सरकारले सहमति कार्यान्वयन नगर्दा समस्या : चन्द
सरला बैजु
मंसिर २३, २०७८ शुक्रबार ३:२:३०
२३ मंसिर, किमाथाङ्का । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगर्दा समस्या भएको बताएका छन् ।
बिहीबार बन्दी कार्यकर्ता भेटघाट गर्न सङ्खुवासभाको खाँदबारी कारागार आइपुगेका महासचिव चन्दले सरकार सहमति कार्यान्यवनमा उदासिन रहेको आरोप लगाए । तीनबुँदे सहमतिप्रति आफू पूर्ण प्रतिबद्ध रहेको बताउँदै उनले सरकारले सहमति कार्यान्वयन गर्नेमा आफु आशावादी रहेको बताए ।
बन्दीगृहका नेता कार्यकर्ता रिहा गर्न सत्तारुढ दलका प्रमुख सकारात्मक भएपनि पहल गर्न कोही अग्रसर नभएको उनको भनाइ थियो । सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच गत फागुन २० गते तीन बुँदे सहमति भएको थियो ।
बन्दीको रिहाइ र मुद्दा खारेजीका लागि सत्तारुढ दलका प्रमुखसँग पुनःछलफल गर्ने उनले बताए । नेपाली कांग्रेसमासमेत समाजवादको बहस सुरु भएकाले समाजवाद पक्षका कम्यूनिष्ट पार्टी एक हुनुको विकल्प नभएको उनले बताए ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि
मंसिर ९, २०८१ आइतबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’
मंसिर ९, २०८१ आइतबार
बाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, २ जना गम्भीर घाइते
मंसिर ९, २०८१ आइतबार