प्रजातन्त्र स्थापनासँगै नेपालमा बाह्य हस्तक्षेप बढ्यो : महासचिव मैनाली
सरला बैजु
मंसिर २४, २०७८ शुक्रबार २२:११:४०
२४ मंसिर, काठमाडौं । नेकपा मालेका महासचिव सीपी मैनालीले प्रजातन्त्र स्थापनासँगै नेपालमा बाह्य हस्तक्षेप र प्रभाव बढ्दै गएको बताएका छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहमा मैनालीले मुलुकका सामु निकै धेरै चुनौती देखा परेको भन्दै चिन्ता व्यक्त गरे । उनले बीपी कोइरालाको अगुवाइमा प्रजातान्त्रीकरण सुरु भएसँगै बाह्य हस्तक्षेप बढेको बताए । अवाञ्छित हस्तक्षेप र प्रभावले अहिलेसम्म पनि मुलुकले सही दिसा लिन नसकेको उनको भनाई थियो ।
उनले बाह्य हस्तक्षेपलाई समयमै रोक्नुपर्ने बताए । नेपाली कांग्रेसको झण्डामा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद पनि अंकित रहेको भन्दै उनले राष्ट्रियताप्रति गम्भीर बन्न कांग्रेसलाई सुझाव पनि दिए । उनले मुलुक हिजोभन्दा बढी असंलग्न हुनुपर्ने खाँचो देखिएको पनि चर्चा गरे ।
‘हामीले विदेशीको सहयोग लिनुपर्छ तर सहयोग हाम्रो स्वतन्त्रता र असंलग्नताको मूल्यमा होइन,’ कांग्रेसतिर लक्षित गर्दै उनले भने, ‘प्रजातन्त्रका लागि लड्दै आएको पार्टी, राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई आफ्नो झण्डामा लेखेको छ, त्यो पार्टीको ध्यान यतातिर जाओस् ।’
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि
मंसिर ९, २०८१ आइतबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’
मंसिर ९, २०८१ आइतबार
बाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, २ जना गम्भीर घाइते
मंसिर ९, २०८१ आइतबार