लाभांश घोषणा गरेको चार विकास बैंकको बुक क्लोज हुन बाँकी
नेपालबहस संवाददाता
मंसिर २४, २०७८ शुक्रबार २२:४३:१८
२४ मंसिर, काठमाडौं । हालसम्म नेप्सेमा सूचीकृत विकास बैंकमध्येमा आठ विकास बैंकले लाभांश घोषणा गरेको छ । हालसम्म महालक्ष्मी, ज्योति, मितेरी, मुक्तिनाथ विकास बैंक, शाईन रेसुंगा, लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेका छन् ।
हालसम्म लाभांश घोषणा गरेका ८ विकास बैंकमध्येमा महालक्ष्मी, ज्योति, मितेरी र मुक्तिनाथ विकास बैंकको बुक क्लोजको मिति तय हुन अझै बाँकि रहेको छ।
लगानीकर्ताले उक्त शेयर किन्दा अझै लाभांश पाउन सक्नेछन् । विकास बैंकहरुमध्ये कामना सेवा विकास बैंकको धेरै लाभांश घोषणा देखिएको छ। यो बैंकले कुल १९ दशमल ४७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १८ दशमलव ५ प्रतिशत बोनस र ० दशमलव ९७ प्रतिशत नगद लाभांश छन्।
मुक्तिनाथ विकास बैंकले कुल १८ दशमलव ५ प्रतिशत लाभांश घोषणा गरेको छ। जसमा १७ दशमलव ५७५ प्रतिशत बोनस र ० दशमलव ९२५ प्रतिशत नगद लाभांश रहेका छन्।
यसैगरी लुम्बिनी विकास बैंकले १३ दशमलव ७१२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बैंकले १० प्रतिशत बोनस र ३ दशमलव ७१२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।
सांग्रिलाले १० प्रतिशत बोनस र ० दशमलव ५२६३ प्रतिशत नगद गरी कुल १० दशमलव ५२६३ प्रतिशत लाभांश घोषणा गरेको छ।शाइन रेसुंगाले १० दशमलव ९३ प्रतिशत बोनस र ० दशमलव ५७ प्रतिशत नगद गरी कुल ११।५ प्रतिशत लाभांश घोषणा गरेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकले निक्षेप लिन र कर्जा दिन नपाउने
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार