पौडेल समूहबाट सभापतिको साझा उम्मेदवार छनोट गर्न सकस
सरला बैजु
मंसिर २४, २०७८ शुक्रबार १९:६:४५
२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहबाट सभापतिको साझा उम्मेदवार छनोटको गर्ने सम्भावना नभएपछि वरिष्ठ नेता रामचन्द्र पौडेललाई नै उम्मेदवार बनाउन प्रस्ताव गरिएको छ ।
यतिका दिनदेखि सहमति गर्न लागी परे पनि प्रकाशमान सिंह र डा. शेखर कोइराला आ—आफ्नो अडानमा नै बसे पछि सहमति सफल हुन नसकेको हो ।
पौडेल पक्षका नेताहरू अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाल, बलबहादुर केसी, महेश आचार्य, गगन र रामचन्द्र पौडेल सहभागी छलफलमा रामचन्द्र पौडेललाई नै उम्मेदवार बनाउन प्रस्ताव गरिएको थियो ।
यसैबीच नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिमा शेरबहादुर देउवाले प्रस्ताव गरे आफूले समर्थन गर्ने बताएका छन । उनले सभापति देउवाले पौडेललाई सभापतिमा प्रस्ताव गरे आफु बाधक नबन्ने बताएका छन् । सभापति देउवाले पौडेललाई सभापतिमा प्रस्ताव नगरे निधिले सभापतिमा उम्मेदवारी दिने जानकारी गराएका छन् ।
यद्यपि उपसभापति, महामन्त्री र सहमहामन्त्रीका आकांक्षीहरुले भने सहमतिको प्रयास गरि नै रहेका छन् । बिहीबारसम्म सभापतिका दुई आकांक्षी प्रकाशमान सिंह र डा. शेखर कोइराला साझा उम्मेदवार सहमती नभएपछि उनीहरुले वरिष्ठ नेता रामचन्द्र पौडेललाई नै साझा उम्मेदवारका रुपमा अघि सारेर भएपनि अघि बढ्नुपर्ने प्रस्ताव राखेका थिए ।
सभापतिमा साझा उम्मेदवार बनाउने सम्भावना हटेपछि नेताहरुले नयाँ विकल्पमा छलफल थालेका छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंहले भने पौडेललाई साझा उम्मेदवार मान्न आफू तयार नभएको बताए । पौडेललाई आफूले १३औं महाधिवेशनमै सभापतिमा छाडेकाले यो पटक आफ्नो नाममा सहमति हुनुपर्ने उनको अडान छ । सहमति हुँदैन भने पनि आफूले सभापतिमा उम्मेदवारी दिने उनले बताएका छन् ।
सभापतिमा साझा उम्मेदवार बनाउने सम्भावना नभएपछि नेताहरुले नयाँ विकल्पमा छलफल थालेका छन् । विकल्पको अवस्था सिर्जना भएमा उनीहरु सभापतिका दुबै उम्मेदवार सिंह र कोइरालासँग नजोडिने अवस्था पनि आउन सक्ने जनाईएको छ । यद्यपि सभापतिका आकांक्षी शेखरले भने आफूलाई समर्थन गर्नुपर्ने बताएका छन् । सहमति हुन्छ भने रामचन्द्र पौडेललाई छाड्न आफू तयार भएको यदि सहमति नभएको अवस्थामा आफुलाई सघाउनुपर्ने बताएका छन् ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि
मंसिर ९, २०८१ आइतबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’
मंसिर ९, २०८१ आइतबार