राजतन्त्रको कुनै भविष्य छैन् : अध्यक्ष नेपाल
सरला बैजु
मंसिर २४, २०७८ शुक्रबार २२:२६:५१
२४ मंसिर, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा राजतन्त्रको कुनै भविष्य नभएको कारण नै गणतन्त्र आएको बताएका छन् ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहमा नेपालले १६ वर्ष पहिले दलहरु लोकतन्त्रको रक्षाका लागि गणतन्त्रबाहेक अरु उपाय छैन भन्ने निष्कर्षमा पुगेर नै आज मुलुक यो स्थानमा आइपुगेको बताए । उनले लोकतन्त्र चाहने हो भने लोकतन्त्रका मूल्य र मान्यता आत्मसात सबैले गनुपर्ने स’झाव पनि दिए ।
उनले नेपालमा अब राजतन्त्र फर्किने कुनै सम्भावना नभएकोले पूर्व राजा ज्ञानेन्द्र शाहलाई व्यापारमा लाग्न सुझाव दिए । उनले भने, ‘राम्रो के हुन्छ भने राजाले पार्टी खोले हुन्छ, होइन भने व्यापार गरेर बसे हुन्छ । तर एउटा वंशको शासन हामीलाई स्वीकार छैन ।’
तर अहिले कालो बादल मडारिन खोजेको भन्दै उनले भने, ‘प्रतिगमी तत्वहरुलाई भन्न चाहन्छु, फेरि शिर उठाउने दुस्साहस नगर्नुस् । अब नदीको प्रवाह अगाडि बढिसकेको छ ।’
राज्य सत्ता र पार्टीभित्र विकृति रहेको नेपालले बताए । विकृतिका बाहकहरुले फैलाइराख्ने र आफूहरु टुलुटुलु हेरर बस्न हुन नसक्ने भन्दै उनले भने, ‘त्यो विकृति शुरु हुन्छ, भ्रष्टाचार, सत्ताको दुरुपयोग गर्ने, मैमत्त गर्ने प्रवृतिबाट । लोकतन्त्रको मुल्य मान्यतालाई कुल्चने प्रवृतिबाट, अरुको सम्मान नगर्ने प्रवृतिबाट । अरुको मर्यादा नगर्ने प्रवृतिबाट ।’
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि
मंसिर ९, २०८१ आइतबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’
मंसिर ९, २०८१ आइतबार
बाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, २ जना गम्भीर घाइते
मंसिर ९, २०८१ आइतबार