तारा बरालको जिवन रक्षा गर्न माग
सरला बैजु
मंसिर २३, २०७८ शुक्रबार २:०:५७
२३ मंसिर, काठमाडौं । तारा बराल बचाउँ अभियानले सरकारसँग सामाजिक अभियान्ता तारा बरालका मागहरु अविलम्ब पुरा गरि उनको जिवन रक्षा गर्न माग गरेको छ ।
विहिबार पत्रकार सम्मेलन गर्दै अभियान्ताहरुले एमसिसि पूर्णरुपमा खारेज गर्न, सर्वोच्च अदालत पूर्णरुपमा सुचारु गर्न, सर्वोच्च अदालत अगाडी महिला माथि दुरव्यवहार गर्ने, अपशब्द बोल्ने, अदालत बन्द गराउने, सहकर्मी कुट्ने वकिलहरुलाई कानुनि कारबाहि लगायतका माग सहित विर अस्पातालमा अनसन बसिरहेकि अभियान्ता तारा बरालको जिवन रक्षा गर्न माग गरेका हुन् ।
उनीहरुले २४ दिनसम्म अनसन बस्दा पनि सरकारले कुनै चासो नदेखाएको भन्दै सरकार बाबा रामदेवको धोति समातेर हिँडेको आरोप लगाए । विदेशी शक्तिहरुबाट संचालित दलहरुले आम नगरिकलाई चुनावको लागिमात्र प्रयोग गरिरहेको भन्दै जनता मर्दापनि चासो नदेखाएको भन्दै एक अभियान्ताले आक्रोश पोखेका थिए ।
कार्यक्रममा बोल्दै विश्व हिन्दु महासंघको युवा अन्तराष्ट्रिय अध्यक्ष सागर थापाले तारा बरालको माग उनको मात्र नभएर सम्पूर्ण नेपाली जनाताको माग भएको बताए । साथै, उनले तारा बराललाई जिवन रक्षाको जोडदार माग गर्दै एमसिसि पास भए चुप लागेर नबस्ने बताए ।
सामाजिक स्वयंम सेवक सजना रिमाल, ले एमसिसि कोरोना भन्दा पनि ठूलो रोग भएको भन्दै तत्काल खारेज गर्न माग गर्दै अफगानिस्तान हुनबाट रोक्न सबैमा आग्रह गरेकी थिइन् ।
त्यस्तै कार्यक्रममा सञ्चारकर्मी राजु बस्याल, सामाजिक अभियान्ता महिमा शाही, अभियान्ता मनिस मानव, नेपाली कांग्रेस नेतृ पवित्रा लामा, एकिकृत राप्रपाको महामन्त्री श्याम बहादुर सापकोटा, राष्ट्रिय एकता केन्द्र पार्टीका अध्यक्ष सरदचन्द्र दाहाल, अधिवक्ता भुमिनन्द चुडालले कुनैपनि हालतमा एमसिसि पास हुन नहुने र तारा बरालको माग तत्काल पुरा गर्न सरकारसँग माग गरेका थिए ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि
मंसिर ९, २०८१ आइतबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’
मंसिर ९, २०८१ आइतबार
बाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, २ जना गम्भीर घाइते
मंसिर ९, २०८१ आइतबार