहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै आगामी दिनमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न स्थानीय तहहरुलाई सामथ्र्यवान बनाइनुपर्ने धारणा राखे ।
समापन कार्यक्रममा नेपालका लागि चीनका राजदूत होऊ यान्छी, भारतीय दूतावासका प्रथम सचिव करुन बंशल, एसियाली विकास बैंकका नेपाल निर्देशक अर्नद काउचोइस, जाइकाका प्रमुख प्रतिनिधि युमिको आशाकुमा, युएसएडकी नेपाल मिसन निर्देशक सेपिड केभान्साड, एफसिडिओको भारत एवं हिन्द महासागर निर्देशक बेन मेलरले सम्बोधन गर्दै नेपालले पुनर्निर्माण तथा पुनस्र्थापनाबाट आफूहरुले पनि सिकेको बताए ।
विश्व बैंकका दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष हर्टविग स्काफर र युएनडिपीकी उप महानिर्देशक कानी विग्नाराजाले भिडियो सन्देशमार्फत् आगामी दिनमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
आजै सम्मेलन अन्तरर्गतका १० वटा विषयगत सत्रहरु सम्पन्न भएका छन् । सम्मेलनको बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् ।
समापन कार्यक्रममा परराष्ट्रमन्त्री डा. नारायण खड्का, संघीय मामला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ उपस्थित थियो । त्यसैगरी, नेपाल सरकारका मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिवहरु, विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरु नेपालस्थित विभिन्न दातृ निकायका प्रमुख तथा प्रतिनिधिहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतहरुको सहभागिता थियो ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपईशानेश्वर महादेव मन्दिर परिसर स्थित गौरीकुण्ड ओझेलमा
फागुन ८, २०८१ बिहिबार
एमसीसी परियोजना स्थगित भएपछि के हुन्छ ठेक्का सम्झौता भइसकेका आयोजनाको भविश्य ?
फागुन ७, २०८१ बुधबार
अपर म्याग्दी–१ को बाँध निर्माण सुरु
फागुन ७, २०८१ बुधबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
जर्मनीमा गाँजामाथि फेरि प्रतिबन्ध लाग्दै, २ वर्षमा उल्टिदै निर्णय
फागुन १४, २०८१ बुधबार
प्रकृति लम्साल मृत्यु प्रकरणः ओडिसा सरकारले कलेजका थप ४ जना अधिकारीलाई बयानमा बोलायो
फागुन १४, २०८१ बुधबार
भारतका चार तेल कम्पनीमाथि अमेरिकाको प्रतिबन्ध, इरानसँग व्यापार गरेको आरोप
फागुन १४, २०८१ बुधबार
बङ्गलादेशमा नेपाली सेना दिवस तथा साहित्यिक महोत्सव
फागुन १४, २०८१ बुधबार
मदिरा ‘प्याकेजिङ’ को अवैध कारोबार गर्नेविरुद्ध मुद्दा दायर
फागुन १४, २०८१ बुधबार
इन्टनेटमा हेरेरै केराको खम्बाबाट कागज उत्पादन
फागुन १४, २०८१ बुधबार